काठमाडौं- काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा पाएका दुई कम्पनीले बिजुली, मल र ग्यास उत्पादन गर्ने प्रस्ताव गरेका छन्। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बुझाउँदै कम्पनीहरुले हालै यस्तो प्रस्ताव गरेका हुन्।
लगानी बोर्डको कार्यालयले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा छानिएका दुई कम्पनीलाई अघिल्लो वर्ष माघ महिनामा डिपिआर तयार गर्नका लागि निर्देशन दिएको थियो। सोहीअनुसार कम्पनीहरुले आ–आफ्नो प्राथमिकताका क्षेत्रसहित प्रतिवेदन अघिल्लो पुस २७ गते बुझाएका थिए। बोर्डले उनीहरुलाई डिपिआरका लागि ११ महिनासम्मको अवधि दिएको थियो।
बोर्डका एक अधिकारीका अनुसार कम्पोस्ट मल, बायोग्यास र बिजुली उत्पादनका लागि उनीहरुले प्रस्ताव गरेका छन्। 'अहिले तिनको डिपिआरमाथि टिप्पणी गर्ने काम हुँदैछ,' उनले भने, 'यही गतिमा काम भए दुवै कम्पनीसँग तीन महिनाभित्र परियोजना विकास सम्झौता (पिडिए) हुन्छ।'
परियोजना अगाडि बढाउन बोर्ड प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको संयोजकत्वमा काठमाडौं, भक्तपुर र ललितपुरका नगरपालिका र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, विज्ञान तथा प्राविधिक मन्त्रालय एवं सहरी विकास मन्त्रालयका प्रतिनिधि सहितको समिति गठन भइसकेको छ। डिपिआर अध्ययन गरेर एक महिनाभित्र राय र सुझाव संकलन गरी समितिले सुधार गर्ने र गर्नुपर्ने कामका बारेमा टुंगो लगाएपछि पिडिएको तयारीमा सरकार लाग्ने अधिकारीले बताए।
७ सय १० मेटि्रक टन फोहोर संकलन र प्रशोधन गर्ने गरी उनीहरुले काम गर्नेछन्। यसबाहेक वार्षिक लगानी, सरकारलाई तिर्नुपर्ने रोयल्टी, लगानीको स्रोत, मुनाफा लगायतबारे भने टुंगो लागिसकेको छैन। पिडिए भइसकेपछि जानकारी हुने पनि ती अधिकारीले जानकारी दिए।
१० देखि १२ अर्ब रुपैयाँ लगानीसहित दुई कम्पनीलाई सरकारले सार्वजनिक–निजी साझेदारीअनुसार कामका लागि सम्झौता हुनेछ। 'फोहोरमैला घर, बाटो लगायतका ठाउँबाट उठाउनेदेखि त्यसलाई व्यवस्थापन गर्नेसम्मको काम कम्पनीहरुले नै गर्नेछन्,' उनले भने, 'यसको तरिका पनि डिपिआरमा उल्लेख छ।'
अन्तर्राष्ट्रिय बोलपत्रबाट छानिएका दुई कम्पनीले परियोजनाको प्राविधिक, संस्थागत, कानुनी, वित्तीय र वातावरणीय पक्षको मूल्यांकन समेटिएको बोर्डले जानकारी दिएको छ। डिपिआरले परियोजना सम्भव देखाएमा सरकारले सम्बन्धित कम्पनीहरुसँग परियोजना विकास सम्झौता गर्नेछ।
बोर्डका अनुसार परियोजनाको पहिलो प्याकेजमा काठमाडौं महानगर साथै वरपरका नगरपालिका (कीर्तिपुरबाहेक), दोस्रो प्याकेजमा ललितपुर उपमहानगर, कीर्तिपुर नगरपालिका साथै वरपरका गाविस र तेस्रो प्याकेज भक्तपुर, मध्यपुर तथा वरपरका नगरपालिका समावेश गरिएका छन्।
परियोजनाको पहिलो प्याकेज फिनल्यान्डको कम्पनी ओवाइ र दि अर्ग्यानिक भिलेजसँगको साझेदारीमा नेपवेस्ट प्रालि र दोस्रो तथा तेस्रो प्याकेज भारतीय कम्पनी बिभिजी, ग्रिनफिल्ड वेस्ट मेनेजमेन्ट र क्रिस इन्टरन्यासनल समेतको साझेदारीमा बनेको क्लिन भ्याली प्रालिले डिपिआर तयार पारेको थियो।
उपत्यकाको फोहोरलाई आधुनिक प्रविधिबाट व्यवस्थापन गर्न निजी क्षेत्रलाई सहभागी गराउने काम यसबाट सुरु हुने बोर्डले जानकारी दियो। काठमाडौं उपत्यकाको वर्तमान फोहोर व्यवस्थापनलाई प्रतिस्थापन गरी दीर्घकालीन रुपमा व्यवस्थित गर्न सरकारले यस्तो योजना ल्याएको थियो।
उपत्यकाको फोहोरलाई वैज्ञानिक र वातावरण अनुकूल व्यवस्थापन गर्न निजी क्षेत्रलाई दिने भन्दै सरकारले करिब छ वर्षअघि टेन्डर आह्वान गरेको थियो। त्यो बेला नै सरकारले फोहोरलाई कम्पोस्ट मल, बायोग्यास, विद्युत उत्पादनको लक्ष्य राखेको थियो।