लहान-अदालतबाट कैद सजाय पाएर २९ वर्षदेखि फरार दुई जना अभियुक्तलाई आज बिहान प्रहरीले सिरहाको अयोध्यानगर गाविसबाट पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले अदालतबाट कैद सजाय पाएर फरार सिरहाको अयोध्यानगर गाविस– ९ निवासी ६० वर्षीय किसुनदेव साफी धोबी र ४५ वर्षीय मगैनियाँ साफी धोबीलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत सिरहाले अभियुक्त दुवै जनालाई कुटपिट र लुटपाट मुद्दामा २०४३ साल चैत २९ गते छ महिना कैद सजाय फैसला गरेको र त्यसयता फरार रहेका दुवै जनालाई गोप्य सूचनाका आधारमा आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए।पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिरहामा पेस गरिने प्रहरी निरीक्षक निरौलाले बताए। रासस