‘जहाँ किशोरीलाई निःशुल्क प्याड दिइन्छ’
१९ साउन २०७९
•
५ मिनेट पाठ
‘जहाँ किशोरीलाई निःशुल्क प्याड दिइन्छ’
पहिलेपहिले महिनावारी हुँदा फोहर र लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्ने गर्थिन् वीरेन्द्रनगर १२ की मुना गौतमले। फोहर र लगाउन नमिल्ने कपडालाई सानो सानो टुक्रा बनाइ महिनावारीको समयमा प्रयोग गर्ने गरेको उनले बताइन्।




‘महिनावारी भएको बेला कुनामा फालेको टाला (कपडा) लगाउने गथ्र्यौँ’ गौतमले भनिन्, ‘त्यो पनि घाम पर्ने ठाउँमा सुकाउन हुँदैन भनेर घाम नपर्ने र कसैले नदेख्ने ठाउँमा सुकाउनुपथ्र्यो। एक पटक धोएर राखेको र राम्रो सँग नसुकेको कपडा लगाउँथ्यौँ।’

महिनावारीको समयमा पुराना कपडालाई प्याडको रुपमा प्रयोग गर्दै आएकी मुना आजभोलि नियमित रुपमा सेनेटरी प्याड प्रयोग गर्न थालेकी छन्। ‘स्वास्थ्य चौकीबाट प्रत्येक महिना प्याड लैजाने गरेकी छु’ मुनाले भनिन्, ‘प्याड प्रयोग गर्न थालेपछि यही सजिलो लाग्ने रहेछ।’

महिनावारीको समयमा सफा कपडा प्रयोग गर्नुपर्छ भन्ने विषयमा उनलाई जानकारी थिएन। त्यतिमात्र होइन, महिनावारीका विषयमा खुलेर बाहिर कुराकानी गर्न सक्नु हुन्थेन। महिनावारीलाई धार्मिक रुपमा मात्र बुझ्दै आएकी उनले अहिले सरसफाईका रुपमा पनि बुझ्न थालेकी छन्। उनी भन्छिन्, ‘यस्तो बेलामा सरसफाईमा ध्यान दिनुपर्ने रहेछ। छोरीहरूलाई पनि बारम्बार यस्तै भन्ने गरेकी छु।’

मुना जस्तै वीरेन्द्रनगरका महिलाले भने पछिल्लो समय महिनावारीका समयमा प्रयोग गर्दै आएका झुत्रा र फोहोर कपडा त्यागेर सेनेटरी प्याड प्रयोग गर्न थालेका छन्। सोही गाउँकी तुलसी खत्री घर नजिकै रहेको स्वास्थ्यचौकीबाट नियमित रुपमा सेनेटरी प्याड लैजाने गरेकी छन्। कोरोना महामारीका कारण भएको बन्दाबन्दीका समयमा पनि स्वास्थ्य चौकीले महिलालाई प्याड वितरण गरेको थियो।

‘पहिला पुराना कपडालाई प्याडको रुपमा लगाउने गर्थे। पोहोर सालबाट स्वास्थ्यचौकीमा आएर प्याड लैजान थालेकी छु’, तुलसीले भनिन्। उनलाई महिनावारीको बेलामा सफा प्याड प्रयोग गर्नुपर्छ भन्ने विषयमा जानकारी भएपनि महिनापिच्छे प्याड किन्नलाई पैसा हुँदैनथ्यो। ‘बुबासँग प्याड किन्छु पैसा दिनुहोस् भन्न पनि नसकिने र पढ्ने विद्यार्थी भएकाले आफूसँग पैसा पनि नहुने’, उनले भनिन्, ‘हरेक महिना स्वास्थ्य संस्थामा आएर प्याड लैजाने गरेकी छु।’

बन्दाबन्दीका बेलामा पनि स्वास्थ्यचौकीबाट निःशुल्क प्याड पाएकामा खुशी व्यक्त गर्छिन् वीरेन्द्रनगरकी पवित्रा चौलागाईं। ‘पहिले पुरानै कपडालाई प्रयोग गर्दै आएका थियौँ’ उनले भनिन्। गत वर्षदेखि वीरेन्द्रनगर नगरपालिकाले निःशुल्क सेनेटरी प्याड वितरण गरेपछि महिला र किशोरी खुशी भएका छन्। प्याड लिन आउने महिलाहरू नियमित रुपमा आफ्नो स्वास्थ्य जाँच गराउँदा उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको अहेब जमुना भण्डारी बताइन्।

नगरपालिकाले निःशुल्क प्याड वितरण कार्यक्रमले महिलामा महिनावारीको सचेतनाका साथै स्वास्थ्यप्रति सजगता अपनाउन थालेको उनको भनाइ छ। उनी भन्छिन्, ‘स्वास्थ्यचौकीमा आएको बेलामा आफ्ना प्रजनन् स्वास्थ्यका विषयमा पनि जानकारी लिने गरेका छन्।’ यता वीरेन्द्रनगर–१२ का वडाध्यक्ष चुडामणि चपाईले प्याड वितरणले महिनावारी स्वच्छतामा सकारात्मक प्रभाव पारेको बताए। निःशुल्क प्याड वितरणको कार्यक्रमले सरसफाईमा ध्यान दिनुपर्छ भन्ने चेतनाको विकास गराएको उनको भनाइ छ।

महिनावारी स्वच्छता कार्यक्रमलाई प्रभावकारी बनाउन निःशुल्क रुपमा प्याड वितरण गर्दै आएको नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन्। प्याड वितरणसँगै महिनावारी स्वच्छताका विषयमा सचेतना गराउने उद्देश्यले कार्यक्रम सुरुवात गरिएको उनको भनाइ छ।

‘महिनावारीको विषयमा जोडिएको नकारात्मक धारणा हटाउनुका साथै स्वच्छ महिनावारी हुनुपर्छ भन्ने सचेतना गराउनु कार्यक्रमको उद्देश्य हो’ ढकाल भन्छिन्, ‘प्रायः महिला स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी जाने प्रचलन छैन। त्यसैले स्वास्थ्यचौकीमार्फत प्याड वितरण गर्दा उनीहरू स्वास्थ्यचौकीमा जाने र स्वास्थ्य जाँच गराउन सक्छन् भनेर यो कार्यक्रम ल्याएका हौँ।’

अब हरेक माध्यामिक विद्यालयमा किशोरी समूह गठन गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने नगरपालिकाको योजना छ। नगरका सबै विद्यालयमा प्याड उत्पादन गर्ने मेसिनको व्यवस्था गर्ने तयारी भएको छ। ‘मेसिनको व्यवस्था भएमा किशोरीहरू महिनावारीको बेलामा प्याडको लागि आफैँले निकाल्न सक्छन्’ नगर प्रमुख ढकालले भनिन्।

नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेटबाट निःशुल्क प्याड उपलब्ध गराउँदै आएको छ। अहिले वीरेन्द्रनगर नगरपालिकाका १६ वडामा रहेका स्वास्थ्य संस्थाबाट प्याड उपलब्ध गराइँदै आएको छ। यसका लागि नगरपालिकाले रु २० लाख विनियोजन गरेको छ। सुत्केरी अवस्थाका महिलालाई पनि यसले मद्दत पुर्‍याउने उपप्रमुख ढकालको भनाइ छ।

महिनावारी स्वाच्छताका विषयमा नगरका स्वास्थ्य स्वयंसेविकाहरूले सचेतना गराउनुका साथै प्याड प्रयोगको विषयमा पनि जानकारी दिएका छन्। वीरेन्द्रनगर नगरपालिकाले हाल १८ वटा स्वास्थ्य संस्थाबाट सेनेटरी प्याड वितरण गर्ने गरेको छ। नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार हालसम्म १७ हजार बढी महिलाले उक्त सेवा लिएका छन्।

वीरेन्द्रनगरस्थित नगर अस्पतालमा कार्यरत नर्सिङ इन्चार्ज सीता आचार्यले प्याड वितरणपछि महिनावारीको समयमा सरसफाईमा ध्यान दिनुपर्ने कुराको विकास भएको बताउँछिन्। स्वास्थ्य संस्थाबाट प्याड वितरण गर्न थालेपछि महिलालाई सहज भएको उनको भनाइ छ। ‘महिनावारीका बेलामा सबैभन्दा बढी फोहोर भएका कपडा लगाउँला संक्रमण भइ पाठेघर क्यान्सरसम्म हुने गरेको थियो’ उनले भनिन्, ‘यो समस्या कम हुँदै गएको देखिएको छ।’

महिनावारी स्च्छताको अभियन्तासमेत रहेकी शर्माले पछिल्लो समय महिनावारीलाई धार्मिक मात्र नभइ सरसफाईका हिसाबले पनि लिने गरेको बताइन्। महिनावारीको समयमा घरबाहिर अलैग्गै बस्ने चलन हटेर घरभित्र रहन थालेको उनको भनाइ छ। उनी भन्छिन्, ‘विस्तारै मानिसमा यस्ता कुप्रथा हट्दै गएको छ।’

पछिल्लो समय वीरेन्द्रनगरका केही वडाहरुमा महिला समूहले प्याड निर्माण गर्न समेत थालेका छन्।  उन्नाइस जना महिला समूहमा बसेर प्याड बनाउन थालका छन्। सुतीको कपडाबाट उनीहरुले प्याड बनाएका छन्। गत वर्ष वडा कार्यालय र नगरपालिकाले उनीहरुलाई प्याड बनाउने तालिम प्रदान गरेपछि समूह गठन गरेर प्याड बनाउन थालेका हुन्। उनीहरुले महिला उद्यमशील उद्योग निर्माण गरी धमाधम प्याड बनाउने गरेका छन्।

त्यति मात्र होइन आफूले तालिम सिकेर अन्य महिला समूहमा पनि तालिम दिएको महिला उद्यमशील संस्थाका सदस्य विष्णुकुमारी हमालले बताइन्। ‘हामीलाई अहिले विद्यालय र अन्य संस्थाहरुले पनि तालिम दिनलाई बोलाउनु हुन्छ त्यहाँ गएर पनि हामीले तालिम सिकायौँ’ हमालले भनिन्, ‘वीरेन्द्रनगरका ठूला संस्था र नगरका १६ वटै वडाका विद्यालयमा गएर पनि हामीले तालिम सिकायौँ।’

तालिमपछि घरमै भएका कपडालाई मिलाएर पनि कतिपयले प्याड बनाउन थालेका छन्। उनीहरुले बनाएको प्याड  एकपटक प्रयोग गरिसकेपछि सफा गरेर पुनः प्रयोग गर्न मिल्ने खालको छ। ‘महिनावारी हुँदा हुने छुवाछुत र भेदभाव पनि महिला हिंसा हो है भनेर हामीले महिनावारी स्वच्छताको विषयमा सचेतनाका कार्यक्रम गर्न थाल्यौ’, हमाल भन्छिन्। 
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
४ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस