१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
२६ साउन २०७९
•
१ मिनेट पाठ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
मोरङको पथरशनिश्चरेकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेलबारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।




बालिकालाई निगुरो टिप्न जाऊँ भन्दै फकाएर जंगलमा लगेरपछि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार बालिकालाई निगुरो टिप्ने बहानमा ललाइफकाई बेलबारी–८ स्थित सिंहदेवी सामुदायिक वनभित्रको खोल्सीमा लगेर नेपालीले बलात्कार गरेको पाइएको छ।

प्रहरीका अनुसार बेलबारीमा रहेकी दिदीको घरमा पाहुना आएकी बालिकालाई सोमबार साँझ ५ बजेतिर जंगलमा लगेर नेपालीले बलात्कार गरेको हो। चिनजान भएपछि नजिकिएका नेपालीले निगुरो टिप्न जाऊँ भन्दै फकाएर लगेको खुलेको छ। ‘एकान्त ठाउँमा पु¥याएपछि बिहे गर्छु भन्दै फकाएर करणी गरेका रहेछन्,’ डिएसपी श्रेष्ठले भने, ‘पीडित बालिकाको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनले बलात्कारको प्रतिकार गर्दा शरीरमा चोट लागेको छ।’

बिहे गर्छु भनेर बलात्कार गरेपछि बालिका नेपालीको घर पनि पुगेकी थिइन्। नेपालीका परिवारका सदस्यले अस्वीकार गर्दै विभिन्न धाकधम्की दिएपछि बालिका कानेपोखरी प्रहरी कहाँ पुगिन्।  

बलात्कार आरोपी नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट बुधबार म्याद थप गरेर घटना अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
अर्को समाचार
बलात्कार आरोपमा एक जना पक्राउ
१९ पौष २०८०
•
१ मिनेट पाठ
बलात्कार आरोपमा एक जना पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा मोरङको सुन्दरहैँचाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।५५ वर्षीय पदम मगरलाई बालिका बलात्कार गरेको आरोपमा बुधवार पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मगरलाई बुधवार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।




डिएसपी दाहालका अनुसार मगरले मंगलबार राति ८ बजेतिर बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा पक्राउ गरिएको बताए। आफन्तको घरमा बस्दै आएकी बालिकाका बुवा विदेश गएका छन्। उनकी आमाले दोस्रो विवाह गरी गएको बताइएको छ।  

मुख थुनेर बालिकालाई बोल्नसमेत नदिइकन र कसैलाई भनेमा कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  

बालिका राति निद्रामा चिच्याउने, डराउने र तर्सिने गरेको हुँदा उपचार तथा स्वास्थ्य परीक्षणका लागि धरान लगिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर मगरविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउनका लागि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस