भूमाफियाको चलखेलको आशंकामा क्याम्पसको जग्गामा उजुरी
१५ साउन २०७९
•
३ मिनेट पाठ
भूमाफियाको चलखेलको आशंकामा क्याम्पसको जग्गामा उजुरी
इटहरीको जनता बहुमुखी क्याम्पस र त्यसले ओगटेको क्षेत्र। तस्बिर: अमर/नागरिक
इटहरी उपमहानगरपालिका वडा नं. ५ मा सञ्चालित  जनता बहुमुखी क्याम्पसको जग्गाको अभिलेख वास्तविक नभएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। कतिपय जग्गा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाको रेकर्डमा नदेखिने र क्याम्पसको स्वामीत्वमा रहेको जग्गामा समेत गढबढ भएको जनाउँदै अख्तियारमा उजुरी परेको हो।  




क्याम्पसलाई जग्गा प्रदान गर्ने दाताका सन्तान हाल काठमाडौं निवासी जितेन्द्रजंग कार्कीसहितले अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयमा उजुरी दर्ता गरेका हुन्। क्याम्पसलाई जग्गा प्रदान गर्ने २१ जना दाता रहेको रेकर्डमा उल्लेख छ। तर, ती दाताले उपलब्ध गराएको जग्गामध्ये कतिपयको जग्गा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाको रेकर्डमा भेटिदैन्। जग्गादाता दोर्णप्रसाद तिम्सिना, योगेन्द्र बस्नेत, अर्जुन बस्नेत, मोहनबहादुर बस्नेत, टेकबहादुर बस्नेत, फागु चौधरीलगायतले प्रदान गरेको जग्गाको मालपोत कार्यालयमा श्रेस्ता नै भेटिदैन्।  

यस्तै, खेमराज अधिकारीले प्रदान गरेको जग्गा क्याम्पसको रेकर्डमा दुई कट्टा रहेको छ। तर, मालपोतको रेकर्डमा भने इटहरी वडा नं. ५ को कित्ता नं. ९६ को छ कट्ठा १५ धुर उल्लेख छ। यस्तै, विल्टु चौधरीको दुई कट्टा जग्गा प्रदान गरेको क्याम्पसको रेकर्डमा छ मालपोतको श्रेस्तामा भने दुई कट्टा साढे ११ धुर देखिन्छ।  

क्याम्पसलाई जग्गा दिने दाता दुर्गाभक्त प्रधानले दुई कट्ठा दस धुर जग्गा दिएको रेकर्डमा भएपनि मालपोतको श्रेस्तामा भने साढे आठ कट्टा दस धुर जग्गा देखिन्छ। यस्तै, खेमराज अधिककारीले पनि दुई कट्टा जग्गा दिएको क्याम्पसको रकेर्डमा भएपनि मालपोतको श्रेस्तामा भने कित्ता नं. ९६ मा छ कट्टा १५ धुर जग्गा उल्लेख छ।  

यसरी जग्गादातामध्ये थुप्रै जनाको रेकर्डमा एउटा, मालपोतको श्रेस्तामा जग्गा नै नभेटिनेलगायतका समस्या भेटिएपछि भुमाफियाहरूको चलखेल भएको आशंका गरिएको छ। अख्तियारको कार्यालयले क्याम्पससँग जग्गाको विवरण प्रदान गर्न पत्रचार पनि गरि सकेको छ। क्याम्पसले भने जग्गाको यकिन विवरण पठाउन सकेको छैन्।  

विद्यार्थी संगठन अनेरास्ववियूले असार २ गतेदेखि तालाबन्दी गरेकाले पूरानो अभिलेख हेर्न नसक्दा विवरण पठाउन नसकिएकोे क्याम्पस प्रमुख गीता पौडेल अधिकारीले बताइन्। ‘विद्यार्थीको तालाबन्दीले गर्दा जग्गाको सम्बन्धमा पूराना अभिलेख थुनिदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि जग्गाको रेकर्ड पछि उपलब्ध गराउने भनी पत्रचार गरि सकिएको छ,’ उनले भनिन्। उनका अनुसार क्याम्पस स्थापना कालदेखि नै सवै जानकारी भएका हरिप्रसाद रिजालको निधन भइसकेको छ। रिजालपछि क्याम्पसको पूरानो जानकारी इटहरीकै अर्का समाजसेवी रामचन्द्र अधिकारीलाई छ। अधिकारीले पूरानो माइनुटबाट सवै कुरा क्लियर हुने बताएपनि विद्यार्थी संगठनको तालाबन्दीले हेर्न सम्भव नभएको क्याम्पस प्रशासनले जनायो।  

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रेवतीरमण भण्डारीले भने जग्गाको भोगाधिकार र स्वामीत्वमा समस्या नभएको जिकिर गर्छन्। ‘अहिले क्याम्पसको जग्गादाता मानिएका सवै व्यक्तिबाट उनीहरुकै नामबाट सिधै जग्गा क्याम्पसको नाममा नआएपनि कुल जग्गामा भने समस्या भने छैन,’ उनले भने। म्याम्पसलाई कतिपय जग्गा सट्टाभर्नाबाट समेत आएको छ। त्यसको रेकर्ड समेत दुरुस्त नभएको उजुरीकर्ताको दावी छ।  

क्याम्पसको रेकर्ड अनुसार कुल जग्गा छ विघा १२ कट्ठा ९.५ धुर रहेको छ। जसमा तीन विघा जग्गा वन उपभोक्ता समूहद्दारा संरक्षण गरि हस्तान्तरण गरिएको छ। अन्य जग्गा भने स्थानीय दाताले उपलब्ध गराएको रेकर्डमा उल्लेख छ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने अहिले प्रारिम्भक चरणमै रहेकाले गर्दा केही भन्न सक्ने अवस्था नभएको जनाएको छ। यसबारे मुद्दाको किनारा लागेपछि वास्तविकता खुल्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस