काठमाडौं- चौध साउन, ०७० मा राष्ट्रिय प्रकृति संरक्षण कोषको खुमलटारस्थित सभाहलले सन्देश दिएको थियो– 'चार वर्षमा नेपालका जंगलमा ७७ वटा बाघ थपिए, दुर्लभ यो वन्यजन्तुको संख्या १ सय ९८ पुग्यो।'तत्कालीन वनमन्त्री टेकबहादुर थापा घर्तीले बाघ दिवसका अवसरमा बाघगणनाको प्रतिवेदन सार्वजनिक गर्दै यो सन्देश दिएका थिए। त्यतिबेला उनले नेपालको अन्तर्राष्ट्रिय लक्ष्य पनि घोषणा गरेका थिए– २०२२ सम्ममा यो संख्या २ सय ५० पुर्याउने।'
बाघ संरक्षण क्षेत्रमा कोशेढुंगा मानिएको उक्त सन्देश २ वर्ष ६ महिना १९ दिनअघिका लागि मात्र सुखद भयो। त्यसयता बाघ संख्या बढ्ने होइन, निरन्तर घट्ने क्रममा छ।
अझ पछिल्लो 'एक वर्ष सन् २०१५ जनवरीदेखि सन् २०१६ फेब्रुअरी १५ सम्मको अवस्था त एकदमै भयावह भयो। यसबीचमा मात्र १२ वटा बाघ मारिए।
अर्थात् यस अवधिमा हरेक ३५ दिनमा एउटाका दरले बाघ मारियो। बाघ संरक्षणमा देखिएको यो अवस्थालाई संरक्षणकर्मीले 'भयावह' भन्दै 'संकटकाल' अवस्थाका रुपमा इंगित गरेका छन्। उल्लिखित तथ्यांक सिकारबाट मारिएका बाघको मात्र हो। यसमा प्राकृतिक कारणले मरेका बाघको संख्या जोडिएको छैन।
यसले बाघ संरक्षण चुनौती पूर्ण मात्र बनेको छैन, बाघ संरक्षणको लक्ष्य समेत धर्मराएको छ। 'पछिल्ला घटनाक्रमलाई हामी भयावह स्थितिको रुपमा चित्रण गर्छौ', विश्व वन्यजन्तु कोष वन्यजन्तु व्यापार अनुगमन शाखाका प्रबन्धक माधव खड्का भन्छन, 'लक्ष्य हासिल गर्नु त कहाँ, यसलाई कसरी जोगाउने भन्ने चुनौती थपिएको छ।'
उनका अनुसार गैंडा मारिएपछि त्यसको शरीर घटनास्थलमै हुन्छ। सिकारीले खाग र खुर लिएर जान्छन्। घटना विवरण र स्थलबाट कति मारिए भन्ने यकिन गर्न सकिन्छ तर बाघ मारेपछि सिकारले केही पनि छाड्दैनन्।
'त्यसैले संरक्षण क्षेत्र भित्र वा बाहिर कति मारिएका छन्, यकिन रुपमा भन्न सक्दैनौं,' खड्काले भने, 'यो तथ्यांक त बाहिर पक्राउ परेका व्यक्ति र उनीहरुले बरामद गरेका अंगहरुको विश्लेषणबाट मात्र आएको हो।'
संरक्षणमा सक्रिय संस्थाका केन्द्रीय तथा स्थानीय प्रतिनिधिका अनुसार बर्दिया र शुक्लाफा"टाका बाघ सिकारीको निसानामा बढी छन्। बाघका सिकारी र ओसारपसार गर्ने अधिकांश व्यक्ति बर्दिया, बा"के र शुक्लाफाँटा वन्यजन्तु संरक्षण क्षेत्रवरपर समातिएका छन्।
'पछिल्ला घटनामा बन्जाराहरु बढी समातिएका छन्। अहिलेको चुनौती नै सिकार र व्यापारमा उनीहरुको संलग्नता हो,' खड्काले भने, 'संरक्षण क्षेत्रवरपर बन्जाराहरुको गतिविधि बढिरहेको देख्दादेख्दै पनि सम्बन्धित निकाय संवेदनशील देखिएका छैनन्।'
उनले बाघका अंग व्यापार नियन्त्रणमा पछिल्ला दिनमा सफलता पाए पनि सिकार नियन्त्रण कमजोर हुँदै गएको औंल्याए। 'संरक्षण क्षेत्रभित्र हुने सिकार नियन्त्रण कार्यक्रम एकदमै कमजोर देखिएका छन्। संरक्षण क्षेत्रबाहिरको अवैध व्यापार नियन्त्रण प्रयास भने सफल छन्,' खड्काले भने, 'घटनाक्रमले संरक्षण क्षेत्रभित्रको संयन्त्र असफल देखिन्छ।'
सरकारले बाघ र अन्य वन्यजन्तुको संरक्षण, सिकार र व्यापार नियन्त्रणका लागि सन् २०१० यता तीनवटा संयन्त्र स्थापना गरिसकेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाघ संरक्षण समिति, वनमन्त्रीको अध्यक्षतामा वन्यजन्तु अपराध नियन्त्रण समन्वय समिति र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकको संयोजकत्वमा वन्यजन्तु अपराध नियन्त्रण ब्युरो बनाइएको छ।
'यी निकायमा सरोकारवाला सबै निकायको प्रतिनिधित्व छ। तिनले काम पनि गरिरहेका छन् तर जसले वनजंगल र वन्यजन्तुको बासस्थान संरक्षणको जिम्मेवारी लिएका छन्, उनीहरु कमजोर छन्, अहिलेको नतिजाको कारण पनि यही हो,' खड्काले भने।
त्यसो त बाघ गणना बर्ष २०१३ पनि दुखद नै रह्यो। यस बर्षमा नुवाकोटबाट मात्र एकै पटक बाघका ५ वटा सिङगो छाला, ७ वटा खप्पर र १२२ वटा कुकुर दा"त बरामद भएको थियो। त्यही वर्ष गोरखामा पनि दुइटा पूरा छाला र हड्डी भेटिएको थियो।
'तुलनात्मक रुपमा सन् २०१४ सुखद रह्यो। २०१५ लागेपछि सार्वजनिक भएका घटना हेर्दा बाघको संरक्षण संकटमा पर्योु,' उनले भने, 'बाह्रै महिना २४ घन्टा उच्च सतर्कता अपनाइएन भने बाघ जोगाउन गाह्रो पर्छ।'
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट डा. महेश्वर ढकाल अहिलेको अवस्थालाई बाघ संरक्षणमा 'संकटकाल' का रुपमा व्याख्या गर्छन्। 'सिकारीहरु व्यवस्थित र संगठनात्मक रुपमा बाघ मार्न लागेका छन्। सन् २००२ मा जसरी ३५ गैंडा मारिएका थिए, बाघको हकमा अहिले त्यही अवस्था हो,' उनले भने, 'हामी सबैले बाघबाघ भनिरहेका छौं, भोली त्यही जन्तु जंगलमा नहुने हो कि भन्ने चिन्ता बढेको छ।'
ढकालले संरक्षणको 'मोडालिटी' मै पुनः विचार र सोच्नुपर्ने अवस्था आएको बताउ"छन्। 'संरक्षण नीति, संगठन, कर्मचारीको मनोवृत्ति, अनुगमन र कार्यक्रमबारे नै विश्लेषण गर्नुपर्ने बेला भएको छ। हल्का रुपमा लिने अवस्था अहिले होइन,' उनले भने, 'हामी सबैका लागि दुःखद अवस्था हो।'
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक फणिन्द्र खरेल पनि बाघ मारिने क्रम बढेपछि सरकारी संयन्त्रसमेत समस्यामा परेको बताए। 'हामीले घटनाक्रमहरु अध्ययन गरिरहेका छौं। निकट भविष्यमा संरक्षणको नया" रणनीति बनाउने तरखरमा छौं,' खरेलले भने।
सन् २०१३ को गणनाअघि सन् २००८/०९ को गणनामा नेपालमा १ सय २१ वटा बाघ भेटिएका थिए। ०१३ मा यो संख्या बढेर १ सय ९८ पुगेको थियो। सन् २०१२ मा गरिएको बाघ र आहारा प्रजातिको सर्वेक्षण नतिजा चौथो बाघ दिवसका दिन सार्वजनिक गरिएको थियो।
क्योमरा ट्र्यापिङको परिमार्जित प्रविधि प्रयोग गरेर देशभर एकैपटक यो गणना गरिएको थियो। नेपाल–भारतको सीमा जोडिएका संरक्षित र राष्ट्रिय वन क्षेत्रमा दुवै देशको छुट्टाछुट्टै प्राविधिक टोलीले एकैपटक बाघ गणना गरेका थिए।
यो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटामा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र तथा आसपास वन क्षेत्रमा ७ र पछिल्लो निकुञ्ज बाँके र त्यसको मध्यवर्ती क्षेत्रमा ४ वटा बाघ फेला परेका छन्। यसअघिको गणनामा चितवनमा ९१, बर्दियामा १८, शुक्लाफा"टामा ७, पर्सामा ४ वटा मात्र बाघ थिए।
पछिल्लो गणना तथा सर्वेक्षणले बाघको प्रमुख आहारा मानिएका चित्तल, जरायो, ब"देल, बाह्रसिङगा, लगुना, रतुवा र बाँदरको घनत्व पनि बढेको देखाएको थियो। बर्दियामा आहारा प्रजातिको घनत्व प्रतिवर्गकिलोमिटर ९२ दशमलव ६०, शुक्लाफा"टामा ७८ दशमलव ६२, चितवनमा ७३ दशमलव ६३, पर्सामा २५ दशमलव ३३ र बा"केमा १० दशमलव २७ पाइएको छ।
निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्र बाहेक कैलालीको बसन्ता र छत्तिवन जंगल, बर्दियाको कतरनियाँघाट, चितवनको माडी र बरन्डाभार, बारा, दाङ र कपिलवस्तुको राष्ट्रिय वन बाघको संभावित बासस्थान मानिन्छन। सन् २००५ मा १२६, सन् २००० मा १०९ र १९९८ मा ९८ वटा बाघ पाइएका थिए।
सन् १९९९ देखि २००६ बीचमा नेपालमा प्रत्येक बर्ष ५ वटा बाघ सिकारीले मारेका छन। ००६ देखि ०१२ सम्मको पछिल्लो तथ्याङ सरकारले पनि उपलब्ध गराएको छैन। संसारमा पाइने र पाइएका ८ प्रजातीमध्ये तीन प्रजाती बाली, जाभा र क्यासपियन सन् १९८० को दशकमै लोप भइसकेका छन। बाघ स्वस्थ्य पारिस्थितिक प्रणालीको सुचक मानिन्छ। यो एशिया महादेशका १३ राष्ट्रमा मात्र पाइन्छ। पा"च प्रजातीका मात्र पाइन्छन। ती प्रजातीमध्ये नेपालमा पाइने बंगाल टाइगर हो। अन्य प्रजातीको तुलनामा यसको संख्या धेरै छ। विश्व वन्यजन्तु कोष (ग्लोबल)का अनुसार भारत, नेपाल, बंगलादेश र भुटानमा गरी बंगाल टाइगरको संख्या करिब १८ सय ५० छ। यसमध्ये सबैभन्दा बढि भारतमा १४ सयको हाराहारीमा भएको बताइन्छ। अन्य प्रजाती साइवेरियन (४५०), साउथ चाइना (३०–८०), इन्डोनेशियन (३००) र सुमन्त्रा (४००) गरी विश्वका १३ मुलुकमा बाघको अनुमानित कुल संख्या ३ हजार ५५ को हाराहारीमा छ।