सप्तकोशी नदीले धार परिवर्तन गरि मानववस्तीमा प्रवेश गरेपछि सुरक्षित स्थानमा राखिएकी उदयपुर बेलका वडा नं. ८ की विष्णुमाया तामाङ्लाई बुधबार रातभर निन्द्रा लागेन्। विष्णुमायाका श्रीमान भीमबहादुर गाईवस्तु जोगाउँन राति सप्तकोशी प्रवेश गरेकै वस्तीमा फर्किएकाले निन्द्रा नलागेको हो।
‘छोराछोरीसहित म त राति सुरक्षित स्थानमा बस्यौ, तर श्रीमान उत्तै फर्किएकाले गर्दा रातभर निन्द्रा लागेन, विहानै फोन सम्पर्क भएपछि दिउँसो भने निदाएछु,’ बिहीबार दिउँसो भनिन्। उनका चार जना छोराछोरीसहित छ जनाको परिवार छ। ‘अरु कुनै उपाय छैन, सप्तकोशी घटेपछि फेरि त्यही ठाउँमा नगईकन हाम्रो त कुनै उपाय छैन,’ उनले भनिन, ‘कतिपय हुनेखानेको त अन्यत्र पनि जग्गा जमीन छ।’ उनको ऐलानी एक विघा जग्गा छ।
विष्णुमायाजस्तै, वडा नं. ८ कै राधाकुमारी बुढाथोकी पनि आफ्ना तीन वर्षीया र एक वर्षीया नातिनी च्यापेर विद्यालयको आश्रय स्थलमा विहीबार दिउँसो भेटिइन्। उनका श्रीमान, छोरा, बुहारी र छोरी भने गाउँमा पालेका बाख्रा र गाइवस्तु हेर्न नदी प्रवेश गरेको स्थान फर्र्किएका छन्। ‘घरबाट केही निकाल्न नपाएपछि केही बच्यो कि भनेर हेर्न सवै जना गए,’ उनले भनिन्।
सप्तकोशी नदीमा पानीको सतह घटेपनि निरन्तर कटान गरि रहेको बेला अधिकांश पीडित आ–आफ्नो घर फर्कन थालेका छन्। उनीहरुलाई घरभित्र रहेको अन्नपात, धान खेती अनि घरमा पालेका गाईवस्तु, कुखुरा, बाख्रा र सुगुरको मायाले पिरोलेपछि घर फर्केका हुन्।
आश्रय स्थलमा राखिएका सप्तकोशी पीडितहरु खाना खाँदै। ‘शुक्रबारेको डाडामा गाईवस्तु बाधेर दिउँसो भने श्रीमतीलाई भेटन आएको हुँ,’ स्थानीय माध्यमिक विद्यालयको आश्रयस्थलमा राखिएकी श्रीमतीलाई भेटन पुगेका सप्तकोशी पीडित बेलका वडा नं. २ का बमबहादुर बानियाँले भने, ‘आफ्नो एकमात्र साहरा श्रीमतीको त हेरचाह गर्नैपर्यो।’ उनका दुई छोरा छन्। जेठो छोरा छुटिए अनि कान्छा छोरा कत्ता गए, अत्तोपत्तो छैन्। छोराहरुले हेरचाह नगरेकै कारण तेह्रथुमको बसन्तपुर मुसाङ्खेलबाट आठ वर्षअघि झरेर एक लाख ६५ हजारमा एक बिघा ऐलानी जग्गा खरीद गरेर कोशी नदीको तटीय क्षेत्रमा बस्न थाले। ऐलानी जग्गा खरीद गरेपछि खेतीपाती गरेर बानियाँ दम्पतीको जीवनयापन गर्दै आएका छन्।
बुधबार बिहान ४ बजे सप्तकोसी नदीले पश्चिमतर्फ धार परिवर्तन गरि मानववस्तीमा प्रवेश गर्दा उदयपुरको बेलका नगरपालिकाका पाँचवटा वडाका २० हजारभन्दा बढी विस्थापित भएका थिए। बिस्थापित पीडितहरुले घरमा राखेको खाद्यन्न त पुरै माया मारि सकेका छन् तर घरमा चौपायाको विजोग भएको भन्दै धेरैजसो घर फर्कदा छन्। ‘आमाछोरी मात्र हिड्यौ, श्रीमान र छोरा उत्तै छन्। घरमा बाख्रा र गाईहरु छन्,’ बेलका वडा नं. ८ की दिलमाया माझीले भनिन् ‘आधि उत्ता, आधि यता बस्नै मन नलाग्दो रहेछ। एकैतिर भए ढुक्क हुन्थ्यो।’
४० वर्षपछि सप्तकोशी पूरानै धारमा फर्किएर बेलका नगरपालिकाका वडा नं. १, २, ३, ८ र ९ वडामा प्रवेश गर्दा पुरै वस्ती जोखिममा छ। विस्थापितलाई बेलकाकै चक्रपुर माध्यमिक विद्यालय, कोशी माध्यमिक विद्यालय, सातपत्रे आधारभूत विद्यालय, कतिपय आफन्तको घरमा त कतिपय घरभाडा लिएर बसेका छन्। उनीहरुमध्ये कतिपयको बसाई सहज छ त कतिपयले असहज महसुस गरेका छन्।
४० वर्षपछि सप्तकोशी पूरानै धारमा फर्किएर बेलका नगरपालिकाका वडा नं. १, २, ३, ८ र ९ वडामा प्रवेश गर्दा पुरै वस्ती जोखिममा छ। विस्थापितलाई बेलकाकै चक्रपुर माध्यमिक विद्यालय, कोशी माध्यमिक विद्यालय, सातपत्रे आधारभूत विद्यालय, कतिपय आफन्तको घरमा त कतिपय घरभाडा लिएर बसेका छन्। उनीहरुमध्ये कतिपयको बसाई सहज छ त कतिपयले असहज महसुस गरेका छन्।
‘रातभर मच्छडले टोकेर सुत्न नै सकिदो रहनेछ,’ वडा नं. २ की चन्द्रकला राईले भनिन। उनका अनुसार जीउँमा एकसरो लुगा मात्र लगाएर हिडेकोमा घरमा सामान र गाईवस्तु के भए भनेर हेर्न मन लागेको छ।
मध्यपहाडी राजमार्ग विस्तारका लागि चतरामा निर्माण गरिएको पुल पार गरेर तीन किलोमिटर बढी दक्षिण सप्तकोशीको पश्चिमी तटबन्ध नजिकै आखाँले देखिने क्षितिज भन्दा निकै टाढासम्म फैलिएको ठूलो वस्तीका बिस्थापित बासीन्दा पानी घटेर सहज भएपछि त्यही वस्ती नफर्किए कुनै विकल्प छैन्। त्यहाँको वस्तीका बासीन्दाको जीवनयापन कृषी र पशुपालनमा निर्भर छ।
अहिले कोशीले बाँध भत्काएर मानववस्ती प्रवेश गरेको स्थानमा २०४५ सालअघि कोशी बग्ने गथ्यो। २०४५ सालको भूकम्पपछि कोशीले विस्तारै धार परिवर्तन गरि पूर्वतर्फ धकेलिएपछि स्थानीयले २०५१ सालदेखि घर बनाएर बस्न थालेका थिए। अहिले कोशी नदीमा पानीको वहाव घटीरहेको छ।
बिहीबार दिउँसो कोशी ब्यारेजमा गरिएको मापन अनुसार पानीको वहाव घटेर एक लाख ८६ हजार ३७० मा झरेको छ। ५६ वटा ढोकामध्ये ३५ वटा खुल्ला राखिएको छ। तर, पानीको वहाव घट्दा कोशीले कटान भने झनै तिव्र पार्ने गरेको छ। विस्थापित पीडितहरुलाई अरु थप खतरा हुने भएकाले घर नफर्कन आग्रह गरिएको बेलका नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ९ का वडाअध्यक्ष पदमबहादुर खड्काले बताए। उनका अनुसार निरन्तर कोशीले कटान गरिरहेकाले गर्दा थप खतरा छ। ‘अब चाँहि झनै उनीहरु सजग हुनुपर्ने हो, हामीले त प्रहरीलाई निगरानी गर्न पनि राखेका छौ, वस्ती नफर्कन बोर्डहरु राखेका छौ, तरपनि अटेर गरि रहेका छन्,’ उनले भने।
सप्तकोशी वस्तीमा प्रवेश गरेपछि सुरक्षित स्थानमा राखिएका विस्थापितहरु। बाढी पीडितलाई अहिले अल्पकालिन रुपमा सुरक्षित स्थानमा राख्दा नै मन थामिएको छैन्। केही सहज हुनासाथ उनीहरुलाई कसैले रोकेर रोकिनेवाला छैनन्। सरकारले बैकल्पिक व्यवस्था गरे सधैभरीको पीडा अन्त्य हुने उनीहरुको साझा आवाज छ। आफ्नै निर्वाचन क्षेत्रका बाढी पीडितको समस्या समाधान र राहतको सामग्री तथा स्थायी तटबन्धको लागि सरकार लागि पर्ने परराष्ट्र मन्त्री डाक्टर खड्काले भने वचन दिए।
सप्तकोशी नदी बेलका नगरपालिका वडा नं. ८ डुम्रीबोटे नजिकैबाट कटान गरेर वस्तीतर्फ प्रवेश गरेको थियो। नदी वस्तीमा प्रवेश गर्दा बेलकाबाहेक सप्तरीको सप्तकोसी र कन्चनरुप नगरपालिकाका वस्तीलाई पनि असर गरेको छ। सुनसरीको बराहक्षेत्र वडा नं. ६ र ९ का वडाका बासीन्दालाई पनि असर गरेको छ। ०४६ सालको परिवर्तनपछि बनेका हरेक सरकार र निर्वाचनताका प्रमुख मुद्धा बन्दै आएको सप्तकोशी पीडितको पीडामा मल्हम लगाउन अहिलेसम्म कसैले सार्थक प्रयास गरेको छैन्।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...