पहिरोमा परी म्याग्दीमा एकै परिवारका २ जनाको मृत्यु, ३ जना बेपत्ता
१७ साउन २०७९
•
२ मिनेट पाठ
पहिरोमा परी म्याग्दीमा एकै परिवारका २ जनाको मृत्यु, ३ जना बेपत्ता
अविरल वर्षासँगै म्याग्दीको मालिका गाउँपालिका–२,रुमको तामेङ भन्ने गाउँमा पहिरोमा परी एकै परिवारका दुईजनाको ज्यान गएको छ।  




सोमबार राती बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाउँदा नविन र रुजन विकको मृत्यु भएको वडा सदस्य भक्ती बहादुर घर्तीले बताए। ‘हामी घटनास्थलमै छौ,‘दुई जनाको शब निकालिएको छ,‘बेपत्ता भएको खोजी भइरहेको छ’ वडा सदस्य घर्तीले भने। पहिरोमा  घाम बहादुर विक, राजु विक र रोजी विकको खोजीकार्य भइरहेको छ।  

बेपत्ता परिवारका दुई छोराको शब भेटिएको छ भने आमाबुबा र एक छोरीको खोजीकार्य भइरहेको छ। घाइते अवस्थामा भेटिएकाको उपचारका लागि लैजाने तयारी भइरहेको छ।

घरमा सुतिरहेको अवस्थामा पहिरो जाँदा पहिरोसँगै पुरिएका थिए। बर्षा र निरन्तर खसिरहेको पहिरोले उद्धार र खोजीमा समस्या भएको स्थानीयबासीको भनाइ छ। बस्तीमाथिबाट ठूलो पहिरो खसेको र घर समेत बगाएका कारण उनीहरूलाई जीवितै फेला पार्ने सम्भावना कम रहेको उद्धारकर्ताको भनाई छ।  

खोज, उद्धार तथा राहतका लागि वडाका विभिन्न बस्तीबाट घटनास्थल तर्फ गइरहेको वडा सदस्य भक्त बहादुर पुनले बताए। लगातारको वर्षातका कारण वेपत्ता भएकाको खोजीकार्यमा समस्या भएको छ। ‘भिषण वर्षाले बेपत्ताको खोजीमा समस्या भएको छ,‘उद्धारका लागि आइरहेको टोलीलाई समेत बाटोमा समस्या भएको छ’ घटनास्थलमा रहेका वडा सदस्य पुनले भने।  

तामेङ गाल्टा आसपासका क्षेत्र हुदै उद्धारका लागि स्थानीयबासी, जनप्रतिनिधि सहितको टोली घटनास्थलमा पुगेपनि उद्धारमा  कठिनाई भइरहेको छ।  पहिरोमा घाईते भएका गोठे र गोरी विकलाई थप उपचारका लागि पठाउने तयारी भइरहेको छ।  

पहिरोस्थलबाट घाईते अवस्थामा उद्धार गरिएकालाई थप उपचारका लागि पठाउन समेत वर्षा बाधक बनेको छ। ‘घरका सबै निन्द्रामा थिए, बेपत्ता पनि पहिरोमै पुरिएको हुनसक्छ’ उद्धारमा खटिएको टोलीले भन्यो।

जनजाति र दलितको बसोबार रहेको बस्तीको दुई घर पहिरोले पुरेको थियो। रुमतर्फको सोलेडाँडा आसपासबाट निरन्तर पहिरो खसिरहेको अवस्थामा समेत उद्धारमा खटिएको टोलीले पहिरोस्थलबाट दुई शब भने निकालेको छ।  बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयलाई घटनास्थल पठाएको भएपनि अहिलेसम्म पुग्न सकेको छैन्। लगातार दुई दिन देखि परिरेहको वर्षाले पश्चिम म्याग्दीको जनजिवन अस्तब्यस्त भएको छ।  
अर्को समाचार
प्राविधिक शिक्षामा छात्राको आकर्षण
१९ साउन २०७९
•
३ मिनेट पाठ
प्राविधिक शिक्षामा छात्राको आकर्षण
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन्। विसं २०६८ मा जिल्लामा नै पहिलो पटक सञ्चालन भएको किसानी कृषि प्राविधिक शिक्षालयले ११ वर्षको अवधिमा पाँच सय बढी कृषि प्राविधिक उत्पादन गर्नुका साथै शिक्षालयको भौतिक पूर्वाधारमासमेत उल्लेख्य सफलता प्राप्त गरेको छ। कृषि विषय अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधार थप गरिएको छ।




सुविधासम्पन्न भवनमा सूचना र प्रविधिका अत्याधुनिक साधनको प्रयोग गरेर शिक्षा दिइँदै आइएको शिक्षालयका संयोजक करन कँडेलले बताए। विद्यार्थीलाई किसानका खेतबारी र पशुगोठमा नै लगेर प्रयोगात्मक शिक्षा दिइँदै आएको उहाँको भनाइ छ। शिक्षालयमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयले जनाएको छ।

विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, पाँच वर्ष अघि ९विसं २०७४ सालदेखि तीनवर्षे आइएस्सी (एजी) र २०७६ सालदेखि भेटेरीनरी (पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी )शिक्षा अध्यापन हुँदै आएको छ। शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १२ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका शिक्षालयका संयोजकले जानकारी दिए। उनका अनुसार हाल शिक्षालयमा ९० छात्रा र ५१ छात्र अध्ययनरत छन्। हाल शिक्षालयमा विभिन्न जिल्लाका १४१ जना विद्यार्थी अध्ययनरत छन्। कृषि डिप्लोमा ५१ जना, डिप्लोमा पशुतर्फ ६० जना र प्रि डिप्लोमातर्फ ३० जना गरी १४१ जना विद्यार्थीले कृषि र पशुसम्बन्धी शिक्षा लिइरहेका छन्। मासिक  पाँच हजारमा आवासीय सुविधासहित गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएकाले विद्यार्थीको चाप बढ्दै गएको किसानी प्राविधिक शिक्षालयले जनाएको छ।

यही साउन १६ गते कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पहिलो बेते भैँसीको पेटमा अड्किएको पाडो  जीवित्तै बाहिर निकालेर भैँसीलाई सुत्केरी गराउन सफल भएका छन्। गत सोमबार स्थानीय भूपेन्द्र शर्माको पहिलो बेते भैँसीको पेटमा पाडो अड्किएपछि सुत्केरी हुन नसकेको भैँसीको पेटबाट डा. रोशन बानियाँ र डा प्रशन्न पोख्रेलको सहयोगमा किसानी कृषि प्राविधिक शिक्षालयमा पशु विज्ञान विषयमा अध्ययनरत प्रशिक्षार्थीले भैँसीको पेटमा अडिकएको पाडो निकालेका हुन्। शिक्षालयका संयोजक कँडेलका अनुसार शिक्षालयले कृषि तथा पशु क्षेत्रका समुदायसँग समन्वय गरी स्थानीयस्तरमाट नै पशु चिकित्साको बारेमा ज्ञान दिने उद्देश्यसहित विभिन्न कार्यक्रम गरिरहेको छ। भौतिक पूर्वाधारले सम्पन्न किसानी कृषि प्राविधिक शिक्षालयले पछिल्लो समय बाली र पशु विज्ञानमा राम्रो नतिजा प्राप्त गर्दै आएको स्थानीय टेकबहादुर जुग्जालीले बताए।आइएस्सी (एजी) तेस्रो सेमिस्टरमा अध्ययनरत छात्रा प्रकृति बुढाले नेपाल कृषिप्रधान देश भए पनि अधिकांश जग्गामा व्यावसायिक रूपमा खेती नगरिँदा बाँझिएको र आफू कृषि प्राविधिक भएपछि किसानलाई परम्परागत तरिकाले होइन, आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक रूपमा खेती गर्न सिकाउने उद्देश्यले यस विषयमा आकर्षित भएको बताए।

त्यसैगरी पशु विज्ञानतर्फ दोस्रो सेमिस्टरमा अध्ययनरत सुरन विकले स्वरोजगार र ग्रामीण भेगका पशुपालक कृषकहरुको सेवाका लागि आफूले पशु विज्ञान रोजेको जानकारी दिए। १८ महीने जेटिएमा अध्ययनरत तारा शर्माले अझै पनि कृषि पेशा परम्परागत तरिकाले गरिँदै आइएको र आफूले कृषि पढेर जेटिए बनेपछि आधुनिक रूपमा व्यावसायिक कृषि पेशा सिकाउने उद्देश्यले कृषि प्राविधिक शिक्षालयमा पढ्न आएको बताए ।

स्थानीय स्रोतका भरमा शिक्षकलाई तलब खुवाएर यो शिक्षालय सञ्चालन गरिएको छ। स्थानीय चन्दादाता र वैदेशिक रोजगारीमा गएका बिमवासीको सहयोगमा शिक्षालय सञ्चालन भइरहेको शिक्षालयका प्रमुख एवं किसानी माविका प्रधानाध्यापक जङ्गबहादुर गर्वुजाको भनाइ छ।

विद्यार्थीलाई प्रयोगात्मक विधिद्वारा शिक्षण गराइँदै आएको र ‘देशको समृद्धि व्यावसायिक कृषि’ भन्ने मूल उद्देश्यका साथ कृषि प्राविधिक शिक्षालय सञ्चालन गरिएको शिक्षालयकाे भनाइ छ। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस