प्रदेश १ मा महिला हिंसा बढ्दो रुपमा रहेको पाइएको छ। प्रदेश १ मा दर्ता भएका मुद्दाको आधारमा हेर्दा प्रत्येक वर्ष महिला हिंसाको घटना बढ्दै गएको छ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा महिला हिंसाका २ हजार २ सय ६० मुद्दा दर्ता भएका छन्। २ हजार १२ जना पक्राउ परे भने ३ सय ९७ जना फरार छन्। आर्थिक वर्ष २०७७/०७८ मा महिला हिंसाका १ हजार ९ सय ८६ मुद्दा दर्ता भएको थियो। १ हजार ८ सय ५२ जना पक्राउ परे भने ३ सय ५८ जना फरार रहे। आर्थिक वर्ष २०७६/०७७ मा महिला हिंसाका १ हजार ४ सय ४० मुद्दा दर्ता भएको छ। १ हजार ३ सय ५० जना पक्राउ परे भने १ सय ८० जना फरार भएका थिए।
त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ जबरजस्ती करणीका ४ सय ८९ मुद्दा दर्ता भए। ३ सय ९३ जना पक्राउ परे भने १ सय १४ जना फरार भएका छन्। आर्थिक वर्ष २०७७/०७८ मा जबरजस्ती करणीका ५ सय ९७ मुद्दा दर्ता भएका थिए। ५ सय ४६ जना पक्राउ परे भने १ सय १३ जना फरार भएका थिए। आर्थिक वर्ष २०७६/०७७ मा जबरजस्ती करणीका ४ सय ८७ मुद्दा दर्ता भएको थियो। ४ सय ६८ जना पक्राउ परे भने ७५ जना फरार भएका थिए।
त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा मानव बेचबिखनका १६ वटा मुद्दा दर्ता भए। २३ जना पक्राउ परे भने ८ जना फरार छन्। आर्थिक वर्ष २०७७/०७८ मा मानव बेचबिखनमा २३ वटा मुद्दा दर्ता भयो। ४१ जना पक्राउ परे भने २४ जना फरार भएका थिए। २०७६/०७७ मा मानव बेचबिखनमा १४ वटा मुद्दा दर्ता भएको थियो। २४ जना पक्राउ परे भने ५ जना फरार भएका थिए।
महिलाविरुद्ध हुने विभिन्न किसिमका घटना न्यूनीकरण गर्न सरकारी तथा गह्रै सरकारी संघसंस्था लागे पनि उपलब्धि प्राप्त गर्न नसकेको तथ्यांकले पुष्टि गरेको छ। तीन तहको सरकारका साथै गहै्रसरकारी संस्थाले महिलाविरुद्ध हुने सबैखाले हिंसा न्यूनीकरण गर्न विभिन्न जनचेतना मूलक सडक नाटक, कचहरी नाटक, शैक्षिक संस्थालागयतका क्षेत्रमार्फत समाजमा चेतना जगाउने कार्यक्रम हुने गरेका छन्। यस्ता चेतना जगाउने कार्यक्रम गरे पनि महिला हिंसाका घटनामा कमी नआएको प्रहरीको तथ्यांकबाट देखिन्छ।
महिला हिंसाका घटना बाहिरिएका कारण पछिल्लो समय हिंसा भएको संख्या थपिएको अधिकारीकर्मीहरु बताउँछन्। पहिले चेतनाको कमीले गर्दा हिंसाका घटना घरभित्रै दबाउने गर्थे। पछिल्लो समय आफ्नो हकअधिकार र न्यायका कुराको जनचेतना बढेकाले पनि घटना बाहिर आउँदा संख्यामा वृद्धि भएको हुनुपर्ने अधिकारीकर्मीको तर्क रहेको छ। सरकारी र गैह्रसरकारी संघसंस्थाले महिला हिंसालगायतका विषयमा समाज र विद्यालयस्तरमा जनचेतनाका कुरा गर्न थालेपछि पनि घरभित्र हुने हिंसा र अन्य विभिन्न हिंसा हुँदा न्याय पाइने आशामा घटना बाहिरिन थालेको हो।
‘पहिले घरभित्रका घटनाभित्रै रहन्थ्यो भने अहिले यस्ता घटनाहरु बाहिरन थालेका छन्,’ अधिकारीकर्मी मञ्जिता उपाध्यायले भनिन्, ‘जनचेतनाका करणमा पनि हो। आफू हिंसामा पर्दा कसरी, कहाँ गएर न्याय पाइन्छ भन्ने कुरा थाहा पाएपछि घटनाले कानुनी बाटो लिँदा संख्या बढ्न थालेको हुनुपर्छ।’
पछिल्लो समय सोसल मिडियाको दुरुपयोगले गर्दा पनि हिंसाका घटना बढेको देखिन्छ। सोसल मिडियामा भित्री कुरा सार्वजनिक हुने र त्यही मिडियालाई दुरुपयोग गर्दै जाँदा हिंसा भएका धेरै घटनाहरु आइरहेको उपाध्यायले बताइन्। ‘हिंसा सम्बन्धी चेतना बढ्दै गएकाले पनि घटना बाहिरिन थालेको हो,’ उपाध्यायले भनिन्, ‘सरकारी तवरबाट हिंसा प्रभावित क्षेत्रमा पुग्न पर्छ। अझ पनि हिंसाविरुद्धका जनचेतना गाउँ गाउँमा पुर्याउन सकिएको छैन। गाउँ, सहर सबै क्षेत्रमा विभिन्न किसिमका हिंसा सम्बन्धी जनचेतना मूलक कार्यक्रम गर्न जरुरी छ। साइबर क्राइम मुद्दालाई सहज र सजिलो बनाउँदै काठमाडौंमै मुद्दा दर्ता गर्न वा उजुर गर्न जानु पर्ने बाध्यता हट्यो भने सहज हुने थियो।’ हिंसामा महिला मात्रै होइन पुरुष पनि पर्ने गरेका छन्। तर, उनीहरु हिंसामा परेको घटना कमै बाहिरिने गरेका छन्।
‘कुनै पनि हिंसा अन्त्य हुनका लागि दिगो आर्थिक विकास हुनु जरुरी देखिन्छ,’ १ नम्बर प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी नवीनराज राईले भने, ‘चेतनाको कमीले गर्दा पनि हिंसाका घटना बढेको हो। जनसंख्या, बेरोजगारी र आवश्यकता वृद्धिले गर्दा पनि हिंसाका घटनामा वृद्धि भएको हो।’ आर्थिक पक्ष कमजोर हुँदै जानेर र आवश्यकता वृद्धि हुँदै जाँदा आवश्यक कुरा पूर्ति गर्न सम्भव नभएपछि त्यहाँ तनाव हुने र हिंसा हुने गरेको पाइएको छ।
आवश्यकता पूर्ति नभएपछि हिंसा हुने र यस्तोमा कमजोर पक्ष महिला र बालबालिका रहने भएकाले उनीहरु नै बढी हिंसामा पर्ने गरेका छन्। घरेलु हिंसाका घटनाको संख्या बढेको छ। जुन व्यक्तिबाट संरक्षित र संरक्षण हुनुपर्ने हो त्यही व्यक्तिबाट हिंसाको सिकार हुनु परेको एसपी राईले बताए।