चितवन–किर्तिपुरका ५१ वर्षीय राजमान मानवको एउटै इच्छा छ नेपाललाई फोहर मुक्त बनाउने। उनले आउँदो तीन वर्षभित्रमा यो काम सक्ने लक्ष्य बनाएका छन्। कोसिस गर्दा सफल नभए पनि प्रयास नछाड्ने उनको अठोट छ। भरतपुरमा सडक बढार्दै गर्दा भेटिएका उनले भने, 'म मर्दा पनि कुचो हातमै रहोस केही छैन तर अभियान छाड्दिन।'नेवार समुदायमा जन्मिएका राजमानले आफ्नो थर त्यागेका छन्। थर मात्रै नभएर घर नै छाडेर कुचो बोकेर देश डुल्दै छन्। विस २०७५ सालभित्र सडक र सार्वजनिक स्थल मान्छेले फ्याक्ने फोहर मुक्त क्षेत्र बनाउने उनको योजना छ। विस २०६७ साल भदौदेखि आफ्नो जन्म स्थान किर्तिपुरबाट उनको अभियान सुरु भएको हो।
'त्यो वर्ष किर्तिपुरमा महोत्सव हुँदै थियो। हामीले नगर सफा राख्नका लागि योजना बनाएर अगाडि बढ्यौं। गज्जबको सरसफाइ भयो। सवैले रुचाए। त्यसपछि यो काम देशैभर गर्ने सोच पलाएको हो', राजमानले भने। उनी कुचो बोकेर बढार्दै काठमाडौंदेखि मुस्ताङ, जिरीसम्म पुगेका छन्। अहिले मेची महाकाली अभियानमा नगर क्षेत्रमा बढार्दै हिँडेका छन्।
राजमानसँगै अर्की एकजना स्वयमसेवी किर्तिपुरकै सुशीला मर्हजन पनि यो अभियानमा संलग्न छिन्। देशका खास खास नगपालिकामा बढार्दै हिँडेपछि पोखरा गएर यो कार्यक्रम सक्ने उनको योजना छ। त्यसपछि सन् २०१७ को जनवरी २२ मा काठमाडौंमा विशेष कार्यक्रम गरेर आफ्नो पहिलो अभियान पुरा गर्ने उनले बताए।
'त्यसपछि अभियानको समीक्षा गर्छु। के कति सफलता र सिकाइहरु भए विवेचना गरेर फेरि अगाडिी बढ्छु', राजमानले भने। बजारका चोक गल्ली, कार्यालय भवन अगाडि र विद्यालयमा उनले बढार्ने गरेका छन्। उनको काम देखेर चासो राख्दै सोध खोज गर्न आउनेलाई उनले सफाइको महत्व बताउने गर्छन्। कतै कतै त के गरेको हो कसैले चासो नै नदिने अनुभव उनको छ।
'फोहर गर्नु हुँदैन भन्ने चेतना धेरैमा छ। तर बानी खरब भएकाले मान्छेले जहाँ तही फोहर गर्दै हिँड्छ। हो हामीले उनीहरुलाई बानी सपार्न अनुरोध गर्दछौं', राजमानले भने। सफा गर्नका लागि हामी झाडू बोकेर हिँडे पनि अरुले झाडू नबोके हुन्छ केबल फोहर नगरे उहाँहरुको दायित्व पुरा हुन्छ,' राजमानले भने।
श्रीमती, दुई छोरा र ९२ वर्षीया आमालाई घरमा छाडेर उनी देश दौडाहामा निस्केका छन्। श्रीमतीले किर्तिपुरमै अभियान चलाउने गरेको उनले बताए। किर्तिपुरमा आठ वर्षदेखि ७४ वर्षसम्मकालाई सामेल गराएर सरसफाइका लागि ३० समूह बनाएको उनले बताए। एउटा समूहले एक महिनामा एक दिन सफाइ गर्छ । देशभर यही विधिले सफाइ अभियान चलाउने उनको सोच छ।
'आफ्नो क्षेत्र सफा राख्न महिनामा एक दिन एकाध घण्टा जस्ले पनि समय निकाल्न सक्छ। विस्तारै बानी परेपछि सफाइ गर्न भन्दै हिँड्न पनि पर्दैन। यही तरिकाले काम गरेर देश सफा हुन किन सक्दैन,' राजमानले भने। कुनै निकायबाट आर्थिक सहयोग नलिइ आफूले अभियान चलाएको उनले बताए।
किर्तिपुरमा फोहर बोक्ने ट्याक्टर पनि आफ्ने खर्चमा किनेको र सुरुमा नियमित सफाइमा जुट्नका लागि चारजना व्यक्तिलाई आफैले नै तलब दिएर राखेको उनले बताए। 'सुरुवात व्यक्तिले गर्नु पर्छ । यो काम समाज र देशका लागि मात्रै होइन विश्वका लागि नै अनुकरणीय बन्न सक्छ', राजमानले भने।