काठमाडौं–पशुपति क्षेत्र विकास कोषमा निर्माण सम्पन्न भएपछि विद्युतीय शवदाह गृह आइतबारबाट संचालनमा आएको छ। विद्युत शवदाह गृहको पर्यटन, संस्कृति तथा नागरिक उड्यानमन्त्री आनन्द पोखरेलले उद्घाटन गरे।हिन्दू परम्परा अनुसार नै विद्युत शव दाह गृहमा अन्तिम संस्कार गर्न मिल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डनले बताए। ११ करोड रुपैयाँमा निर्माण भएको शवदाह गृह आइतबारबाटै संचालनमा आउने विकास कोषले जनाएको छ। शवदाह गृह संचालनमा आएपछि दाउराको प्रयोग कम हुने विकास कोषका सदस्य सचिव टण्डनले जनाए।
शवदाह गृहमा शव जलाउँदा तीन हजार खर्च लाग्ने छ एउटा शव जल्न ४५ मिनेट लाग्नेछ। शवदाह गृहमा चिता राख्ने २ वटा मेशिन रहेका छन्। हाल एउटमात्रै मेशिन संचालनमा ल्याइएको क्षेत्र विकास कोषले जनाएको छ। तर, माग भएमा दुवै मेशिन संचालन गर्न सकिने सदस्यसचिव टण्डनले जनाए। सो शवदाह गृहमा दैनिक ४० शवसम्म जलाउन सकिने छ। शवदाह गृहमा शव जलाउन थालेपछि दैनिक ६ टनसम्म दाउन बचत हुने कोषले जनाएको छ।