काठमाडौं- नम्मर प्लेट धमिलो। विज्ञापनका ब्यानरले बेरिएका सिट। अगाडिदेखि पछाडिसम्म खिया लागेका गुड्नै नसक्लान् जस्ता लाग्ने काठमाडौं महानगरपालिकाको यो टाटा कम्पनीको ट्रक। बा १ क ८५२ नम्बरको यो ट्रक काठमाडौंका चोक–चोकमा गुडिरहेको सायद कसैले याद गरेको होला।महानगरले यो गाडीको सहयोगले जथाभावी राखिएका विज्ञापन सामग्री, बोर्ड, ब्यानर लगायत दैनिक नियन्त्रण गर्दै आएको छ। सरकारले २० वर्ष पुराना गाडी हटाउने निर्णय गत वर्ष नै गरे पनि सरोकारवाला निकाय पुराना गाडीबाटै काम चलाउँदै आएका छन्। २०३७ सालमा दर्ता भएको भनिएको यो गाडी महानगरले २०४७/४८ सालदेखि चलाइरहेको छ।
'मैले महानगरपालिकामा जागिर खाएको २३ वर्ष भयो,' एक नगरप्रहरीले भने, 'म आउनु अघिदेखि यो गाडी चलिरहेको थियो, अहिले पनि चलिरहेको छ।'
वर्षैपिच्छे नयाँ कार, जीप, ट्रक किन्ने गरे पनि महानगरले यस्ता पुराना गाडीलाई विस्थापित गर्न सकेको छैन। यस्ता गाडी दैनिक चोक–चोकमा घुम्दा पनि प्रहरीले समेत केही नगर्ने गाडीका चालक शिवलाल रानाभाटले बताए। 'मैले यो गाडी चलाउन थालेको १२ वर्ष भयो, कहिलेकाहीँ बाटोमा दुःख दिन्छ,' उनले भने, 'प्रहरीले 'महानगरपालिका' लेखेको देखेर होला केही गर्दैन। अरु गाडी भए त उहिल्यै कारवाही गरिसक्थ्यो होला।'
अनुदानमा प्राप्त यो गाडी धिपिरधिपिर अवस्थामा काठमाडौंका विभिन्न ठाउँमा पुगेर काम गरिरहेको हुन्छ। 'गाडीले सेवा दिन सकुञ्जेल हामीले चलाइरहने हो,' महानगरका यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम डंगोलले भने, 'धेरै टाढा गुड्दैनन्, नजिक जान खासै समस्या हुँदैन।'
उनका अनुसार ३४८,३४६, ३४२ नम्बर लगायतका केही ट्रक २०५४ सालदेखि महानगरले चलाउन थालेको हो। यी गाडी कहिलेदेखि चल्न थालेका हुन् भन्ने उनले पनि जानकारी दिन सकेनन्।
वातावरणीय हिसाबले खतरायुक्त धुँवा फ्याँक्ने यस्ता गाडी चलाउँदा मर्मतसम्भारमा समेत आर्थिक भार थपिरहेका छन्। तेल पनि बढी खपत गर्ने यस्ता सवारीलाई विस्थापित गर्न नयाँ गाडी आइसके पनि सामान्य कामका लागि भने यस्तै पुराना ट्रक प्रयोग हुने गरेका छन्।
यातायात व्यवस्था कार्यालयमा समेत प्रदूषण परीक्षण नापजाँच नगराई यस्ता गाडी निर्बाध चलिरहेका छन्। यति मात्र होइन महानगरमा गुड्ने अन्य साना सवारीले पनि वातावरण परीक्षण नगराई कुदाइरहेको स्रोत बताउँछ।
'कतिपय गाडीहरुमा प्रदूषण पास भएको हरियो स्टिकर पनि टाँसिएको हुँदैन,' स्रोत भन्छ, 'यसको मतलब नियमनकारी निकाय नै नियमविरुद्ध लागिपरेको स्पष्ट हुन्छ।'
महानगरको वातावरण व्यवस्थापन विभाग प्रशासन महाशाखा प्रमुख गंगाधर गौतमले 'हरियो स्टिकर' लिन नसक्नु महानगरको गल्ती भएको स्वीकारे। यसबाहेक पुराना गाडी चलाइराख्नुको कारणलाई उनले बजेटको सीमितता बताए।
'महानगरसँग पुराना गाडी कहिलेसम्म चलाउने भन्ने नीति नै छैन,' उनले भने, 'त्यसपछि बजेटको व्यवस्थापन गरेर पुराना गाडी विस्थापित गर्नुपर्ने देखिन्छ।'
अघिल्लो वर्ष सार्क सम्मेलनको मुखैमा महानगरपालिकाले ४ वटा ट्रक खरिद गरेको थियो। 'चलुञ्जेल चलाउनुपर्छ भन्ने चलनले गर्दा सबै गाडी चलाइरहेका हौं,' उनले भने, 'वातावरणीय दृष्टिले बढी धुँवा फ्याँक्ने भएकाले पुराना गाडी नचलाउने भन्ने हो तर नीति र स्रोतको व्यवस्थापन गर्न नसक्दा पुराना पनि चलाउनु परेको छ।'
यातायात व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यकाभित्र करिब १२ सय वटा गाडी २० वर्षभन्दा पुराना भएको तथ्यांक छ। देशभर २० हजारको हाराहारीमा २० वर्ष पुराना रहेको अनुमान छ।