ललितपुर महानगरपालिकाले ललितपुरका सडकहरुमा सिमेन्टको डिभाइडरहरु हटाएर रबरका डिभाइडर राखेको छ।
महानगरले ललितपुरको कुपण्डोल, पुल्चोक इन्जिनियरिङ क्याम्पस अगाडि,मन्त्री क्वाटर जाने बाटो, कृष्ण गल्ली जाने बाटो र लबिम महल अगाडिको क्षेत्रमा सिमेन्टका डिभाइडर हटाएर रबरका डिभाइडर राखेको हो।
सोमबार ललितपुर महानगरको पाँच ठाँउमा २ सय वटा रबरका डिभाइडर र डिभाइडर बिचमा ७ फिट रबरको पाइप राखिएको छ। यस्तै ललितपुर महानगरका मुख्य सडकहरुमा ५ सय वटा रबरका डिभाइडर राख्न लागिएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।
उनले भने,‘सिमेन्टका डिभाइडरहरु रातीमा चम्किलो नहुने, तर रबरको डिभाइडर रातिमा चम्किलो हुने भएकाले सडक दुर्घटना कम गराउछ। साथै रबरका डिभाइडर र पाइपहरु गाडीले ठक्कर दिंदा र कुल्चिँदा पनि नफुट्ने र पुन प्रयोग गर्न मिल्ने खालकाे हुन्छ।'
अहिले सडकमा राखिएको सिमेन्टका डिभाइडरहरु मंगलबार बिहान एकान्तकुना यातायत विभागमा लैजाने पनि उनले बताए।
ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा दुईजनाको हत्या भएको छ।
गयराति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए।
'राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो। तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ। घटनाको कारण खुल्न सकेको छैन', उनले भने।
मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए।
दुबैजनाको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ। रासस