इन्धन ओसार्ने ठोरीको अवैध नाका अझै चालु
०२ फागुन २०७२
•
६ मिनेट पाठ
इन्धन ओसार्ने ठोरीको अवैध नाका अझै चालु
चितवन–भारतको अघोषित नाकाबन्दी सकिएर मुख्य नाका बीरगञ्जसमेत पुरानै अवस्थामा सञ्चालन हुँदापनि ठोरी नाकाबाट अवैध रुपमा डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासका सिलिन्डर ल्याउने क्रम अझै रोकिएको छैन।नाकाबन्दीको समयमा ठोरी नाकाबाट अवैध रुपमा ठूलो मात्रामा इन्धन आउने गरेको थियो। पहिलेको तुलामा कम भए पनि अवैध आयात अझै कायम छ। चितवन सदरमुकाम भरतपुरबाट दक्षिणमा लगभग ८२ किलो मिटर टाढा रहेको ठोरी पर्सा जिल्लामा पर्छ। तर भरतपुरबाट हुलाकी मार्गहुँदै पुगिने ठोरीमा पहाडी समुदायको बसोबास भएका कारण मधेस आन्दोलनको प्रभाव थिएन। भारतसँग जोडिएको ठोरी बीरगञ्जभन्दा पुरानो नाकाभए पनि अरु बेला सुनसान थियो। तर नाकाबन्दीका समयमा निकै चम्केको थियो।

ठोरीबाट दिनमा सरदर डेढ लाख लिटर इन्धन अवैध रुपमा आउथ्यो। जुन इन्धन चितवन मात्रै नभएर पोखरा, काठमाडौं जस्ता मुख्य सहरहरुमा पुगेको थियो। 'अचेल पारी भारतबाट त आउँदैन। तर यहाँ ठोरीमा पहिल्यै ल्याएर राखेको पेट्रोल डिजेल लैजान अहिले पनि फाट्ट फुट्ट आएको देख्न्छि', इलाका प्रहरी कार्यालय पर्सा ठोरीका प्रहरी नयाब निरीक्षक (सई) खेमबहादुर तमाङले भने।

ठोरीमा इन्धन लिन अझै पनि काठमाडौंदेखि मोटरसाइकल र ठूला साना गाडीहरुमा आउने क्रम रोकिएको छैन। इन्धन लिन आएकाहरुले भारततर्फबाट पनि ल्याउन पाएको बताउँछन्। इन्धन लिन जानेहरुको संख्या र इन्धनको मुल्य भने ह्वात्तै घटेको छ। कुनै बेला ठोरीमा किन्नु पर्दा पेट्रोल लिटरको दुई सय रुपैयाँसम्म परेको थियो।

शनिबार भने सय रुपैया लिटरमा डिजेल र १२५ रुपैयाँ लिटरमा पेट्रोल पाइएको किनेर आएकाहरुले जानकारी दिएका छन्। नाका सहज भएर बीरगञ्जबाट धमाधम इन्धन आउन लागे पनि पेट्रोल पम्पहरुमा अझै सहज रुपमा इन्धन पाउन सकिएको छैन । लाइनमा बस्न अल्छि मान्नेहरुले ठोरीबाट आउने कालो बजारको तेल नै किनेर काम चलाउने गरेका छन् ।

स्थानीय बजारमा उपभोक्ताहरुले लिटरको १६० देखि १७५ रुपैयाँसम्म तिरेर अवैध रुपमा भित्रिएको पेट्रोल किनेका छन्। यातायात व्यवसायीहरु, कलकारखाना चलाउनेहरुले पनि ठोरीकै इन्धन किन्न अझै छाडेका छैनन्। बजारमा सर्व सुलभ रुपमा इन्धन नदिँदा कालोबजारीयाहरुले अझै फाइदा उठाइ रहेको उपभोक्ताहरुको गुनासो छ।

'इन्धन आउन सुरु भएको भर्खर हो । धेरै ठाउँबाट दिन सुरु भए पनि पहिलेको झै सहज अवस्था हुन अलि सकेको छैन । चाडै नै पम्पहरुबाट सजिलै इन्धन पाइन्छ', चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकास सिंहले भने। उनले ठोरीबाट इन्धन ल्याउनेहरुलाई गिरफ्तार गर्न सुरु गरेको र एक दुई दिनभित्रै त्यहाँबाट तेल आउन ठप्प हुने बताए ।

ठोरी जान दुई ठाउँमा गरेर चितवन निकुञ्जको लगभग ४० किलो मिटर जंगल क्षेत्र पार गर्नु पर्छ । सो जंगल क्षेत्रको बाटो भएर ठोरी, माडी, भरतपुर आवत जावत गर्ने गाडीहरुले निकुञ्जलाई निश्चित राजश्व रकम बुझाउनु पर्ने नियम छ। ठोरीको नाकामा इन्धन लिन गाडीहरुको चाप बढ्दा त्यस वापत निकुञ्जलाई तिर्नु पर्ने राजश्व अत्याधिक संकलन भएको थियो ।

चितवन निकुञ्ज कार्यालयबाट प्राप्त जानकारी अनुसार भरतपुर, माडी, ठोरी हुलाकी सडक खण्डमा गुड्ने गाडीहरुबाट सुविधा प्राप्त बाटो प्रयोग गरेर वापत शुल्क उठाइन्छ। सो शिर्षकमा गत आर्थिक वर्षको १२ महिनामा कुल २६ लाख रुपैयाँ शुल्क उठेको थियो। यो वर्ष साउनदेखि पुससम्म छ महिनामा नै २० लाख रुपैयाँ उठेको छ ।

निकुञ्जले उठाउने समग्र राजश्व गत आर्थिक वर्षकोभन्दा यो आर्थिक वर्षको छ महिनाको अवधिमा ७० प्रतिशत कम उठेको छ। तर सुविधा प्राप्त बाटोको शुल्कमा भएको बढी राजश्व संकलनले इन्धन लिन जानेहरुको चाप प्रष्ट पार्छ। सो बाटोमा हिँड्दा मोटरसाइकलले भ्याट बाहेक १० र अरु गाडीले ५० रुपैयाँ शुल्क तिर्नु पर्छ । जाँदा आउँदा दुवै पटक शुल्क लाग्छ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस