प्रहरीद्वारा गाँजा फडानी
२० साउन २०७९
•
१ मिनेट पाठ
प्रहरीद्वारा गाँजा फडानी
प्रहरी चौकी पादमघाटले उम्रेको अवैध गाँजा नष्ट गरेको छ। कालिकोट जिल्लाको महावै गाउँपालिका–१ कुनौटामा प्राकृतिक रुपमा उम्रेको गाँजा नष्ट गरेको हो।




कालिकोट प्रहरीले अवैध रुपमा रहेको गाँजा प्रयोग नहोस् भनेर शुक्रबार समुदाय प्रहरी साझेदार कार्यक्रम अन्र्तगत प्रहरी नायब निरीक्षक सुर्यबहादुर शाहीको प्रहरी टोलीले १ सय रोपनिमा प्राकृतिक रुपमा आफैं उम्रेको अबैध गाँजा नष्ट गरीएको छ। वर्षेनी शुभकालिका, महावै, पलाँता गाउँपालिका र खाँडाचक्र नगरपालिकालगायतका क्षेत्रमा गाँजा ठूलो मात्रामा आँफै उम्रने गर्दछ।

प्रहरीको सक्रियतामा वर्षेनी गाँजा नष्ट हुने गर्दछ। गाउँघर, सडक आसपासमा गाँजा फैलिएको सूचना प्रहरीले पाएपछि समुदायसँगको सहकार्यमा प्रहरी टोलीले नष्ट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख सुबराज बमले बताए। उनले भने ‘अवैध गाँजा नष्ट गर्ने क्रम जिल्ला भर सञ्चालन गरिने छ।’
अर्को समाचार
उदयपुर प्रहरीद्वारा ३० हजार बोट गाँजा फँडानी
१७ पौष २०७९
•
३ मिनेट पाठ
उदयपुर प्रहरीद्वारा ३० हजार बोट गाँजा फँडानी
तस्विरः महेश्वर
उदयपुरको पहाडी भेगमा लगाइएको भारी परिमाणको गाँजा खेती प्रहरीले फँडानी गरेर नष्ट गरेको छ। जिल्लाको ताप्ली गाउँपालिका वडा नं. १, २ र ५ नं. वडामा स्थानीयले लगाएको हजारौँ बोट गाँजा फँडानी गरेर नष्ट गरेको हो।  




जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ताप्लीको २ सय २५ रोपनी क्षेत्रफल जग्गामा लगाइएको गाँजा खेती जनपथ र सशस्त्र प्रहरीका छुट्टा छुट्टै टोली परिचालन गरी नष्ट गरिएको हो। गाँजा फँडानी गर्न इलाका प्रहरी कार्यालय कटारी, जिल्ला प्रहरी र सशस्त्र प्रहरी बल गाईघाटबाट छुट्टाछुट्टै टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुँयालका अनुसार इप्रका कटारीका डिएसपी रबिन कार्कीको कमाण्डमा १९ जना, जिल्ला प्रहरीका सई कमल कार्कीको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बल ५ नं. हेडक्वाटर त्रियुगा इन्स्पेक्टर महेश कटुवालको कमाण्डमा १५ जनाको अलग अलग टोली खटेर गाँजा फँडानी गरेको हो।  

पुस १४ गते र १५ गते दुई दिन परिचालित टोलीले ताप्लीमा मात्रै ३० हजार बोट गाँजा फँडानी गरेर नष्ट गरेको एसपी फुँयालले बताए। ३ वटा प्रहरी टोलीले ताप्ली १, २ र ५ नं. वडाका पिपल भन्ज्याङ, ओख्ले, मादले, डाँडागाउँ, बाछाङ, जोरढुंगा, धपेनीलगायत बस्तीमा लगाइएको गाँजा खेती फँडानी गरेर नष्ट गरेको एसपी फुँयालको भनाई छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारले स्थानीयले लगाएको पाक्ने बेलाको वयस्क गाँजाका बोट फँडानी गरेर आगो लगाई नष्ट गरेको बताए। गाँजा खेती कानुनी रुपमा अवैध भएकाले उदयपुर प्रहरीले वर्षेनी फँडानी गरेर नष्ट गर्ने कार्यतालिका बनाएरै अघि बढेको पोदारले बताए।  

ताप्ली गाउँपालिका बिकट पहाडी भेग भएकाले रुखो जमिन र सिंचाईबिहीन भएका कारण अन्न उत्पादन नहुने भन्दै स्थानीयले वर्षेनी गाँजा खेती गर्ने गरेका छन्। बिगत ४÷५ दसकयता गाँजा खेती गर्दै आएका स्थानीयले पाक्ने बेला प्रहरीले फँडानी गरे पनि अर्को वर्ष उत्तिकै गाँजा लगाउदै आएको एक स्थानीयले बताए। ‘प्रहरीले जत्ति फँडानी गरे पनि अर्को वर्ष फेरि खेती लगाउन छाड्दैनन, कहिल्यै काबु भएका छैनन’ नाम नबताउने शर्तमा उनले भने ‘गाउँघरमा गाँजा औषधिको रुपमा प्रयोग हुने गरेकाले पनि खेती गर्न नछाडेका हुन्।’  

गाँजालाई वैधानिकता दिन बिभिन्न क्षेत्रका विज्ञ र राजनीतिकर्मीहरूबाट माग पनि हुँदै आएको छ। सरकारले यसलाई बैधता नदिएका कारण गाँजा औषधीय गुणले भरिपूर्ण भए पनि नेपालमा अवैध मानिएको छ। जस्तो सुकै रुखो जमिनमा पनि उत्पादन गर्न सकिने र बिक्रीका लागि भारत ठूलो बजार भएकाले किनबेच सहजै हुने गरेकाले यसलाई कानुनी बैधता दिनुपर्ने माग धेरैतिर उठ्दै आएको छ।  

औषधिजन्य जडिबुटी भएकाले गाँजालाई वैधता दिएर करको दायरामा ल्याउन सके करोडौँ राजश्व संकलन हुनुका साथै स्थानीयको आयआर्जनको माध्यम हुने भन्दै तत्कालीन कानुनमन्त्री तथा एमाले नेता शेरबहादुर तामाङले ३ वर्षअघि संसदमा गैरसरकारी विधेयक नै दर्ता गरेका थिए। तर, त्यसबारे संसदमा छलफलसम्म भएको सुनिएन।  

नेपालमा गाँजालाई अवैध माने पनि खेती गर्न र बिक्री वितरणमा कमी भने आएको छैन। बरु गाँजाकै कारण वर्षेनी देशका हजारौँ युवा तथा वयस्क उमेरका सर्वसाधारण पक्राउ पर्ने र जेलनेल भोग्नुपर्ने बाध्यता रहिआएको छ। पक्राउ, दण्ड जरिवाना र जेलनेल भोग्नु पर्दा नेपाली समाज खास गरी पहाडी भेगको निम्न मध्यम वर्ग परिवार आर्थिक, सामाजिक र शैक्षिक रुपमा पिछाडि पर्दै आउनु परेको छ। नेपालमा उत्पादन हुने गाँजा उत्कृष्ट गुणस्तरीय हुने भएकाले सबै भारतीय बजार पुग्ने गरेको छ। गाँजा व्यापारका लागि भारतबाटै तस्करी समूह आएर बिभिन्न गोप्य नाका हुँदै चोरी निकासी गर्ने गरेको प्रहरी अनुसन्धानले नै देखाउने गरेको छ।

गाँजा प्रयोग तथा कारोबार आरोपमा वर्षेनी दर्जनौँ संख्यामा स्थानीय पक्राउ पर्ने गरे पनि भरियाबाहेक असली अपराधी भने कहिल्यै प्रहरी र अदालतसामु आएको पाइएको छैन। पक्राउ पर्नेहरू भरिया र बढीमा मतियारसम्म हुने गरेको तर, बयानमा असली अभियुक्तको नाम दिन नसक्दा उनीहरू आफै जेलनेल र दण्ड सजायको भागीदार हुनुपर्ने बाध्यता रहिआएको छ।  
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस