काठमाडौं-तीन घन्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्ने विद्युतीय सहरी बस काठमाडौं ल्याउन सकिने सरोकारवालाको अध्ययनले देखाएको छ । सम्भाव्यता अध्ययन गरेर चीनबाट फर्किएको काठमाडौं महानगरपालिकाको टोलीले यस्तो प्रारम्भिक निष्कर्ष निकालेको हो।
प्राविधिक सहितको ४ सदस्यीय टोलीको नेतृत्व गरेका महानगर प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले यस्तो सम्भावना देखिएको जानकारी दिए । साधारण रुपमा ३ घन्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्न सक्ने क्षमता यस्ता बसमा रहेको उनले बताए । यसबाहेक करिब १५ देखि २० मिनेटमै चार्ज गर्दा पनि कुनै बसमा पूर्ण चार्ज हुने क्षमता रहेको उनले बताए ।
'छिटो चार्ज गर्न बढी भोल्टेजयुक्त विद्युत चाहिने रै'छ,' उनले भने, 'अहिले लोडसेडिङको बेला पनि ३ घन्टासम्म लगातार बिजुली आइरहेको हुन्छ । खासै फरक नपर्न सक्छ ।'
चीनको सांघाईस्थित सांघाई सेन्लोङ बस कम्पनी लिमिटेड र हुनान प्रान्तको टायम्स् इलेक्ट्रोनिक्स भेइकल कम्पनी लिमिटेडमा टोलीले गरेको अध्ययनबाट यस्तो सम्भावना देखिएको हो । यी बस काठमाडौंका सडकमैत्री बनाउन र पाटपुर्जा पाउन भने मुस्किल हुने टोलीको निष्कर्ष छ । बस निकै महँगा पनि रहेको कार्कीले बताए ।
उनका अनुसार सामान्य अवस्थामा यहाँ चलिरहेका बसभन्दा निकै महँगा भए पनि सञ्चालन खर्च भने कम लाग्ने देखिएको छ । 'वातावरण र तेल हाल्नुपर्ने हिसाबले हेर्दा बढी किफायती देखिन्छन्,' उनले भने, 'सुरुमा किन्दा महँगो पक्कै छन् ।'
उनले चीनमै रहेका यस्ता बस झण्डै १ करोड ८० लाख रुपैयाँसम्म पर्न आउने जानकारी दिए । काठमाडौंको सडक अनुसार मोडिफाइ गरे करिब एक करोडसम्म खरिद गर्न सकिने टोलीको निष्कर्ष रहेको उनले बताए ।
'काठमाडौंमा सहरी बस हामीले ल्याउने योजनाअनुसार चीन पुगेका थियौं,' टोलीका अर्का सदस्य महानगर राजस्व महाशाखा प्रमुख महेश काफ्लेले भने, 'सहरी बस भनेको बसेर मात्र यात्रा गर्ने होइन उभिनसमेत मिल्ने व्यवस्था हुन्छ ।'
टोलीले १० मिटर लामा बस उपयुक्त हुने देखेको छ । बसको तल्लो भाग र भुइँको दुरी (ग्राउण्ड क्लियरेन्स) मात्र २० इन्च हुँदा काठमाडौंमैत्री नदेखिएको पनि काफ्लेले बताए । काफ्लेले हरेक तरिकाले हाम्रो सडकमैत्री बस चाहिने चिनिया कम्पनीहरुसँग राखेको बताए । ग्राउन्ड क्लियरेन्स ३६ इन्चसम्म बढाउने, बसमुनि रहने ब्याट्री सडकको पानीले असर नपार्न अन्य ठाउँमा राख्नेजस्ता सुझाव उत्पादक कम्पनीलाई दिइएको उनले बताए ।
'हाम्रा आवश्यकता अनुसारको मूल्य समायोजन गर्न पुनः अनुरोध गरेका छौं,' काफ्लेले भने, 'कम्पनीहरु नयाँ मूल्यसहित आउलान् ।' यसपछि मात्र काठमाडौंका सडकमा कहिलेदेखि विद्युतीय बस चल्छ भन्ने मिति तोक्न सकिनेसमेत उनले जनाए ।
चालकलाई तालिम, गाडीका पाटपुर्जाको सहज क्रयको समस्या, प्राविधिक समस्या लगायतका समस्या पनि रहेको काफ्लेको भनाइ छ । जम्मा २० वटा बसमध्ये १२ वटा महानगर र सरकारले खरिद गर्ने योजना रहेको उनले बताए । यसबाहेक ८ वटा बस अनुदानमा माग्ने तयारी भइरहेको उनले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणमा औपचारिक सम्झौता गर्नेगरी सरकारी तहकै पहलमा महानगरको प्राविधिक टोली अध्ययन गरेर केही दिनअघि फर्किएको थियो ।
महानगर र साझा यातायातको सहकार्यमा विद्युतीय बस सञ्चालन गर्ने तयारीअनुरुप टोली पठाएको थियो । सार्वजनिक–निजी साझेदारी अनुसार साझालाई बस सञ्चालन गर्न दिने पहल भइरहेको छ । यसअघि पनि महानगरले साझालाई १० करोड रुपैयाँ बराबरका २५ वटा ठूला बस खरिद गर्न साउनमा सम्झौता गरिसकेको छ ।
संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री विराज विष्टले चिनियाँ टोलीलाई पनि काठमाडौंको अध्ययन गर्न आग्रह गर्ने तयारी भइरहेको बताए । 'टेम्पो कुदाएजस्तो रहेनछ, त्यसैले अध्ययन आवश्यक थियो,' सहायक मन्त्री विष्टले भने, 'लोडसेडिङको यस्तो विकराल अवस्थामा विद्युतीय बस कसरी चलाउन सकिन्छ भन्ने कुराको गृहकार्यका लागि चिनियाँ टोली बोलाउन लागेको हुँ ।'