काठमाडौं- सशस्त्र प्रहरी बलले संगठनका सदस्यको पाश्रिमिकबाट वार्षिक १२ करोड उठाउने विवादित निर्णय खारेज गरेको छ। सरकारले दिएको परिश्रमिकबाट रकम काटेर कोष बनाउने निर्णय विवादमा तानिएपछी संगठनले खारेज गरेको हो।सशस्त्रका निलम्बीत प्रमुख कोषराज वन्तले गत असोजमा पारिश्रमिकबाट दैनिक १० रुपैंया कट्टा गर्ने निर्णय गरेका थिए। सशस्त्रमा करिव ३५ हजार सदस्य छन्। दैनिक १० रुपैंया कट्टा गर्दा गर्दा वार्षिक १२ करोड ७७ लाख जम्मा हुन्छ।
गृह मन्त्रालयको सिफारिसमा अर्थले राशन वापत जिन्सीको साटो नगदै दिने निर्णय भए पनि सशस्त्रले राशन वापतको रकम नदिई सामुहिक मेस चलाएर जोगिएको रकम अक्षय कोष र साधारण कोषमा राख्ने भन्दै कर्मचारीलाई दिएको थिएन।
दुबै निर्णय विवादीत बने पनि वन्तले जर्वजस्ती कार्यान्वयनमा ल्याएका थिए। संगठनको सामान खरिदको फर्जी बिल बनाएर भ्रष्टाचार गरेको अभियोगमा उनलाई अख्तियारले अनुसन्धानमा तानेपछी कोषको खर्चको पारदर्शिताबारे संगठनमा विवाद बढेपछी कायममुकायम प्रमुख दुर्जकुमार राइले दुबै निर्णय खारेज गरेका हुन्।
संगठनका उच्च प्रहरी अधिकारीले बैठकमा पारिश्रमिक काट्ने निर्णयले संगठनको तल्लोतहसम्म अशन्तुष्टी बढाएको र खर्चको पारदर्शिताबारे आशंका बढाएको ब्रिफिङपछी राइले दुबै निर्णय खारेज गरी कट्टा रकम फिर्ता गर्न निर्देशन दिएका हुन्।
सशस्त्रका प्रवक्ता पुष्पराम केसीले कल्याणकारी योजनावापत रकम कट्टा गर्ने र राशनवापतको रकम कोषमा राख्ने निर्णय खारेज भएको जानकारी दिए। निर्णय अनुसार कात्तिक र मंसिरको पारिश्रमिकबाट दैनिक १० रुपैंया कट्टा गरिएको थियो। निर्णय खारेजसँगै काटिएको रकम प्रहरी कर्मचारीलाई फिर्ता गर्ने प्रकृया शुरु भइसकेको उनले जानकारी दिए।
अझै दैनिक १० रुपैंया काटिदै
बैशाख १२ को भुकम्पपछी भुकम्प प्रभावित संगठनका सदस्यको राहतका लागी ४० करोडको कोष गठनको घोषणा गर्दै सशस्त्रले २ वर्षसम्म संगठनका सदस्यको पारिश्रमिकबाट दैनिक १० रुपैंया कट्टाको निर्णय गरेको थियो।
जेठमा सार्वजनिक भएको कल्याणकारी योजनामा ३० करोड तत्काल वितरण गर्ने र १० करोडको छुट्टै विपत्ति राहत कोष गठन गर्ने उल्लेख थियो। दुबै निर्णयको विरोध भए पनि जेठबाटै रकम काटिएको थियो।
नेपाली सेना र नेपाल प्रहरीले संगठनका सदस्यसंग पैसा संकलन नगरी आफ्नो कोषबाट भुकम्प प्रभावित संगठनका सदस्यलाई आर्थिक सहयोग गरे पनि सशस्त्रले भने आफ्नै कर्मचारीकै तलब कट्टा गर्ने निर्णय गरेपछी नेतृत्वको आलोचना भएको थियो।
पारिश्रमिकबाट रकम कट्टा गरिए पनि राहत नपाएपछी गृहसम्म उजुरी पुगे पनि सशस्त्रले सो शिर्षकमा भने रकम कट्टा जारी राख्ने भएको छ। डिआजी केसीले राहत घोषणा अनुसार सबै रकम वितरण भइसकेको दावी गर्दै १० रुपैंया काट्ने निर्णय कायमै रहेको जानकारी दिए।
'निर्णय अनुसार ३० करोड बाँडिसकियो, त्यसैले यो निर्णय खारेज गर्न सकिएन' केसीले नागरिकसँग भने' कल्णकारी योजना र राशनको रकम भने अब संगठनले उठाउँदैन।'
सामुहिक निर्णयका लागी पिसिसि
प्रहरी र सेनामा सामुहिक निर्णयका लागी निती समन्वय समितिको संयन्त्र रहे पनि सशस्त्रमा भने प्रमुखले खरिद, नीति लगायतका महत्वपूर्ण निर्णयबारे समेत संगठनका एआइजी डिआइजी अनभिज्ञ रहदै आएका थिए।
राइको नियुक्तीपछी सशस्त्रका उच्च अधिकारीले संगठनलाई दुरुगामी असर पार्ने निर्णयबारे संगठनका एआइजी–डिआइजी समेत जानकार नहुँदा संगठनलाई नकारात्मक प्रभाव परेको ब्रिफिङ गर्दै सामुहिक निर्णयको पद्धती बसाल्न आग्रह गरेपछी राइले सेना र प्रहरीमाझै संयुक्त छलफलका लागी समिति बनाएका हुन्।