चितवन–यो वर्षको प्राकृतिकआपत्ति र राजनैतिक समस्याकाकारण देवघाटधाममा स्नानगर्न आउनेको संख्या खासै घटेन। स्नान घाटमा भिडभाड र चहल पहल पहिलाकै जस्तो थियो । काली गण्डकी र त्रिशुलीनदीको संगम देवघाटमा महादेव पार्वती, राम सीता र ऋषिहरु मकर स्नानगर्न आउने धार्मिक विश्वास छ।सोहीकारण देश विदेशबाट भक्तहरु स्नानकालागि आउँछन् । गोरखा सौरपानीका सुर्यप्रसाद ढकाल भूकम्प पीडित हुन्। उनी देवघाटमा स्नान गर्दैगरे थिए। ढकाल सात वर्षदेखि माघे संक्रान्तिमा लगातार देवघाट आउने गरेका हुन्। देशको अवस्था प्रतिकुल भएपनि उनले यो पटकसमेत आफूलाई रोक्न सकेनन्। 'बाटो भत्किएको छ । गाडी राम्रोसँग चल्दैन। डिजेल पाइँदैन भनेर भाडा तेब्बर भएको छ । तै पनिआए,' ढकालले भने।
माघे संक्रान्तिको दिन देवघाटमा व्रतबन्ध गराउने चलन छ। सयौं जानले नदी किनारमा ब्रतबन्ध गराइ रहेका देखिन्थे। ढकाल पनि गाउँबाट ब्रतबन्ध गराउन आउने टोलीसँगै देवघाट आएका हुन्। गोरखा, धादिङ, लमजुङ, कार्भेलगाएतका ठाउँबाट ब्रतबन्ध गराउन आउनेहरुको भिड लागेको थियो देवघाटमा।
बर्दिया तारातालका ८० वर्षीय मोहदत्त लामिछाने पनि चिसोको वास्ता नगर्दै नदीमा डुबुल्की मार्दै थिए। 'काशीगए, गया गए, मुक्तिनाथपनि गए। देवघाट आउन बाँकी थियो आए निकै खुसी छु,' लामिछानेले भने । लामिछानेको टोलीमा ४० जना थिए । बर्दिया तारातालबाटै बस रिजर्भ गरेर उनीहरु नुहाउन देवघाट आएका हुन्।
मधेसका जिल्ला र भारतबाट पनि नुहाउन आउने भेटिए। 'मैले देवघाटको बारेमा धेरै सुनेको थिए । आउन पाएको थिइन । आज पहिलो पटक आए। नुहाए घुमे धेरै खुसी छु,' भारत बेतियाबाट आएका रमेश महतोले भने । महतोको टोलीमा देवघाट नुहान आउनेहरु आठ जना थिए। देवघाट देशको मुख्य तिर्थ स्थल हो। माघे संक्रान्तिमा यहाँ लाखौंले स्नान गर्छन्।
'देको अवस्था सामान्य थिएन । प्राकृतिक विपत्तिदेखि नाकाबन्दी इन्धन अभाव जस्ता समस्या थियो । त्यसैले हामीले स्नान गर्न आउनेहरु प्रशस्तै नहोलान कि भन्ने आशंका गरेका थियौं । तर सविककै संख्यामा स्नानगर्नेहरु आए,' देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पियाले भने। देवघाटमा तीन लाखले स्नान गरेको समितिको अनुमान छ ।
देवघाट जाननारायणगढबाट बस चढ्नु पर्छ। अत्याधिक भिडभाड हुने भएकाले देवघाट क्षेत्र विकास समितिले एकतर्फी यातायातमात्रै सञ्चालन हुने व्यस्था मिलाएको थियो। नारायणगढबाट जाने बसहरु रामनगर हुँदै देवघाटपुग्थे भने फर्कदा देवघाट आँपटारी हुदै नारायणगढ आउथे । बसको छत छतमासमेत टन्नै यात्रुहरु देखिन्थे । नारायणगढबाट पैदलै देवघाट पुग्नेहरु पनि प्रसस्तै थिए ।