चितवन—नारायणगढ मुग्लिन सडकको कालिखोलामा सुख्खा पहिरो गएपछि बिहीबार बेलुकादेखि सडक अवरुद्ध छ। मुग्लिन इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सडकमाथिको डाँडो नै खसेर भएको जाम खुलाउने प्रयास शुक्रबार बिहानै सुरु भएको थियो।इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक भोला भट्टका अनुसार हिजो साँझ लगभग साढे आठ बजे पहिरो गएको हो। शुक्रबार बिहानसम्म घटनामा कुनै मानवीय क्षति भएको छैन। पहिरोले ५० मिटर सडक पुरै छोपिएको छ। मुग्लिनदेखि अढाइ किलो मिटर पश्चिम नारायणगढ तर्फको कालिखोलामा सुख्खा पहिरो गएको हो।
पहिरो शुक्रबार बिहान करिब ११ बजेतिर पन्छाएपछि दुईतर्फी सवारी साधन सञ्चालन सुरु भएको छ।
पहिरो शुक्रबार बिहान करिब ११ बजेतिर पन्छाएपछि दुईतर्फी सवारी साधन सञ्चालन सुरु भएको छ।