पत्नी र छोराछोरीको हत्यापछि आत्महत्या
१७ साउन २०७९
•
४ मिनेट पाठ
पत्नी र छोराछोरीको हत्यापछि आत्महत्या
तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित पदमसालमा रहेको पाण्डे निवास। तस्बिर सौजन्यः नेपाल प्रहरी
सोमबार बिहान करिब ८ बजे सदाझैं काठमाडौंको तार्केश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित पदमसालमा बसोबास गर्ने दिनेश पाण्डेकी १३ वर्षीया छोरी आसिकालाई लिन विद्यालयको बस आइपुग्यो। केहीबेर पर्खंदा पनि उनी आइनन्। निकै बेर नआएपछि उनको खोजी हुन थाल्यो। उनको खोज्नेहरू घरसम्मै पुगे। त्यतिखेरसम्म घरका झ्यालढोका सबै बन्द थिए। बाहिरबाट बोलाउँदा पनि भित्रबाट कसैले जवाफ फर्काएनन्। त्यतिबेला बिहानको ९ बजेको थियो। अवस्था शंकास्पद देखेपछि स्थानीयले प्रहरी वृत्त बालाजुलाई खबर गरे। प्रहरी टोली तुरुन्त आइपुग्यो। प्रहरीले ढोका फोर्‍यो। घरभित्र निकै बीभत्स दृश्य देखियो। शव यत्रतत्र छरिएका थिए। जताततै रगतैरगत थियो। आसिका र उनका आठ वर्षीय भाइ आसिकको शव ओछ्यानमा थियो भने बुवा ४१ वर्षीय दिनेश पाण्डे र आमा ३९ वर्र्षीया आमा सुनिता काप्री पाण्डेको शव भुइँमा थिए।




प्रहरी अनुमान: हत्यापछि आत्महत्या

पाण्डे निवासको दारुण दृश्य देखेपछि प्रहरीले तत्काल अनुसन्धान थाल्यो। प्रहरी वृत्त बालाजु, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न कोणबाट प्रारम्भिक अनुसन्धान अघि बढाए। घटनाको अनुसन्धानका लागि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक टोली पनि घटनास्थल पुग्यो। फरेन्सिक डा. गोपाल चौधरी र डा. आयुष उपाध्यायसहितको टोली त्यहाँ पुगेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले दिनेशबाटै यो घटना भएको अनुमान गरेको छ। उनले सुरुमा पत्नी र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको जनाइएको छ। दिनेशकी पत्नी सुनिता र उनीहरूका छोराछोरी आसिक र आसिकाको टाउको र पेटका विभिन्न भागमा धेरैपटक छुरा प्रहार भएको नेपाल प्रहरीका एक अनुसन्धान अधिकृतले जानकारी दिए। उनका अनुसार यस कार्यमा भान्छामा प्रयोग हुने चक्कुको प्रयोग गरिएको छ।

पत्नी र छोराछोरीको हत्यापछि दिनेशले आफूले आत्महत्या गरेको देखिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी अनुमानअनुसार सुरुमा पाण्डेले नाडी काटे र झुन्डिनेसम्मको प्रयास गरे, अन्तमा आफ्नै पेटमा छुरा रोपे। नाडी र पेटको चोट लागेपछि अत्यधिक रक्तश्राव भई उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ‘घटनाको प्रकृति हेर्दा पत्नी र छोराछोरीको हत्यापछि दिनेशले आत्महत्या गरेको देखिन्छ। घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले भने, ‘विस्तृत अनुसन्धान अझै भइरहेको छ। बाँकी विवरण र सत्यता त्यसबाट खुल्दै जानेछ।’

त्यो ‘सुसाइड नोट’ दिनेशको रहेको मानिएको छ। त्यसबाट उनले पत्नी परपुरुषसँगको सम्बन्धमा रहेको आशंका गरेको बुझ्न सकिन्छ। पत्नीकै कारण वैवाहिक जीवनबाट आफू सन्तुष्ट नभएकोलगायत विषय पाण्डेले ‘सुसाइड नोट’मा उल्लेख गरेको स्रोतको भनाइ छ। यसबाहेक सुनिताले म्यासेन्जरमा परपुरुषसँग गरेका कुराकानीका स्क्रिनसटसमेत त्यसमा प्रिन्ट गरेर राखिएको पाइएको स्रोतले जनाएको छ।

वैदेशिक रोजगार र शंका

गोरखाको भीमसेन थापा गाउँपाकिला–६ आश्राङ स्थायी घर भएका दिनेश १२ वर्षसम्म वैदेशिक रोजगारीमा बसेर फर्किएको स्रोतले बताएको छ। उनले कुवेतका १२ वर्ष बिताएको देखिएको छ। उनी नेपाल फर्किएको चार वर्ष मात्रै भएको छ। त्यहाँबाट फर्किएर उनले काठमाडौंको मनोहरामा खरिद गरेको जग्गा बेचेका थिए। त्यसपछि उनले पदमसालमा जग्गा किनेर एकतले घर बनाए।

उनले पदमसालमै मोबाइल पसल खोलेर चलाउँदै आएका थिए। त्यो पसल उनले एक महिनाअघि मात्र बिक्री गरेको स्थानीय बताउँछन्। उता पत्नी सुनिता पनि कपडा पसल चलाउँथिन्। स्थानीयका अनुसार दिनेश नेपाल फर्केसँगै पतिपत्नीबीच झगडा हुन थालेको थियो। झगडको मुख्य कारण दिनेशले पत्नीमाथि शंका गर्नु रहेको देखिन्छ। झगडाले उग्र रूप लिँदा उनीहरू तीनपटक बालाजु प्रहरी वृत्तसम्म पुगेका थिए। तीनैपटक उनीहरूबीच मिलापत्र भएको स्रोतको भनाइ छ।

झगडा भइरहँदा उनीहरूले सम्बन्धविच्छेद गर्नेसम्मको छलफल गरेको उनीहरूलाई नजिकबाट चिन्नेहरू बताउँछन्। दिनेशले नै पत्नी सुनितासँग सम्बन्ध विच्छेद माग्ने गरेको स्रोतको दाबी छ। तर सुनिताले छोराछोरीकै कारण सम्बन्धविच्छेद गर्न चाहेकी थिइनन्। बरु उनले आफैं विदेश जाने तयारी थालेकी थिइन्। यसका लागि उनले बेलायतको सिजनल भिसाको प्रक्रिया थालेकी थिइन्। उनको बेलायत जाने प्रक्रिया अन्तिम चरणमा पनि पुगिसकेको थियो। एक महिनाकै बीचमा उनी बेलायत उड्ने तयारीमा थिइन्। यसैका लागि उनले आफूले चलाउँदै आएको फेन्सी पसल बिक्री गरेकी थिइन्। सहकारीमा राखेको रकम पनि झिकेर खाता बन्द गराइसकेकी थिइन्।

उनको बेलायत जाने यो निर्णयमा दिनेश भने असहमत थिए। यही कारण पनि उनीहरूबीचमा पछिल्लो समय विवाद भइरहेको स्थानीय जानकार स्रोतको भनाइ छ। पाण्डेको परिवार सखाप हुनुको एउटा कारण परपुरुषसँगको शंका भए पनि अर्को कारण सुनिताको बिदेसिने चाहनाप्रति दिनेशको असहमति र त्यसबाट उत्पन्न विवाद रहेको बुझ्न सकिन्छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१४ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५० सेकेन्ड अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस