बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका १ घर भइ भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने ४२ वर्षीय गोर्खमान तामाङ रहेका छन्। उनलाई प्रहरीले सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उच्च अदालत पाटनको २०७७ माघ १९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद ,६ लाख रुपैयाँ जरिवाना र २४ हजार रुपैयाँ क्षतिपुर्ती शुल्क तिर्नुपर्ने सजाय भई फरार भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल ललितपुरबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल पठाइएको छ।