चितवन–चितवनको बीस हजारी ताल देश विदेशका पर्यटक जलचर, चरा र जंगली जनावर हेर्न रुचाउने घुम्न आउनेथलो हो। मंगलबार मध्यान्ह भने त्यहाँको वातावरण केही फरक थियो। ब्राह्मण पुजारी बैजनाथ देवकोटा र बोटे समुदायका अगुवा सोमलाल बोटेले बीस हजारी तालमा एक घण्टा आ–आफ्नो विधि अनुसार पानी पुजा गरे।मंगलबार विश्व सिमसार दिवस हो। बीस हजारी ताल रामसार सूचिमा परेको नेपालको महत्वपूर्ण सिमसार क्षेत्र हो। चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको फकर खालको कार्यक्रममा पुजारी र बोटे समुदायका अगुवाले सिमसारको महत्व दर्शाउनकालागि पानीको पूजा गर्नुका साथै सिमसारको महत्वकाबारेमा प्रवचन दिएका हुन्।
'पानी हाम्रो आधार हो। विभिन्न रुपमा बसेर पानीले हामी र संसारलाई जीवन दिएको छ। त्यसैलेपानीको स्रोत सिमसार मास्न हुँदैन। जोगाउनु पर्छ', पुजारी बैजनाथ देवकोटाले भने। बोटे समुदायको एक तिहाइ जीवन पानीमै बित्ने भएकाले यसको संरक्षण नभए समुदायमाथि नै संकट आउने धारणा बोटे अगुवा सोमलालको थियो।
भरतपुर उपमहानगरपालिकाको आडैमा टिकौली नजिक बरण्डा भार जंगलभित्र रहेको बीस हजारी ताल३२ सय हेक्टरमा फैलिएको छ। टिकौली जंगल भएर जाने पूर्वपश्चिम राजगमार्गदेखि दक्षिणतर्फ सातकिलो मिटर पर जंगलभित्र रहेको सो तालमा २६ प्रजातिका स्तनधारी जंगली जनावर छन् । २७३ प्रजातिका चरा र २५ प्रजातिका माछा रहेका छन्।
बरण्डाभार जंगल चितवन निकुञ्जलाई चुरे र महाभारत पर्वत श्रृखलासँग जोड्ने महत्वपूर्ण जैविकमार्ग हो। सो मार्गमा ओहर दोहर गर्दा दुर्लभ वन्यजन्तु बाघदेखि गैंडासम्मले बीस हजारी ताल क्षेत्रमा पानी खाने गर्छन्। मगर गोही प्रसस्तै देखिने गर्छन्। हरिणका बथानै हुन्छन्। त्यसैले बीस हजारी ताल पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ।
इरानको रामसार भन्ने सहरमा सन् १९७१ को फेब्रुअरी दुई तारिखमा सिमसार संरक्षण सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिभएको थियो। सोही दिनको सम्झानमा विश्व सिमसार दिवस मनाउने गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। विश्वका महत्वपूर्ण सिमसार क्षेत्रलाई सोही समयदेखि रामसार सूचिमा सुचिकृत गर्न थालिएको उनले बताए ।
चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको बीस हजारी ताल सन् २००३ मा रामसार सूचिमा परेको हो। मंगलबार मात्रै पोखराका थपनौ ताल रामसार सूचिमा सूचिकृत भए। मंगलबार अघि सूचिकृत हुने सिमसारहरु नेपालमा नौवटा थिए। विश्वमा २२०८ वटा सिमसार क्षेत्र रामसार सूचिमा सूचिकृत भएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए।
'सिमसारले वर्षाको पानीलाई संचित गर्छ । जमिन मूनीको पानीलाई रिचार्ज गर्छ । वायु मण्डलका हानीकारक ग्यासहरुलाई सोसेर लिन्छ । जसले गर्दा वातावरण स्वच्छ रहन मद्दत पुग्छ',प्रमुख संरक्षण अधिकृत कँडेलले भने। जंगली जनावरलाई मात्रै नभएर समग्र पर्यावरणका लागि सिमसार आवश्यकभएको उनले बताए ।