टीकापुर नगरपालिका व्यवस्थित शहर मध्ये एक हो। यहाँको ब्लक नं. ए मुख्य बजार क्षेत्र हो। ब्लक नं. ए लाई चार भागमा छुट्याईएको छ। जहाँ चारवटा सार्वजनिक चोक छन्।
ती सार्वजनिक चोक आम मानिसको आराम गर्ने स्थल र हलुका सवारी साधन पार्किङका लागि छुट्याईएका हुन। टीकापुर नगरपालिकाको पहलमा ती सबै सार्वजनिक चोकलाई २०५७ सालतिर व्यवस्थित बनाईएको थियो। जहाँ ईट्टा बिछ्याईएको छ।
तर अहिले भने ती सबै सार्वजनिक चोकको अवस्था निकै दुर्गन्धित भएको छ। त्यहाँ बजार क्षेत्रको ढलको पानी जमेको छ। निर्माण सामाग्री थुपारिएका छन्। स्थानीयले डम्पिङ साइड (फोहोर फाल्ने स्थल) बनाएका छन्। आम मानिसलाई हिँडडुलमा समेत समस्या भैरहेको छ।
महाकवी लक्ष्मीप्रसाद देवकोटा चोकको अवस्था सबैभन्दा धेरै दुर्गन्धित छ। पानीको निकास छैन। त्यहाँ आसपासका घरबाट निस्केको नालीको फोहोर जमेको छ। स्थानीय चन्दर होटलका सञ्चालक बिनित साहुले दुर्गन्धले बसि नसक्नु भएको बताए। उनले होटलमा आउने ग्राहकलाई समेत समस्या भएको दुःखेसो पोखे।
उनले चोकमा जमेको पानीको निकासका लागि धेरै पटक पहल गर्दा पनि सुनुवाई नभएको बताए। ‘धेरै पटक पहल गर्दा पनि कसैले सुनेन’ उनले भने, ‘थाकेर चुपचाप बस्नुको विकल्प रहेन।’ उनको होटलबाट निस्केको फोहोर समेत सोही चोकमा जम्ने गरेको छ। उनले चाहेर पनि होटलबाट निस्केको फोहोरलाई अन्यत्र फाल्न सक्ने अवस्था नरहेको बताए।
जानकी ट्रेडर्सका सञ्चालक अनिल रावलले चोकमा थुपारेको फोहोर नगरपालिकाले व्यवस्थापन नगरेको आरोप लगाए। उनले महिनौं बिते पनि नगरपालिकाले चोकबाट फोहोर हटाउन नसकेको बताए। ‘हामीले नै डम्पिङ साइडसम्म पुर्याउने त नहोला’ उनले भने, ‘फोहोरको व्यवस्थापन नगरपालिकाले गर्नुपर्छ।’
उत्तरतर्फ रहेको बलभद्र चोक आसपासको भूभाग भन्दा होचो छ। त्यहाँ चारैतिरको पानी बगेर आउँछ। वर्षाको समयमा चुर्लुम्म डुब्छ। आसपासका पसलहरुमा समेत पानी पस्छ। ब्यापारीलाई पसल भित्रको सामान जोगाउनै मुस्किल पर्छ। ‘पाँच मिनेट पानी पर्न हुन्न पूरै चोक जलमग्न हुन्छ’ प्रवेश इन्टरप्राईजेजका सञ्चालक हर्क बुढाले भने–‘पानीको निकास नै छैन। सबै पानी पसलभित्र पस्छ।’
वर्षाको समयमा चोक हिलाम्मे हुन्छ। चारैतिरबाट बगेर आएको फोहोर चोकमै थुप्रिन्छ। बजार क्षेत्रलाई सुन्दर देखाउन बनाईएका सार्वजनिक चोकले झन कुरुप बनाउने गरेको छ। तुलनात्मक रुपमा सिद्धार्थ चोक र भिमसेन चोकमा कम पानी जम्छ। तर फोहोर लगायतका कारण त्यहाँको अवस्था पनि अन्य सार्वजनिक चोकको भन्दा कम कुरुप छैन। चोकमा बिछ्याईएका ईट्टा देखिदैनन्। ती सबै माटोले पुरिएका छन्। त्यहाँ झारपात उम्रिएको छ।
सार्वजनिक चोक बेलाबखतमा व्यापारी आंफैले सफा गर्छन्। नगरपालिकाले सार्वजनिक चोकलाई सुन्दर बनाउनेतर्फ खासै पहल गरेको पाईदैन। यसअघिका जनप्रतिनिधिले समेत सार्वजनिक चोकलाई व्यवस्थित बनाउने तर्फ पहल गरेनन्। वर्तमान मेयर रामलाल डगौरा थारुले सार्वजनिक चोक लगायत बजार क्षेत्रको सुन्दरतालाई झल्काउन प्रयास भैरहेको बताएका छन्। तर उनले समेत अहिलेसम्म ठोस कार्यको थालनी गर्न सकेको पाईँदैन।
‘हामीले निर्णय गरिसकेका छौं र प्राविधिक टोलीले काम समेत सुरु गरिसकेको छ’ उनले भने,‘छिट्टै सार्वजनिक चोक लगायतको सरसफाई हुन्छ।’ उनले नगरपालिकाभित्र रहेका अन्य सार्वजनिक स्थलको सरसफाईतर्फ समेत पहल गर्ने बताए।
ब्लक नं. ए मा स्मार्ट सिटी अन्र्तगत चारैतिर सडक र नाली निर्माणको काम भैरहेको छ। निर्माणाधिन सडक र नाली सार्वजनिक चो भन्दा अग्लो छ। जसका कारण पानीको निकास हुनुको सट्टा झन थुन्ने काम भैरहेको छ। सडक र नालीका कारण उल्टै बजार क्षेत्र डुबानमा पर्ने खतरा छ।