पर्यटकको पखाईमा छाँगे झर्ना
१९ साउन २०७९
•
५ मिनेट पाठ
पर्यटकको पखाईमा छाँगे झर्ना
भोजपुर जिल्लाको सबैभन्दा अग्लो छाँगे झर्ना ओझेलमा परेको छ। प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झर्ना प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो।  




प्राकृतिकरूपमा मनोरम रहेको यो झरना एक सय ३९ मिटर अग्लो रहेको छ। माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ। स्थानीयवासीले यसलाई प्राकृतिको सुन्दर उपहारका रूपमा लिने गरेका छन्। षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झर्ना  हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन्। देश तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयवासीको बुझाइ छ।  

यो झर्नाको विकासका लागि षडानन्द नगरपालिका तथा प्रदेश नं १ सरकारको लगानीमा त्यहाँ पुग्नका लागि सिँढी बनाएर बाटो निर्माण गरिरहेको छ। भौगोलिकरूपमा विकट ठाउँमा यो झर्ना रहेकाले मानिसको उपस्थिति कम हुने गरेको छ। यहाँ भदौरे पूर्णिमा र वैशाख पूर्णिमा गरी दुईपटक मेला लाग्ने भए पनि अन्य समयमा पनि झर्ना हेर्न तथा त्यहाँ रहेका धामको दर्शन गर्न मानिस पुग्ने गरेका छन्।  

झर्नास्थलमा खानेपानीको व्यवस्थासँगै पानी आउँदा बस्नका लागि फलैचाहरूसमेत निर्माण गरिएको स्थानीयवासीको भनाइ छ। झर्ना आसपासमा बस्न तथा खानका लागि उचित प्रबन्ध नहुँदा समस्या हुने गरेको छ। सुन्दरताको चिनारी बनाएको धार्मिकरूपमा समेत महत्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ। यहाँ रहेको छाँगे धाममा दर्शन गरेमा चिताएको काम पूरा हुने तथा रोगव्यादी निको हुने जनविश्वास रहेको छ।  

स्थानीय इन्द्रप्रसाद धमलाले भने, 'यो झर्ना हाम्रो ठाउँका लागि प्रकृतिको अमूल्य उपहार हो। यसको उचित विकाससँगै देश विदेशमा चिनाउन सकिएको छैन। अन्य ठाउँमा रहेका यस्ता झर्नाको संरक्षण गरेर स्थानीयको जीवनस्तरमासमेत परिवर्तन आएको हामीले देखेका छौँ। यसलाई संरक्षण गर्दै प्रचार–प्रसार गर्न सके यहाँ आएका पर्यटकलाई खान बस्न दिएर नै जीवनयापन गर्ने सक्ने अवस्था बन्छ। यसको विकासमा राज्यले ध्यान दिन आवश्यक छ।'

झर्नालाई विकास गर्दै पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गर्दै सडक तथा पैदलमार्ग व्यवस्थित गर्न सके पर्यटकलाई आउन सहज हुने उनले बताए। प्रकृतिले सुन्दर उपहार दिएको भए पनि यसबाट लाभ लिन नसेकेको उनको  भनाइ छ। उनले भने, 'अन्य ठाउँमा  यति अग्लो सुन्दर झर्ना कमै होलान्। हाम्रो यो ठाउँ सहरी क्षेत्रबाट टाढा तथा दुर्गम क्षेत्रमा रहेकाले मानिस आउन समस्या मान्छन्। तर बाटोको सहज आवागमन भएमा यो ठाउँ पर्यटकको पहिलो रोजाइमा पर्न सक्छ।' झर्ना हेरिसकेपछि जो कोहीको मन लोभिने स्थानीयवासीको भनाइ छ।

छाँगे झर्नालाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रूपमा स्थापित गराउने उद्देश्य रहेको षडानन्द नगरपालिकाले जनाएको छ। यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर नगरपालिकासँगै केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। यो पाँचवर्षे कार्यकालमा नमूनायोग्य पर्यटकीय तथा धार्मिकस्थल बनाउने गरी पहल गर्ने उदासले जानकारी दिए।  

प्रमुख उदासले भने, 'जिल्लाकै अग्लो झर्ना भए पनि विविध कारणले ओझेलमा छ। यसलाई उचित ढङ्गले विकास गर्दै नमूनायोग्य पर्यटकीयस्थल बनाउने योजना छ। यहाँ आउने पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माण गर्छौँ। अलिक दुर्गमस्थलमा रहेकाले बाटोको पनि विकास गर्नुपर्ने अवस्था छ। त्यसलाई पनि प्राथमिकतामा राखेर काम गर्छौँ। यो झर्नालाई आम्दानीको स्रोतको रूपमा विकास गर्ने मेरो लक्ष्य छ।'

षडानन्द नगरपालिका इतिहास बोकेको स्थान रहेकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको प्रमुख उदासले सनाए। यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरेर एकीकृतरूपमा विकास गर्ने उनको भनाइ छ। सतीघाटमा रहेको ढुङ्गा संरक्षण गर्दै पार्क निर्माण गरेर त्यहाँबाट साम्पाङमा रहेको कुन्सालिङडाँडा बौद्ध गुम्बा निर्माणसँगै ७५ फिटको रिमपोचे मूर्ति राख्ने, हाँसपोखरी साउनेडाँडा हुँदै, छाँगे झर्ना पुगेर नेपालेडाँडाको ओमकार शक्तिपीठ हुँदै योगमाया समाधिस्थल मजुवाबेँसीलाई समेटेर एकीकृतरूपमा पर्यटकीय क्षेत्रको रुपमा बृहत्तर विकास गर्ने प्रमुख उदासको भनाइ छ।

प्रमुख उदासले भने, 'यो हाम्रो ठाउँ देशकै एउटा इतिहास बोकेको ठाउँ हो। यो क्रान्तियोद्धा योगमाया, बालागुरु षडानन्दले पाइला टेकेको पुन्यभूमि हो। त्यस्तै पर्यटकीय क्षेत्रको पनि उत्तिकै सम्भवाना बोकेको स्थान हो। यहाँका धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई एकीकृतरूपमा समेटेर दीर्घकालीन लक्ष्यका साथ काम गर्ने योजना छ।'

यो झर्ना संरक्षणका लागि यसअघि षडानन्द नगरपालिकाले १० लाख र प्रदेश नं १ सरकारले ५० लाख लगानी गरिसकेको वडा नं ३ का वडाध्यक्ष साङ्देम्बा राईले बताए। यो स्थानमा साल्पापोखरी र पखुवा भञ्याङ पनि रहेकाले त्यहाँ पुग्न नसक्ने मानिस दर्शनका लागि आउने गरेको वडाध्यक्ष राईले जानकारी दिए। यहाँ गएर दर्शन गरेर नुहाएमा विभिन्न छालाका रोग निको हुने जनविश्वास रहेको अध्यक्ष राईको भनाइ छ। वडाध्यक्ष राईले भने, 'यो छाँगाको विकासका लागि हामी पनि स्थानीयस्तरबाट जुटेका छौँ। नगरपालिका र प्रदेश सरकारबाट गरी ६० लाख खर्च भइरहेको छ। यस वर्ष पनि थप काम गर्ने योजना छ। यसलाई सबैमाझ चिनाएर पर्यटन क्षेत्रबाट राम्रो आम्दानी भित्र्याउने उद्देश्य छ।'

झर्नासम्म बस्तीबाट डेढ घण्टा पैदल हिँडेर पुग्न सकिने उनले जानकारी दिए। यहाँको ढुङ्गामा बुद्धगुरु रिम्पोचेको मूर्तिसमेत कुँदिएको छ। पर्यटकीयसँगै सबै धर्मको आस्थाको केन्द्र रहेकाले यसको विकासमा विषेश ध्यान दिनुपर्ने स्थानीयको माग छ। राज्यले यस्ता ठाउँको पहिचान गरेर लगानी बढाउनुपर्ने स्थानीयवासीको भनाइ छ। ओझेलमा परेका यस्ता पर्यटकीयस्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्थानीय शङ्खरप्रसाद राईले बताए। उनले, 'ओझेलमा परेका यस्ता ठाउँको खोजीमा राज्यले ध्यान दिन आवश्यक छ। जिल्लाकै सबैभन्दा अग्लो झर्ना रहेको यो ठाउँ अहिले पनि कसैको नजरमा पर्न सकेको छैन। यस्ता ठाउँको विकासमा राज्यले ध्यान दिन आवश्यक छ। यसको प्रचार–प्रसार गर्ने हो भने पर्यटक भित्र्याउन कुनै समस्या छैन। यो आफैँमा एक सुन्दर ठाउँ हो।' रासस
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
४ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस