कीर्तिपुर— कीर्तिपुरको मानव बस्तीमा चितुवा पसेकाे छ। ९ घन्टाको प्रयासपछि सुरक्षाकर्मीले सो चितुवा सकुशल पक्रेका छन्। शुक्रबार बिहान कीर्तिपुर–५ स्थित कटुजो गल्लीभित्र जितेन्द्र महर्जनको घरमा चितुवा पसेको थियो।बिहान करिब ५ बजे अँध्यारैमा घरबाट उठेका हिराकाजी महर्जनले चितुवालाई देखेका थिए।
बिरालो ठानेर धपाउन खोज्दा चितुवाले उनलाई आक्रमण गरेको छ। उनी घाइते भएका छन्। उनको अवस्था खतरामुक्त छ।
घरमा चितुवा पसेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरको प्रहरी टोली बिहानै घटनास्थल पुगेको थियो। प्रहरीले जाउलाखेल स्थित चिडियाखानाबाट वन्यजन्तु कर्मचारी र वन कार्यालयको टोलीलाई बोलाएर चितुवालाई पक्रने कार्य अघि बढाएको थियो। बिहानदेखि प्रयास गर्दा २ः३० बजेतिर वन्यजन्तु कर्मचारी एवं सुरक्षाकर्मी टोलीले चितुवालाई पक्रन सफल भए। 'मानव घरभित्र पसेको हुनाले सुरक्षा संयमतामा ध्यान दिनुपर्ने स्थिति थियो', कीर्तिपुर वृत्तका डिएसपी मेखबहादुर खत्रीले भने, 'त्यस कारण पनि केही समय बढी लाग्न पुग्यो तर बिनाक्षति चितुवालाई बेहाेस बनाएर नियन्त्रणमा लिन सफल भयौं।'
चोभारको जंगल वा मच्छेगाउँको जंगलतिरबाट सो चितुवा मानव बस्तीमा प्रवेश गरेको हुनसक्ने अनुमान गरिएको छ। आहार खोज्ने क्रममा बाटो बिराएर चितुवा मानव बस्तीतर्फ लागेको हुनसक्ने डिएसपी खत्रीले बताए।
केही वर्षअघि काठमाडौंको डिल्ली बजार चितुवा भेटिएको थियो।