उपचाररत अवस्थामा विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट फरार बनेका कोरोना भाइरस संक्रमित प्रतिवादी पुनः पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका–१८ झटियाइका ४५ वर्षीय लक्ष्मण दास तत्मा पुनः पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ। शौचालय जाने बहाना बनाएर दास उपचार केन्द्रबाट बुधबार राति १० बजेतिर फरार भए पनि शुक्रबार दिउँसो पुनः पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
लुकिछिपी बसेको अवस्थामा विराटनगर–१४ कटुप्पाबाट उनलाई पक्राउ गरिएको हो। लेनदेन मुद्दाका प्रतिवादी दास अस्पतालबाट फरार भएको ३९ घण्टापछि पक्राउ परेका हुन्। लेनदेन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत मोरङले उनलाई २०७६ वैशाख २९ गते ६ महिना कैद सजायको फैसला सुनाएको थियो। सजाय भुक्तान नगरिकन भागिरहेका उनी मुद्दा फैसला भएको ३ वर्षपछि पक्राउ परेका थिए।
साउन २० गते पक्राउ गरेर अदालतमा बुझाउन अघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि भर्ना गरिएको थियो।