काठमाडौं- काभ्रेमा निर्माण हुने प्रहरी प्रशिक्षण प्रतिष्ठानको गुरुयोजना बनाउन एकलौटी रुपमा कन्सल्टेन्ट नियुक्त गरेको भन्दै भारतीय पक्षले असन्तुष्टि जनाएको छ। भारतीय सरकारको सहयोगमा काभ्रेपलाञ्चोकको पनौतीमा बन्ने प्रतिष्ठान गठनबारे बसेको ज्वाइन्ट प्रोजेक्ट मनिटरिङ कमिटीको बैठकमा संलग्न विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरले भारतसँग परामर्श नै नगरी गुरुयोजना बनाउने कम्पनी छानेको भन्दै असन्तुष्टि जनाएका हुन्।
प्रहरीले तालिम केन्द्रको गुरुयोजना बनाउने कम्पनी चयन गरी परामर्शदाता चयन प्रक्रिया अगाडि बढाउने गृहकार्य सुरु गरेको समयमा भारतीय पक्षबाट असन्तुष्टि आएको हो। प्रहरीका लागि अत्याधुनिक तालिम केन्द्र बनाउने प्रक्रिया लामो समयदेखि जारी रहे पनि अगाडि बढ्न नसकेको अवस्थामा भारतीय पक्षको असन्तुष्टिले गुरुयोजना निर्माण र परामर्शदाता चयनमा प्रभाव पर्ने देखिएको छ।
प्रहरी प्रधान कार्यालयले भारतको ८ अर्ब ७९ करोडको सहायतामा बन्न लागेको प्रतिष्ठानको गुरुयोजना बनाउने जिम्मेवारी शाह एसोसिएट्सलाई दिएको थियो। गुरुयोजना बनाउने जिम्मेवारी दिँदा भारतीय पक्षलाई कुनै जानकारी नदिएको भन्दै बैठकमा ठाकुरले निर्माण प्रक्रियामा भारतलाई सक्रिय सहभागी गराउन ध्यानाकर्षण गराएको बैठक स्रोतले जानकारी दियो।
१७ वर्षदेखि पनौतीमा अत्याधुनिक प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणको गृहकार्य सुरु गरिए पनि सहमति हुन सकेको थिएन। भारतको आश्वासनपछि प्रहरीले प्रतिष्ठान गठनका लागि ४२.४ हेक्टर जग्गा अधिग्रहण गरी आफ्नो स्वामित्वमा ल्याइसके पनि दुवै देशविच सहमति हुन सकेको थिएन।
गत वर्ष नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउन भारत सरकारले दिने सहयोगबारे सम्झौता गर्दै सिंहदरबारमा प्रधानमन्त्री कार्यालयबाहिर शिलान्यास गरेपछि प्रतिष्ठान निर्माणको प्रक्रिया सुरु भएको थियो।
प्रतिष्ठान निर्माणका लागि दुवै देशका प्रतिनिधि सम्मिलित ज्वाइन्ट प्रोजेक्ट मनिटरिङ कमिटी गठन भएको थियो। निर्माण प्रक्रियालाई अगाडि बढाउन शुक्रबार पहिलोपटक नेपालमा सो समितिको बैठक बसेको थियो।
बैठकको नेतृत्व नेपालको तर्फबाट गृहसचिव नारायणप्रसाद मलेगोले गरेका थिए भने भारतको प्रतिनिधित्व भारतीय विदेश मन्त्रालयका सहसचिव ठाकुरले गरेका थिए। बैठक अगाडि कमिटीका सदस्य काभ्रको पनौती गएर प्रतिष्ठान निर्माणका लागि प्रहरीले लिएको ४२.४ हेक्टर जमिनको प्रकृतिबारे जानकारी लिएका थिए।
स्थलगत भ्रमणपछि प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा समिति बैठक बसेको थियो। बैठकमा प्रतिष्ठान निर्माणमा भएका कामको ब्रिफिङपछि ठाकुरले भारतको सहयोगमा बन्न लागेको प्रतिष्ठानको काम नेपालले एकपक्षीय रुपमा अगाडि बढाएकोमा असन्तुष्टि राख्दै 'भारतको प्रत्यक्ष सहभागिता आवश्यक रहेको' प्रतिक्रिया दिएको बैठकमा सहभागी स्रोतले जानकारी दियो।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रतिष्ठान निर्माणका लागि बैठक उपलब्धिपूर्ण रहेको दाबी गरे। सम्झौतापत्रमा केही विषय छुटेकाले त्यसलाई कूटनीतिक पत्राचारमार्फत टुंग्याउने सहमति भएको जानकारी दिँदै अर्यालले भने, 'प्रतिष्ठान गठनमा कुनै समस्या छैन, अगाडि बढ्छ।'