पोखरा- 'यो कुनै विद्वत प्रवचन हैन,' भनेर कुरा राख्न सुरु गरेका उनले नेपालीले बाँचिरहेको समयमाथि गहिरो दृष्टिकोण दिए। राजनीति, अर्थ, सामाजिकलगायत कुरा उनले ४० मिनेटमा राखे। लिटरेचर फेस्टिभलमा मुख्य प्रवचनका लागि निम्त्याइएका प्रा. पीताम्बर शर्माले मुलुकको विरोधाभासपूर्ण अवस्थालाई 'असहज प्रश्नहरू' शीर्षकमा प्रस्ट्याउने प्रयास गरे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र त्यसबेला उनले नेपालीको मन जित्न आवश्यकजति बटन थिच्दा संसदमा बजेको तालीले हिनताबोध गराएकोदेखि भूकम्प र उत्कृष्ट अर्थमन्त्रीसम्मका प्रसंग उप्काए। उनले प्रधानमन्त्री केपी ओलीलाई स्वप्नद्रष्टा भन्दै व्यंग्य पनि गरे। भूकम्पजस्तो विपतले राष्ट्रिय एकता निम्त्याउला भन्ने संकेत धेरै महिना नटिकेको उनको गुनासो थियो। 'विपतले राजनीतिक खिचातानी केही कालका लागि थाँती राख्यो तर त्यो दिगो रहेन,' उनले भने।
बेलायतमा जन्मिएर ४० वर्षदेखि नेपाल बसिरहेका जेपी क्रसले उद्घाटन गरेर विश्वयुद्ध र आफ्नो सैनिक जीवनको अनुभव सुनाएपछि मुख्य प्रवचनका निम्ति शर्मा मञ्च उक्लिएका थिए। त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक शर्माले झन्डै ४० मिनेटमा मुलुकका मुख्यमुख्य असहज प्रश्न खोतले।
सांसद रवीन्द्र अधिकारीले लेखेको किताब 'समृद्ध नेपाल' विमोचन हुँदै अघि बढेको फेस्टिभलको पहिलो दिनको आरम्भमा लक्ष्य ब्यान्डको सांगीतिक प्रस्तुति थियो।
६ वटा सेसन चलेको पहिलो दिन अर्को आकर्षण थियो– भाषाका कुरा। यो सेसनमा वक्ता थिए– शरच्चन्द्र वस्ती, खगेन्द्र संग्रौला र मोहन मैनाली। उनीहरुले विद्यालयदेखि विश्वविद्यालयसम्मका शिक्षकले नेपाली भाषालाई अनावश्यक रूपमा विवादित बनाएको आरोप लगाए। 'अहिलेको नेपाली भाषा नेपालको राजनीति जस्तै अराजक र अव्यवस्थित छ,' संग्रौलाले भने, 'भाषाले विचार बोक्ने हुनाले सुन्दर विचार सुन्दर भाषामा मात्रै आउन सक्छ।'
भाषाको विस्तार भएको, पुस्तक उत्पादन बढेको, विमर्श सुरु भएकाले नेपाली भाषाको महत्व कम नभएको उनको भनाइ थियो। अर्का वक्ता शरच्चन्द्र वस्तीले पत्रकारिताको भाषा प्राञ्जल भए पनि विद्वान र साहित्यकार भाषाप्रति उतिसारो संवेदनशील हुन नसकेको विचार व्यक्त गरे।
अर्काे सेसनको बहसमा जुटेका थिए नारायण वाग्ले र बुद्धिसागर। उनीहरू दोस्रो पुस्तकको सकसमा गफिए। परस्पर विरोधीजस्ता अनुभव र धारणा सुनाउँदै उनीहरुले अनौपचारिक शैलीमा आफ्ना कुरा राखे। 'पहिलो उपन्यास कसरी सफल हुन्छ उदाहरण नारायण वाग्ले र दोस्रो उपन्यास कसरी असफल हुन्छ त्यो पनि उदाहरण नारायण वाग्ले भन्दै आफैंलाई कटाक्ष गरेजस्तो शैलीबाट बोल्न सुरु गरेका वाग्लेले दोस्रो पुस्तकका लागि सकस नभएको बताए भने बुद्धिसागरले सकस भएको अनुभव सुनाए।
'पहिलो पुस्तक लेेखिसकेपछिको ५ वर्षसम्म आफूले सय पुस्तक पनि पढिएको हुँदैन, पाठकले ५ सय किताब पढिभ्याउँछन्,' बुद्धिले भने, 'त्यति धेरै पढेको पाठकलाई चित्त बुझाउने गरी लेख्न सकस हुने नै भयो।'
वाग्लेले भने पहिलो पुस्तक लेेखिसकेपछिको आत्मविश्वासले दोस्रो लेख्न सजिलो भएको अनुभव सुनाए। 'पहिलो लेख्दा नर्भस भइन्थ्यो, दोस्रो लेख्दा त अभ्यस्त भइसकिएको हुँदोरैछ,' उनले भने। बुद्धिले दोस्रो पुस्तकको सकसले आफूलाई बिरामी नै बनाएको पनि बताए। 'यसो गुगल गर्छु त जुन रोगको लक्षण पनि आफूसित मिलेजस्तो लाग्छ,' उनले दर्शकलाई हँसाए, 'गर्भिणी महिलाका लक्षण पनि मिलेजस्तो लाग्यो।'
अर्काे सेसनमा कविता कि नारा शीर्षकमा तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ, सरिता तिवारी र संगीत स्रोताले बहस गरे। श्रेष्ठले भने, 'हरेक राम्रा कविता प्रगतिशील र प्रजातान्त्रिक हुन्छन्। कवितामा नाराभन्दा कला पक्ष सशक्त हुनुपर्छ।'
बुकवर्म फाउन्डेसन र र्याान्डम रिडर्स सोसाइटी अफ नेपालको सहकार्यमा आयोजना भएको फेस्टिभल पहिलोपटक काठमाडौं बाहिर आएको हो। सुन्दर सहर पोखराको सांस्कृतिक विकास गर्न पनि साहित्यिक मेला राजधानीबाहिर ल्याएको बुकवुर्मका निर्देशक अजित बरालले बताए। उनले ट्राभल राइटिङ फेस्टिभल गर्ने र त्यसमा अन्य मुलुकका यात्रा लेखकलाई निम्त्याउने जानकारी दिए। फेस्टिभल १८ गतेसम्म चल्नेछ।