चितवन–मकवानपुर प्रहरीले जुवा खेलेको आरोपमा दुई लाख ३२ हजार चार सय नगदसहित तीनजनालाई गिरफ्तार गरेको छ ।हेटौंडा १७ दमारमा रहेको श्याम बज्युको घरमा जुवा खेलेको सुचनाको आधारमा माघ एक गते उनीहरुलाई गिरफ्तार गरेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेमा हेटौंडा २१ का इवनाथ दंगाल, रविन्द्र घलान र बीरबहादुर लामा रहेका छन्।
उनीहरुको साथबाट नगदका साथै खोलेको चार बुक तास र नखोलेको तीन बुक तास पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ । साथै विभिन्न नम्बरको छवटा मोटरसाइकल पनि बरामद गरेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डएसपी) शिशु शर्माले बताए ।