चिकित्सा शिक्षा आयोग गठनमा चलखेल
०४ माघ २०७२
•
६ मिनेट पाठ
चिकित्सा शिक्षा आयोग गठनमा चलखेल
काठमाडौं- चिकित्सा शिक्षा आयोग गठनलगायत माग राखेर डा. गोविन्द केसीले दिएको दुई साता लामो अल्टिमेटम अवधि सकिन दुई दिन मात्र बाँकी रहँदा चर्काे चलखेलले प्रस्तावित चिकित्सक शिक्षा आयोग गठनमै अन्योल देखिएको छ।




डा. केसीले आयोग गठन, मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक स्थगन र चिकित्सा शिक्षासम्बन्धी समिति गठनलगायत माग राखेर पुस २२ गते दुई साताको अल्टिमेटम दिएका थिए।

उनले उठाएका चिकित्सा शिक्षासम्बन्धी छानबिन आयोग गठनबाहेकका माग पूरा गर्न सरकारले चासो नदिएको डा. केसीको आरोप छ।

'केके दबाब आयो रे, चलखेल भयो रे भन्ने मात्रै सुन्छु, यो भयो भन्ने केही छैन,' उनले भने, 'मैले अल्टिमेटम दिएपछि कुनै सरकारी मान्छे कुरा गर्नसमेत आएको छैन।'

शिक्षा मन्त्रालय उच्चस्रोतका अनुसार चिकित्सा शिक्षासम्बन्धी ऐन, नीतिसमेत बनाउने गरी आयोग गठन कार्य चलखेलकै कारण रोकिएको छ। शिक्षा मन्त्रालयले विज्ञसँग छलफलपछि आयोग गठन कार्यादेश, कार्यविधि र पदाधिकारीसहितको प्रस्ताव तयार गरेर अघिल्लो मन्त्रिपरिषदबाट पारित गर्ने तयारी थियो। त्यसअनुसारको प्रस्ताव बनिसके पनि सम्बन्धनको पर्खाइमा रहेका मेडिकल कलेजका सञ्चालकका दबाबमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'सबै पक्षलाई समेट्न' भन्दै घुमाउरो पारामा शिक्षामन्त्रीलाई दबाब दिएपछि गठन प्रक्रिया अन्योलमा परेको छ।

मन्त्रालयले प्रस्तावित चिकित्सा आयोगमा कार्यकारी उपाध्यक्ष डा. भगवान कोइराला रहने गरी सदस्यहरुमा डा. अर्जुन कार्की, डा. जगदीशप्रसाद अग्रवाल, डा. श्रीकृष्ण गिरी, निजी मेडिकल कलेजका तर्फबाट डा. सुरेश कनौडिया, डिनमध्येबाट डा. सृजना श्रेष्ठ, शिक्षा र स्वास्थ्य मन्त्रालयका सहसचिव, नेपाल चिकित्सक संघ र नर्सिङ संघका अध्यक्षसमेत प्रतिनिधि रहने गरी आयोग गठनको प्रस्ताव तयार पारेको थियो।

माथेमा संयोजकत्वको कार्यदलले असार १४ मै सरकारलाई चिकित्सा शिक्षासम्बन्धी सबै विश्वविद्यालय तथा कलेजको अनुगमन, सम्बन्धन, परीक्षा र गुणस्तरलगायत विषय हेर्ने गरी उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठनको सिफारिस गरेको थियो। कार्यान्वयनमा आलटाल भएपछि डा. केसीले छैठौं अनशन बसेका थिए।

पछिल्लोपटक प्रस्तावित आयोगमा डा. गोविन्द केसीसँगको समेत परामर्श एवं माथेमा कार्यदलको भावनासमेत बुझेका र राजनीतिक रुपमा तुलनात्मक रुपमा तटस्थ छवि भएका व्यक्ति र संस्थागत प्रतिनिधित्व छ। यही आधारमा कतिपय एमाले निकटकै चिकित्सकले समेत आयोग नरोक्न सल्लाह दिए पनि प्रधानमन्त्रीले पार्टीभित्रै दबाबलाई समेत ध्यानमा दिनुपर्ने जवाफ दिएका छन्। स्रोतका अनुसार यसअघि गठन भएर पनि विवादपछि निष्त्रि्कय आयोगमा एमाले कोटामा सदस्य भएका ओलीकै आफन्तसमेत रहेका डा. केके ओली र एमाले निकट चिकित्सक सोमनाथ अर्याललाई सदस्य राख्न दबाब परेको छ।

प्रस्तावित आयोगले माथेमा प्रतिवेदनको सिफारिसअनुसार चिकित्सा शिक्षा आयोगसम्बन्धी ऐन मस्यौदा गर्नेछ। त्यसैगरी आयोगले चिकित्सा शिक्षा क्षेत्रमा सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयन, आयोग सञ्चालनका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय सहयोग जुटाउने, आयोगलाई आवश्यक पूर्वाधार तयार गर्नेलगायत जिम्मेवारी तोकिएको छ।

अघिल्लो सरकारले माथेमा प्रतिवेदनको भावनाविपरीत डा. अग्रवाललाई नै उपाध्यक्ष बनाएर आयोग बनाएको थियो। लगत्तै डा. केसी सातौं अनशन बसेका थिए। उनले ११ दिनपछि देशको प्रतिकूल परिस्थिति भन्दै अनशन स्थगित गरेका थिए। तर सरकारले पुराना सम्झौताविपरीत मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने गरी विधयेक लगेपछि डा. केसीले आठौं अनशनको चेतावनी दिएका थिए।

सातौं अनशनकै बीच डा. अग्रवालले समेत कार्यादेश फरक पारेको र चिकित्सा शिक्षा नबुझेको मान्छेलाई सदस्यमा राखेको भन्दै कात्तिक ७ मै पदमा नबस्न अस्वीकार गरेपछि आयोग निष्त्रि्कय भएको थियो।

तत्कालीन सरकारले माथेमा प्रतिवेदनको सिफारिस प्रतिकूल हुने गरी बेवास्ता गर्दै नयाँ नीति बनाउने गरी राजनीतिक भागबन्डा हुने गरी आयोग बनाएको थियो। आयोग गठनमा राजनीतिक एवं प्रस्तावित मेडिकल कलेजका प्रतिनिधिको बाहुल्यसमेत गराएपछि आयोग नै विवादित बनेको थियो। अहिले विज्ञ र चिकित्सा शिक्षा बुझेका मान्छे राखेर आयोग गठनको पहल भए पनि रोकिएको हो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस