भदौ १२ गतेदेखि डाक्टर केसीले सत्याग्रह सुरु गर्ने घोषणा
२१ साउन २०७९
•
३ मिनेट पाठ
भदौ १२ गतेदेखि डाक्टर केसीले सत्याग्रह सुरु गर्ने घोषणा
धरान आएर सत्याग्रहको घोषणा गर्दै डा.गोविन्द केसी।
मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको लागि निरन्तर आवाज उठाउँदै आइरहेका डाक्टर गोविन्द केसीले आफ्नो माग तथा विगतको सम्झौताहरु कार्यान्वयन गर्न सरकारलाई ३ साताको अल्टिमेटम दिएका छन्। मागहरु पुरा नभए भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने उनले घोषणा गरेका छन्।




शनिबार धरानमा पत्रकार सम्मेलन गर्दे डा.केसीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार बनेयता नै निरन्तर उठाइरहेका मुद्दाहरुको कुनै पनि सुनुवाइ नभएकोले सत्यग्रह सुरु गर्ने घोषणा गरेको बताए। उनले भदौ १२ गतेदेखि सत्यग्रह गर्ने घोषणा गरेपनि कुन ठाउँमा गर्ने भन्ने खुलाएनन्। अहिले नै घोषणा गर्दा बाधा पुर्‍याउन सक्ने भन्दै उनले जुनै ठाउँमा पनि आफू सत्याग्रह बस्न सक्ने बताए। डा.केसी २०औँ सत्यग्राह सुरु गर्न लागेका हुन्।

डा.केसीले विभिन्न ६ बुँदे माग सरकार समक्ष अघि सारेका छन्। स्वास्थ्य सेवामा सुधारको लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालहरुको दबरन्दी तत्काल हालको बेड संख्या अुनसार बढाउन माग गरेका छन्। जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नती र गुणस्तर वृद्धि सुनिश्चित गर्न पनि डा.केसीको माग छ।  

यसैगरी, संविधानले निःशुलक आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाको लागि शुल्क दिन बन्द गर्न पनि उनले माग गरेका छन् भने सरकारले तोकेको सूची अनुसार सबै निःशुल्क औषधीहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा उपलब्ध भएको सुनिश्चित गर्न, देशभर दिगो स्वास्थ्य सेवा पुर्‍याउनको लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ती गर्न पनि उनले माग गरेका छन्।

दोस्रो बुँदामा डा.केसीको माग स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्नुपर्ने रहेको छ। उनले आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गर्न, जनशक्ति अभाव पुर्ति गर्दै दाङलगायत मधेश र गण्डकी प्रदेशमा तत्काल सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गर्न, साथै यसअघिको सम्झौता अनुसार उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाउन डा. केसीले माग गरेका छन्।

यस्तै, उनले सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्धन्द रोक्न तत्काल कानुनी व्यवस्था गर्न पनि माग गरेका छन् भने प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तीको मापदण्डसहित ऐनको व्यवस्था गर्न पनि माग गरेका छन्। भागवण्डाको आधारमा अनियमिततापुर्वक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै गरिएका नियुक्ती तत्काल सच्याउन पनि उनले माग राखेका छन्। प्रतिष्ठानका उपकुलपतिलगायत भ्रष्ट पदाधिकारीहरुलाई बर्खास्त गरी कारबाही गर्न उनको माग छ।

यसैगरी, चिकित्सा शिक्षा ऐन वमोजिम २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर नाफामुलक बनाउने व्यवस्थाको कार्यान्वयन गर्न पनि माग गरेका डा.केसीले जलवायु परिवर्तनको उच्च जोखिममा नेपाल रहेकोले डिजेल तथा पेट्रोल गाडीको विकल्पमा विद्युतबाट चल्ने गाडीहरुको विस्तृत प्रयोग र विस्तारलाई प्राथमिकता दिएर कानुनी व्यवस्था गर्न पनि माग राखेका छन्।

डा.केसीले नेताहरुले सरकारी संस्थानहरुलाई अक्षम र भ्रष्ट कार्यकर्ताहरुको भर्ती केन्द्र बनाएर दोहोर गरिरहेको पनि बताए। जसले गर्दा सरकारी संस्थानहरु धरासायी भइरहेको र निजी स्वास्थ्य संस्थाहरुमा कालोधन लगानी गरेर नेताहरुले अकुत सम्पत्ति कमाइरहेको पनि उनले बताए।

‘जनताले तिरेको करमा मोजमस्ती गरिरहेका छन्। जनता औषधी उपचार नपाएर छटपटटीदा नेताहरु जनताकै करको खर्चमा विदेशमा उपचार गर्न जान्छन्,’ उनले भने, ‘वीपी प्रतिष्ठान जस्ता संस्थानहरुमा असक्षम कार्यकर्ता भर्ती गरेर पैसा कुम्ल्याउछन्, संस्था ध्वस्त बनाउँछन्, र निजीमा लगानी गरेर अकुत सम्पत्ति कमाउछन्। अब यस्ता भ्रष्ट नेताहरुलाई जनताले नै हो जवाफदेही बनाउने।’

उनले अदालतले पनि अनावश्यक हस्तक्षेप गरेर चिकित्सा शिक्षा क्षेत्रलाई सुधार गर्न रोकिरहेको भन्दै न्यायधीशहरु अदालत र जनताको घर धाउनुपर्नेमा नेताहरुको घर धाइरहेको भन्दै आलोचना समेत गरे।
अर्को समाचार
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन
३० साउन २०७९
•
४ मिनेट पाठ
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन
जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौँ नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ। संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध भएका छन् भने कतिपय राजधानीमा पनि नपाइने स्वास्थ्य सेवा र उपकरण यहाँ उपलब्ध छन्।




संघीय भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल, प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालयसहित सबै प्रकृतिका उपचार सेवा यहाँ उपलब्ध छन्। पछिल्लो समय देशैभरिबाट र भारतको सीमावर्ती क्षेत्रबाट समेत यहाँ उपचारका लागि बिरामी आउने गर्दछन्।

यकिन तथ्यांक नभए पनि वार्षिक २० लाखभन्दा बढीले यहाँका अस्पतालबाट उपचार लिने गरेको अनुमान गरिन्छ। यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य पर्यटन क्षेत्रमा पनि देखिएको छ।  एक अर्बसम्म लगानी गरेर निजी अस्पतालले स्तरोन्नति गरिरहेका छन्। यससँगै ठूला औषधि उद्योग यही खुलिरहेका छन्।

भरतपुर महानगर प्रमुख रेनु दाहाल राजधानी काठमाडौँपछि उपचारमा भरतपुर अग्रणी रहेको बताउछिन्। पछिल्लो समय ठूलो प्रयासपछि भविष्यमा शिक्षण अस्पताल हुने गरी शिक्षक अस्पताल भरतपुरमा बन्ने निश्चित भएको छ। एक सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ।

उनले भनिन् 'सरकारी स्वास्थ्य संस्था स्थापना, भएकाको स्तरोन्नति र निजी स्वास्थ्य संस्थालाई आवश्यक सहयोग हामीले गरिरहेका छौँ।' मेडिकल कलेजसँग मिलेर आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ भने भरतपुर अस्पतालमा हेल्प डेस्क सञ्चालनदेखि महिलाका लागि निःशुल्क बहिरङ्ग टिकटको व्यवस्था महानगरले गरेको छ। यससँगै भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, प्राकृतिक चिकित्सालयलगायतको स्तरोन्नतिका लागि महानगरले प्रत्यक्ष सहयोग गरिरहेको छ। महानगरभित्र ४२ स्वास्थ्य केन्द्रसमेत सञ्चालनमा छन्।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपाने काठमाडौँमा नहुने उपचार सेवा चितवनमा हुने बताउछन्।  उनले भने , 'यहाँ नहुने सेवा काठमाडौँमा हुँदैन।' उपचारको हिसाबले नेपालमा काठमाडौँभन्दा अगाडि चितवन रहेको दाबी उनकाे  छ।

धेरै उपत्यकाका बिरामी उपचारका लागि आफ्नो मेडिकल कलेजमा आउने गरेको न्यौपानेले बताए । उनले भने, 'हाम्रोमा उपचार नहुने बिरामी नेपालमा अन्यत्र केही हुँदैन।'अंग प्रत्यारोपणमा चर्चा कमाएको यो मेडिकल कलेजले क्यान्सर अस्पतालसमेत सञ्चालन गर्दैछ। भरतपुरमा एउटा सरकारी क्यान्सर अस्पताल रहेकोमा अब थप दुई निजी क्यान्सर अस्पताल सञ्चालनमा आउने तयारीमा छन्। 

प्राडा न्यौपानेका भनाइमा स्पेक्टसिटी उपकरणमार्फत न्युक्लियर मेडिसिन, कतिपय रेडियोथेरापी, शल्यक्रिया गरिएका बच्चा राख्ने बाल सघन उपचार कक्ष, सानो आन्द्राको रगत बग्दा गरिने परीक्षणजस्ता धेरै उपचार काठमाडौँमा नभएर चितवनमा मात्रै हुने गरेको छ। यही ढंगले विकास हुँदै गर्दा स्वास्थ्यमा भरतपुरले फड्को मार्दै अघि बढ्ने उहाँको भनाइ छ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा .भोजराज अधिकारी स्वास्थ्यमा भरतपुर निकै अगाडि रहेको जनाउँदै अब व्यवस्थापकीय पाटोमा जुट्नुपर्ने बताए। शक्तिशाली मेडिकल सिटी बोर्ड गठन गर्नुपर्ने, भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, यहाँका दुई मेडिकल कलेजलाई सरकारी निकायसँग साझेदारी गरी काम लगाउनुपर्ने उनकाे भनाइ छ।

यससँगै सबैलाई जोडेर मेडिकल विश्वविद्यालयको अवधारणा यहाँ ल्याउनुपर्ने अधिकारीले बताए। अहिले पनि कतिपय परीक्षणका लागि नमूना भारतलगायतका देशहरुमा पठाउनुपर्ने बाध्यता रहेको जनाउँदै उनले यही उच्चस्तरको परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिए। यहाँ एयर एम्बुलेन्सको सुविधा जरुरी रहेको उनले बताए। मूल्य र सेवालाई एकरुपता दिनुपर्नेमा अध्यक्ष डा अधिकारीको जोड छ।  यसले यहाँको स्वास्थ्य पर्यटनमा टेवा पुर्‍याएको भन्दै व्यवस्थित गर्नुपर्ने बताए।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने उपचारका क्षेत्रमा पछिल्लो छोटो समयमा फड्को मारेको बताए। सरकारीसँगै निजी क्षेत्र आक्रामक रुपमा अघि बढेसँगै नेपाली र भारतीय सीमा क्षेत्रका बिरामीले यहाँ सेवा पाएको उजकाे भनाई छ। सरकारीसँगै निजी क्षेत्रबाट पनि क्यान्सर उपचार हुने भएपछि क्यान्सरका सबै उपचार यही सम्भव हुने उनकाे भनाइ छ। अहिले अस्पतालले बोनम्यारो प्रत्यारोपणबाहेकका सबै खाले क्यान्सरको उपचार गर्दै आएको छ।

नयाँ प्रविधि र सेवा विस्तार हुँदै गएको उनले बताए । विगतको तुलनामा यहाँबाट बिरामी रिफर भएर बाहिर जाने क्रम घटेर गएको छ। यद्यपि अस्वस्थ प्रतिस्पर्धाका कारण केही स्वास्थ्य संस्थाले जिल्लामै उपचार हुने भए पनि काठमाडौँ र भारतमा समेत पठाउने गरेका छन्।रासस
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस