जाली राहदानीमा नेपाल हुँदै युरोपेली देश
०४ माघ २०७२
•
९ मिनेट पाठ
जाली राहदानीमा नेपाल हुँदै युरोपेली देश
काठमाडौं- सरकार र विद्रोही समूहबीच द्वन्द्वले बाँच्नै कठिन भएपछि सिरियाली नागरिक जाहान अब्दुल करिम अमेरिका जाने सपनामा त्रिभुवन विमानस्थलमा उत्रिइन्। मानव तस्करमा सक्रिय समूहले उनलाई युरोप जान सहज हुन्छ भन्दै विभिन्न देश हुँदै नेपाल ल्याएको थियो। विमानस्थलमा उत्रिएकी उनको राहदानी जाँच गर्दा अर्कैको राहदानीमा आएको खुलेपछी उनकै देश फर्काइयो।

विमानस्थलमा रहेको अध्यागमन विभागको कार्यालयले उनलाई नियन्त्रणमा लिएर कालिकास्थानमा रहेको अध्यागमन विभाग पठायो। अध्यागमनको सिफारिसमा गृहमन्त्रालयले उनलाई पाँच वर्ष नेपाल आउन नपाउने गरी निकाला गरिदियो।

मानव तस्करीमा सक्रिय दलालको फन्दामा परेर इरानी नागरिक तोहिद ताहेरी पनि जहानाझैं त्रिभुवन विमानस्थलसम्म आइपुगे। नेपालमा आएर शरणार्थीको माग गरी तेस्रो देश जान उनी २ वटा राहदानीसहित नेपाल आएका थिए। अध्यागमन अधिकारीको सजगताका कारण उनी युरोप हैन, नेपाल आउनै नपाउने गरी आफ्नै देश फर्काइए।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१५ मा नेपाल आएका यस्तै ३ सय २६ जना विदेशी नागरिक नेपाल निकालामा परेका छन्। जसमा भिसाको म्यादभन्दा बढी बसेका पछि युरोप–अमेरिका जान जाली राहदानीमा आउनेको संख्या उल्लेख्य छ।

विभागको तथ्यांक अनुसार जाली राहदानीसहित क्यामरुन, सिरिया, इरान पोल्यान्ड, बंगलादेशी र चिनिया नागरिक जाली राहदानीसहित पक्राउ परेका छन्। पक्राउ परी नेपाल निकालामा पर्नेमा सिरियाली र इरानीको संख्या सबैभन्दा धेरै छ।

अध्यागमनका प्रमुख केदार न्यौपानेका अनुसार यसरी पक्राउ पर्नेमा अधिकांश अमेरिका–युरोप जान नेपाल आउने छन्। तत्काल तेस्रो देश जान नसके शरणार्थीका रुपमा नेपालमा बस्ने योजनामा आएकाहरु पनि भेटिएको उनले बताए।

'प्रायःको लक्ष्य अमेरिका पुग्ने नै देखियो,' न्यौपानेले भने, 'तेस्रो देश जान सम्भव नभए यहाँ रहेको शरणार्थीसम्बन्धी उच्च आयोगमा शरणार्थीको आवेदन दिनका लागि समेत नेपाल आउने छन्।' खाडी मुलुकमा काम गर्न जान बंगलादेशी नागरिक जाली राहदानीमा नेपाल आउने गरेका छन्।

सन् २०१५ मा जाली राहदानीमा नेपालको अध्यागमनसम्म आइपुगेका १२ सिरियाली नागरिकलाई गृह मन्त्रालयले देश निकाला गरेको छ। जाली राहदानीमा नेपाल आएका ७ इरानी, ४ बंगलादेशी, पोल्यान्डका २, चिनिया २, जर्जिया २ र पोल्यान्डका २ जना नागरिकलाई नेपाल आउनै नपाउने गरी गृहले देश निकाला गर्योग।

नेपाल आउने सिरियाली नागरिकको संख्या बढेपछि गृहले सन् २०१६ को जनवरीदेखि उनीहरुले पाउँदै आएको अनअराइभल भिसाको सुविधा खारेज गरिसकेको छ। इरानीले समेत अनराइभल भिसा पाउन सक्दैनन्।

जाली राहदानीमा नेपाल आउनेको संख्या बढेपछि राहदानी जाँच गर्ने युभिलाइट डिजिटल मेसिन राखेर जाँच भइरहेको विभाग प्रमुख न्यौपानेले जानकारी दिए।

युरोप नपाए नेपालमै शरणार्थी

नेपालले भुटानी र तिब्बती नागरिकलाई मात्र शरणार्थीको दर्जा दिएको छ। नेपालमा रहेको शरणार्थीसम्बन्धी कार्यालयले भने सरकारको मापदण्ड विपरीत अन्य देशका नागरिकलाई समेत शरणार्थीको परिचयपत्र र सुविधा दिँदा द्वन्द्व चर्किएका देशका नागरिक पर्यटकका रुपमा नेपालमा आएर शरणार्थीका रुपमा बस्ने गरेका छन्।

सरकारी सूचीमा गैरकानुनी भए पनि युएनएचसिआरको अनुमतिमा नेपालमा पाकिस्तानी, बर्माली, अफगानी, सोमालिया, श्रीलंकन, केन्याली, इरानी, इथोेपियाली, नाइजेरियाली, इराकी र सिरियाली नागरिक युएनएचसिआरको अनुमति लिएर बसेका छन्। पर्यटक भिसामा नेपाल भित्रिएका उनीहरुको कानुनी हैसियत गैरकानुनी हो।

अध्यागमन सूचीमा उनीहरुको नाम 'ओभर स्टे' सूचीमा छ। भिसाको म्याद कटाएर नेपाल बस्नेलाई दैनिक ५ डलर जरिवाना हुने र उनीहरुलाई नेपालबाट निकाला गरी उनीहरुकै देश फर्काउनुपर्ने भए पनि युएनएचसिआरको हस्तक्षेपका कारण गृह मौन छ।

शरणार्थीसम्बन्धी अनुगमनका लागि गृहले शरणार्थीसम्बन्धी इकाइ नै बनाए पनि त्यसले भुटानी र तिब्बतीबाहेक अन्यको रेकर्ड राख्दैन। नेपालको कानुनअनुसार अन्य देशका शरणार्थी गैरकानुनी भए पनि राष्ट्र संघको सदस्य राष्ट्र भएकाले युएनएचसिआरले शरणार्थीको मान्यता दिएकामाथि कारबाहीसमेत गर्न सक्दैन।

'हाम्रो कानुनअनुसार भुटानी र तिब्बतीबाहेक अरु शरणार्थी गैरकानुनी हो,' गृहका एक अधिकारीले भने, 'युएनएचसिआरले सरकारको अनुमति नै नलिई गैरकानुनी रुपमा अन्यलाई पनि शरणार्थीको सुविधासहित परिचयपत्र दिएको छ।' युएनएचसिरआरका अधिकारीलाई यस विषयमा ध्यानाकर्षण गराउँदा उनीहरुले राष्ट्र संघको मापदण्डअनुसार शरणार्थीको मान्यता माग गर्नेलाई अस्विकार गर्न नसक्ने जवाफ दिने गरेको ती अधिकारीले बताए।

गम्भीर अपराधमा संलग्न ३० नेपाल निकाला

पर्यटक भिसामा नेपाल आउनेमा गम्भीर प्रकृतिको अपराधमा समेत संलग्न हुने गरेका छन्। लागुऔषध, अवैध कल बाइपास, हत्या प्रयास, जडिबुटी तस्कर र ठगीमा विदेशी नागरिकको संलग्नता देखिएको छ। अध्यागमनको तथ्यांकअनुसार सन् २०१५ मा यस्ता गतिविधिमा सक्रिय ३० जना विदेशी १० वर्षसम्म नेपाल फर्कने नपाउने गरी निकाला गरिएको छ।

अध्यागमनले पोल्यान्डका एडिएन पिटर, नाइजेरियाली रोमेन्दो नन्बोई फ्रान्सका ग्लेमेन क्रिस्टोफेन बेस्टेनी, जर्जियन सोतार बुब्याहालाई लागुऔषध कारोबारमा संलग्न देखिएपछि नेपाल निकाला गरेको छ। जर्मन नागरिक फ्लोरियन जोहनेस एलएसडी लागुऔषध सहित पक्राउ परेपछि नेपाल निकाला भए। चिनिया नागरिक शम्भु गुरुङ लागुऔषध केसमा नेपाल आउन १० वर्ष प्रतिबन्धमा परे।

बंगलादेशी नागरिक सहिन कबिज, मोहम्मद अली राना लगायत ७ जना नेपालमा बसेर अवैध रुपमा कल बाइपास गराउन सक्रिय रहेको अभियोगमा पक्राउ परेपछि नेपाल निकालामा परे। चिनिया नागरिक ठगी, रक्तचन्द तस्करी र अवैध हतियारमा पक्राउ परी नेपालबाट निकाला भएका छन्। नाइजेरिन र सिरियालियोनका नागरिक ठगीमा पक्राउ परी स्वदेश फर्काइएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस