सिराहा– कचनारी गाविस–९ बडहरी टोलस्थित रामदेव चौधरीको जग्गाको झाडीमा लुकाईछिपाई राखेको अवस्थामा म्यागजिन तथा गोली नभएको इन्सास राइफल बिहीबार फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ।उक्त राइफल भारतीय एसएसबी बोर्डर पोष्ट पिप्राहीको रहेको खुल्न आएको पनि प्रहरीको भनाई छ।
माघ १२ गते भारतको पिप्राही एसएसबी बोर्डर पोष्टबाट इन्सास राइफल हराएको जानकारी प्रहरी चौकी कचनारीमासमेत प्राप्त भएपछि नेपालतर्फको क्षेत्रमा खोजतलास गर्ने क्रममा उक्त राइफल फेला परेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।