दैलेख–दुल्लु नगरपालिका – १ नाउलेकटुवालमा सिचाईं कुलो निर्माण भएपछि २ सय घरपरिवार लाभान्वित भएका छन्। १३ सय ६२ मिटर लामो ठूलोखोला सिचाईं कुलो निर्माण भएपछि २ घरधुरी परिवारले सिचाईं सुविधाबाट लाभान्वित भएका हुन्।जिल्ला विकास समिति/नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रमको दुई आर्थिक वर्षको बजेटबाट कुलो निर्माण गरिएको हो । आर्थिक वर्ष ०७१/०७२ २० लाख रुपैयाँ, जनश्रमदान ४ लाख ३६ हजार ८ सय ३२ रुपैयाँ र ०७२/०७३ को १५ लाख रुपैयाँ, जनश्रमदान ३ लाख ६१ हजार ५ सय ९४ रुपैयाँमा कुलो निर्माण गरिएको जिल्ला कार्यक्रम संयोजक तिर्थ पन्थीले बताए ।
यसअघि कुलो नहुँदा वर्षातकै पानीको भरपर्नुपर्ने बाध्यता रहेको निर्माण समितिका अध्यक्ष मणीराम खड्काले बताए । सिचार्इं कुलो बनेपछि बाह्रै महिना गाँउका २ सय घरधुरीको खेतवारीमा सिचाईं पुग्ने छ। निर्माण समितिका अध्यक्ष खड्काले भने, वर्षातकै पानी कुर्ने दिन गयो । सिचाई खेतवारीमै आएपछि उत्पादन गर्ने धेरै योजनाहरु बनाएका छौं ।' त्यस्तै स्थानीय विकास अधिकारी हरि प्याकुरेलले स्थलगत रुपमा कुलोको अनुगमन गरेका छन्। खेतबारीमै सिचाई सुविधा पुगेपछि उत्पादनका योजनाहरु बनाउन लाभान्वित स्थानीयलाई तत्काल लाग्नुपर्ने स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए ।