२५५ बुलेट ग्यास 'रि-रुट'
२९ पौष २०७२
•
७ मिनेट पाठ
२५५ बुलेट ग्यास 'रि-रुट'
वीरगन्ज- लामो समयदेखि रक्सौल–वीरगन्ज नाकामा रोकिएका २ सय ५५ ग्यास बुलेट 'रि–रुट' भएर सुनौली र जोगबनी नाकाबाट नेपाल भित्रिँदैछन्। निर्धारित समय १५ दिनभित्र उक्त परिमाणमा ग्यास बुलेट राजधानी भित्रिएपछि साढे २ लाख परिवारले ग्यास पाउनेछन्।

नेपाल आयल निगमका अनुसार ५० वटा ग्यास बुलेट रि–रुट भइसकेका छन्। बाँकी २ सय ५

बुलेट ग्यास रि–रुटका लागि कागजात मिलाउन सुरु भइसकेको छ। केही दिनमा ती ग्यास बुलेटले पनि रि–रुट अनुमति पाउने स्रोतका दाबी छ।

हाल काठमाडौंमा १० लाख परिवार बस्छन्। रि–रुट भएर आउने ग्यासले कुल मागको २५ प्रतिशत पूरा गर्छ। त्यसो गर्दा २ लाख ५० हजार परिवारले ग्यास पाउन सक्ने निगमले अनुमान गरेको छ। एक बुलेट ग्यासमा १ हजार २ सय ५० सिलिन्डर (१४.२ केजी ) बन्छ। ७.१ किलोको सिलिन्डर भर्ने हो भने ५ लाख परिवारको माग पूरा गर्न सकिन्छ।

नेपाल ग्यास बित्रे्कता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले हाल उपत्यकामा दैनिक १ लाख सिलिन्डर माग रहेको बताए। २ सय ५५ वटा ग्यास बुलेटबाट १४.२ केजीका ३ लाख १७ हजार ७ सय ५० वटा सिलिन्डर भर्न सकिन्छ। यो भनेको कुल मागको २५ प्रतिशत हो। आधा (७.१ किलो) मात्र भर्दा ६ लाख ३७ हजार ५ सय सिलिन्डर उपभोक्ताबीच पुर्यानउन सकिन्छ।

निगमस्रोतका अनुसार ५० वटा ग्यास बुलेटले रि–रुट अनुमति पाइसकेको र सुनौली र जोगबनी नाकातिर लागेका छन्। २ सय ५ बुलेटले रि–रुटका लागि आवश्यक आगजात पेस गरिसकेका छन्। असोज ७ मा सुरु भएको मधेसवादी दलको दसगजाकेन्द्रित धर्नासँगै रक्सोल–वीरगन्ज सीमामा उक्त परिमाणका गाडी रोकिएका हुन्।

निगमको पहल पर्खेर बसेका ग्यास 'बोटलिङ' उद्योगका सञ्चालक आफैं भिडेपछि करिब ४ महिनापछि रक्सौलस्थित भारतीय 'कस्टम' बाट ५० वटा बुलेट 'रि–रुट' को कागजात फुकुवा भएको हो।

भारतीय 'कस्टम' का अधिकारीका अनुसार कागजातको दाखिला फुकुवा भएपछि ग्यास निर्यात गर्ने डिपोबाट नयाँ 'रुट' तोकी अर्को (सुनौली र जोगबनी) नाकाबाट भिœयाउन मिल्नेछ। 'कस्टम' मा कागजात दाखिला भई अनुमति पाएका ५० वटा बुलेट अन्य नाकातिर लागेका छन्। पहिलो चरणमा 'कस्टम' मा कागजात दाखिला गरिएका यस्ता बुलेट 'आइओसी' ले अर्को नाकाबाट पठाउनेछ। लगत्तै बाँकीका बुलेटको 'रि–रुट' हुने जानकारी आएको ग्यास उद्योगका एक जना सञ्चालकले बताए।

निगमका अनुसार नेपालका लागि करिब ४ सय ५० वटा गाडीले ग्यास ल्याउने गरेका छन्। कस्टम दाखिला र 'रुट' निर्धारणले झन्डै २ सय ५५ बुलेट अल्भि्कएपछि नेपालका लागि ग्यास बोकेर आउने साधन आधाभन्दा कममा सीमित भएको थियो। 'उक्त समस्या समाधान गर्न निगम र आपूर्ति मन्त्रालयले काम गर्नुपर्ने थियो,' एक ग्यास उद्योगका अधिकृतले भने, 'त्यसो नगरिँदा ग्यास भाँडा (बुलेट) अभाव भयो र ग्यासको हाहाकार भयो। रुट फेरिएर सबै बुलेट चल्न पाएको भए वीरगन्ज नाका अवरोध भए पनि बढीमा एक हप्ता ढिलो हुन्थ्यो, यस्तो हाहाकार हुने थिएन।'

इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी, हल्दिया र मथुरास्थित रिफाइनरी डिपोबाट नेपालका लागि ग्यास आयात हुने गरेको छ। भारतीय प्रान्त पश्चिम बंगालको हल्दिया, बिहारको बरौनी र उत्तरप्रदेशको मथुराबाट आयात गरिएका ग्यासका कागजात ती डिपोमा 'रि–रुट' का लागि फिर्ता गरिएको भारतीय अधिकारीले जनाएका छन्।

रक्सौलमा थन्किएका साढे २ सय ग्यास बुलेटमध्ये आधा जति बरौनीबाट र बाकी आधा हल्दिया र मथुराबाट आउने भएका हुन्।

निगम अधिकारी वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास र त्यहाँका अधिकारीको पहलमा भारतीय कस्टम र आइओसी धाइरहेका थिए। वीरगन्जस्थित निगमको क्षेत्रीय कार्यालयका प्रमुख अभिषेख ठाकुर ग्यास बुलेटको 'रि–रुट' गराउन पश्चिम बंगालको हल्दियास्थित आइओसीको रिफाइनरी पुगेका छन्।

'अहिले 'रि–रुट' भएर ग्यास भित्रिने भएपछि ग्यासको माग गर्दै परेको दबाव कम हुने विश्वास छ,' वीरगन्जमा सबैभन्दा बढी उपभोक्ता भएको मनोज ग्यासका सञ्चालक मनोज दासले भने, 'महिनाको ३५ देखि ४० बुलेट ग्यास खपत गर्ने हामीकहाँ पछिल्लो ३ महिनामा ६ वटा मात्र बुलेट आउन सकेको छ।' थन्किएको बुलेटको ग्यास भित्रिएसँगै सबैजसो ४ सय ५० बुलेटले ढुवानी गर्न पाए अर्को केही हप्ताभित्र ग्यास आपूर्ति सहज बन्ने उनले विश्वास जनाए।

प्रादेशिक सीमांकन सच्याउन र सबै तहमा समानुपातिक समावेशी प्रतिनिधित्वलगायत माग राखी मधेसवादी दलले साउन २९ देखि सुरु गरेको आन्दोलन र बन्द १ सय ५१ दिन तथा नाका ठप्प भएको १ सय १२ दिन पुगेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस