काठमाडौं- द्रूत रुपमा विपद् व्यवस्थापन गर्न काठमाडौं उपत्यकाका विभिन्न १० ठाउँमा दमकल कार्यालय स्थापना गर्नुपर्ने प्रस्ताव काठमाडौं महानगरपालिकाले गरेको छ। उपत्यकाको एकीकृत विकास गर्न आफ्नो नेतृत्व खोजिरहेको महानगरपालिकाले अन्य २१ नगरपालिकाहरुसँग आपतकालीन उद्दारमा यस्तो सहकार्य खोजेको हो।महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले एकीकृत रुपमा जुद्ध वारुणयन्त्र कार्यालयको आधुनिकीकरणका लागि यस्तो प्रयास थालिएको जानकारी दिए। गत शनिबार गोदावरीमा सम्पन्न काठमाडौं उपत्यकाको एकीकृत विकाससम्बन्धी घोषणा, २०७२ मा पनि महानगरपालिकाले यससम्बन्धी प्रस्ताव अघि सारेको थियो।
महानगरले स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा नियमावली २०५६ ले उपत्यका भित्रका नगरपालिकाहरुले एकीकृत कार्य सम्पादन अवधारणाअनुरुप सञ्चालन गर्ने र गराउने अधिकारअनुसार यस्तो योजना बनाएको हो। कार्यान्वयनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्य नगरपालिकाहरु, राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ।
तामाङले द्रूत विपद् व्यवस्थापनका लागि उपत्यकाभित्र क्षेत्रीय रुपमा ठाउँ छनोट गर्ने योजनाअनुसार तयारी गरिएको जानकारी दिए। यसबाहेक विपद् व्यवस्थापनका लागि आवश्यक तालिमप्राप्त जनशक्ति, उपकरण, अन्य साधन तयारी हालतमा राख्न एकीकृत रुपमा जान सकिने पनि उनले जानकारी दिए।
विपद् व्यवस्थापनमा पूर्व तयारी, विपद् पर्दा गरिने कार्य र विपद् पश्चात्को व्यवस्थापनलाई प्रभावकारी कार्यान्वयनमा पनि जोड दिने महानगरको तयारी रहेको उनले बताए। विपद व्यवस्थापनमा प्रविधिमैत्री एकीकृत कार्यक्रम सञ्चालन गर्न पनि आवश्यक हातेमालो गर्न लागिएको उनले जानकारी दिए।
महानगरपालिका कार्यालयसँग भएका दमकल, दक्ष जनशक्तिको बाँडफाँड गरेर क्षेत्रीय रुपमा जानसके आपतकालीन उद्धारमा ठूलो राहत पुग्ने उनले बताए। 'काठमाडौं उपत्यकामा अहिले रहेका तीन दमकल कार्यलयले नभ्याउँदा उनीहरुको ठाउँमा पनि हामी जानुपर्ने अवस्था छ,' उनले भने, 'यस्तो अवस्थामा हामी नै पहिले जान सके क्षति पनि कम हुन्थ्यो।'
सरकारले आफैँ दमकल सञ्चालन गर्ने योजना ल्याए पनि पटक–पटक कार्यान्वयन हुन नसक्दा स्थानीय निकायले नै व्यवस्थापन गरिरहनु परेको छ। यस्तो अवस्थामा महानगरले अन्य क्षेत्रमा पनि परिचालन गरेर द्रूत विपद् व्यवस्थापन गराउने योजना सारेको उनले बताए।
महानगरपालिकामा दमकलको कमान्ड सेन्टर राखेर त्यसले अन्य ९ क्षेत्रगत शाखालाई परिचालन गर्ने कार्यविधि महानगरपालिकाले बनाएको छ। 'आगलागीको घटना सेन्टरमा आएपछि परिचालनका लागि नजिकको शाखालाई खबर हुन्छ,' महानगरपालिका अन्तर्गतको जुद्ध वारुणयन्त्र कार्यालय काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले भने। काठमाडौं जिल्लाका ५, ललितपुरका ३ र भक्तपुरका २ स्थानमा दमकल कार्यालयहरु हुनेछन्।
उपत्यकामा हाल हाल रहेका ३ वटा दमकल कार्यालयलाई १० वटामा बाँडेर अगाडि बढ्न सकिने भट्टराईले बताए। यसका लागि २ सय जना दक्ष जनशक्तिको खाँचो उनले औंल्याए।
'अन्य नगरपालिकासँग रहेका दमकल कहिले चल्ने र कहिले चल्दाचल्दै बन्द हुने अवस्थामा छन्,' भट्टराईले नागरिकसँग भने, 'जहाँ भए पनि हामी पुग्नुपर्छ। त्यसैले राम्रो साधन र जनशक्तिसहित क्षेत्रीय रुपमा जान सके क्षति कम हुन सक्छ।'
प्रत्येक क्षेत्रीय कार्यालय कम्तीमा २ रोपनी क्षेत्रफलमा फैलिएको हुनुपर्ने, प्रत्येक कार्यालयमा २ वटा दमकल, एउटा फायर बाइक अग्नि नियन्त्रण साधनको रुपमा रहनु पर्ने, स्रोतका रुपमा ३० हजार लिटर क्षमताको भूमिगत पानी ट्यांकी, पानीको लागि बोरिङ, कम्तीमा २०० लिटर फोम र १० केजी क्षमताको १५ थान फायर एक्सिङग्विस्चर (अग्नि नियन्त्रण गर्ने पाउडर भरिएको सिलिन्डर) हुनुपर्ने योजना प्रस्ताव गरिएको छ। प्रत्येक क्षेत्रमा २० जना फायर फाइटर रहने छन्। योजनाअनुसार कम्तीमा पनि ३ जना ड्राइभर, एक जना कमान्डर र १६ जना फायर फाइटर गरी २० जनाको टोली प्रत्येक क्षेत्रीय कार्यालयमा हुने प्रस्ताव राखिएको छ।
महानगरपालिकासँग अहिले ६ वटा ठूला दमकल, ८ वटा फायर बाइक छन्। त्यसैगरी ललितपुर उपमहानगरपालिकासँग ३ वटा दमकल छन्। भक्तपुर र कीर्तिपुर नगरपालिकासँग एउटा मात्र दमकल छन् तर कीर्तिपुरको दमकल प्रयोगविहीन अवस्थामा छ।
'कार्यालय समाधान र कर्मचारी मात्र भर्ना गरेर भने केही हुँदैन,' भट्टराईले भने, 'दमकल परिचालन तथा कर्मचारी सेवा शर्तसम्बन्धी ऐन एवं नियमको छुट्टै व्यवस्था हुन सके प्रभावकारी हुन्छ।' अग्नि नियन्त्रणको काम निकै महँगो पनि हुने भएकाले केही मात्रामा सेवा शुल्क लिएर अगाडि बढ्न सकिने र यसबाट सरकारलाई छुट्टै भार पनि नपर्ने उनले दाबी गरे।
'विगत ५ वर्षदेखि महानगरपालिकाले प्रत्येक घरधुरीसँग वार्षिक एक सय रुपैयाँ विपत व्यवस्थापन शुल्क उठाउने गर्छ,' उनले भने, 'अन्य नगरपालिकाहरुले पनि यसैगरी शुल्क उठाए क्षमता विस्तारमा समस्या हुँदैन।' साथै ठूला र व्यावसायिक भवनमा भएका अग्नि नियन्त्रणका स्थायी संरचना चेकजाँचबापत थप शुल्क लिने व्यवस्था गरेमा झन् बलियो आर्थिक आधार बनाउन सकिने उनले योजना सुनाए।