कपिलवस्तुमा नक्कली डाक्टरकाे बिगबिगी
०२ भदौ २०७९
•
५ मिनेट पाठ
कपिलवस्तुमा नक्कली डाक्टरकाे बिगबिगी
गत शनिबार कपिलवस्तुको सुद्धोदन गाउपालिका–५ हथिहवा शविलवाका पन्नालाल राजभरको छोराको कान दुख्यो। नजिकै रहेको सहानी मेडकिल लगेर देखाए। आफूलाई डाक्टर भन्ने बिनय कुमार मल्लाहले 'मोनसेक' नामक सुइ पाखुरामा लगाइ दिए। 




त्यसको १० मिनेटमै १४ वर्षीय छोरा दुर्गेश राजभर बेहोस भए। थप उपचार गराउन लबनी अलशेख अस्पताल लगे। त्यहाँ उपचार हुन सक्दैन भनेपछि तौलहिवा जिल्ला अस्पताल ल्याउँदा बाटोमै बच्चाको मृत्यु भयो। घटनालगत्तै परविारको आग्रहमा नक्कली डाक्टर तथा सो मेडिकलका संचालक अम्रेश सहानीलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ गरिएका सहानीसँग मेडकिल प्रमाणपत्र, मेडकिल काउन्सलि तथा अन्य चकित्सिकसम्बन्धी कुनै कागजात नरहेको प्रहरी नरीक्षक रेशम पौडेलले जानकारी दिए। सहानी जस्तै जिल्लाका गाउँदेखि शहरमा नक्कली झाले डाक्टरहरु कै बिगबिगी छ। उनीहरुले मान्छेको जनस्वास्थयमाथि खेलवाड गरीरहेका छन्। उनीहरु कै कारणले कैयाैंले ज्यान समेत गुमाएका छन्। 

तर जिल्लाका गाउँदेखि शहरमा नक्कली डाक्टरले गैर कानुनीरुपमा खुलेयाम औषधि पसल र क्लिनिक संचालन गरे पनि सरोकारवाला मौन बसेका छन्। अनुगमन, निरीक्षणमा चासो नदिँदा अवैध औषधि पसल खुल्ने क्रम बढदै गएको छ।  

अनुगमन गर्ने निकाय मौन बस्दा यहाँ ग्रामीण भेगदेखि शहर बजारमा गैर कानूनी औषधि पसलको संख्या दिननुदिन बढदै गएको हो। औषधि व्यवस्था विभाग, प्रशासन, प्रहरी तथा स्वास्थ्य कार्यालय लगायत कुनै पनि निकायाले पनि त्यस्ता पसल संचालनमा रोक नलगाउदा यहाँको जन स्वास्थय समस्या जटिल बन्दै गएको छ।  

यहाँ अधिकांश औषधि पसलहरु गैरकानूनी रुपमा सञ्चालन भइरहेका छन्। औषधि पसल सञ्चालनको लागि औषधि व्यवस्था विभागबाट अनिवार्य दर्ता गराउनु पर्ने प्रावधान छ दर्तावाल औषधि पसलमा औषधि मात्र बिक्री गर्न पाईन्छ। क्लिनिक संचालन गर्न गरेपछि मात्र चेकजाँच र उपचार गर्न पाईने नियम छ। क्लिनिक संचालनकालागि जिल्ला स्वास्थ्य कार्यालयसँग अनिवार्य स्विकृति लिनु पर्ने प्रावधान रहेको छ। 

तर, त्यस विपरित जिल्लामा दुई सय भन्दा बढी औषधि पसल सञ्चालनमा रहेको औषधि व्यवसायी संघले जनाएको छ। पसल मात्र नभई झोला छाप र भारतीय नक्कली डाक्टरहरु समेत दर्जनौको संख्यामा रहेका छन्। ‘यस्ता गैरकानूनी पसल तथा झोले डाक्टरहरु जिल्लाका ग्रामिण भेगमा जरा गाडेर बसेका त छन् नै सदरमुकाममा समेत किराना पसल झै छ्यापछयाप्ती छन्’ औषधि व्यवसायी संघका पूर्वजिल्ला सचिव मनिराजम पाण्डेयले भने, ‘तर कारबाही गर्ने आँट कसैबाट भएको छैन।’ जिल्लामा कति दर्तावाल औषधि पसल छन् र कति छैनन् त्यसको तथ्याङ्क राख्ने निकाय समेत जिल्लामा छैन। त्यस्ता पसलमा प्रतिबन्धित, म्याद नाघेका तथा कमसल तथा नक्कली खालका औषधिहरु बिक्री हुने गरेको पाण्डेय बताउँछन्। जसका कारण स्वास्थ्य सेवा झन जटिल बन्दै गइरहेको छ। 

औषधि पसल सञ्चालनका लागि फार्मेसी विषयमा अध्ययन गरेको वा औषधि व्यवस्था विभागद्वारा प्रदान गरिने तालिममा सहभागी भएका लाई मात्र विभागले औषधि पसल सञ्चालनको लागि स्विकृति पत्र प्रदान गर्ने गर्दछ। दर्तावाल औषधि पसल र निजी क्लिनिक प्राप्त औषधि पसलहरुले राजस्व कार्यालयमा समेत दर्ता गराउनु पर्छ। उता विना इजाजतका त्यस्ता पसलहरुका कारण सरकारलाई लाखौं रुपैयाँको राजस्व समेत घाटा लागिरहेको छ। औषधि विक्रेताहरुले भारतीय सीमानाबाट विना भन्सार प्रतिबन्धित लगायतका अन्य औषधिहरु समेत नेपाल भित्रयाउने गरेको कारण आफूलाई समस्याका साथै व्यवसायमा समेत घाटा व्यहोर्नुपरेको दर्तावाल व्यवसायीहरुले गुनासो गरेका छन्। 

स्वास्थ्य कार्यालयका हेमराज पाण्डेयले अनुमति वगेरका औषधि पसल र क्लिनिक सञ्चालन गर्नु अवैधानिक कार्य भएको बताए। ‘गाउँदेखि शहरसम्म गैर कानुरी औषधि पसल संचालन गरको सुनोका छौं, तर समन्वय र सहयोगको अभावमा अनुगन हुन नसक्दा समस्या बढदै गएको छ,’ उनले भने ‘सो समस्यामा हाम्रो पनि ध्यान पुग्न सकेको छैन। ’जिल्लामा यसको संजाल व्यापक भएको तर औषधि व्यवस्था विभागको जिल्लामा कार्यालय नहुँदा अनुगमनको समस्या देखिएको उनले बताए।

अवैध औषधि पसलेहरुले जनस्वास्थय संग प्रत्यक्ष खेलवाड गरिरहेको भन्दै पाण्डेयले अवैध क्लिनिक तत्कालै बन्द गर्नु पर्ने बताए। अनुगमनका लागि आफूले प्रशासन कार्यालय, प्रहरी र स्थानीय निकायसँग समन्वय गर्ने उनले बताए। प्रशासन कार्यालयका सहायक प्रजिअ अनिमल पौडेलले कानुनी औषधि पसलको अनुगमनमा स्वास्थ्य  कार्यालयले तत्परता देखाउनु पर्ने बताए। ‘हामीले सहयोग गर्न तयार छौं, स्वास्थ्य कार्यालयले अग्रसरता देखाउनु पर्यो ’  

जन गुनासो बढेपछि अनुगमन गर्दै प्रशासन  

जन गुनासो बढेपछि प्रशासन कार्यालयले अनुगमनलाई तीव्रता दिएको जनाएको छ। गत साता सहायक प्रजिअ अनिल पौडेलको अगुवाईमा महराजगंज नगरपालिका २ वटा मेडिकल स्टोरमा अनुमगन गरिएको थियो। सोक्रममा आवश्यक कागजातहरु नभेटिएपछि वडा नम्बर १० बिजगौरीको पबित्र बिश्वास मेडीकल स्टोर र महराजगंज नगरपालिका वडा नम्बर १ स्थित नानीमाया आचार्य मेडिकल स्टोरलाई पसल बन्द गरी हाँजिर हुन निर्देशन गरिएको पौडेलले बताए। 

उता प्रअिज धर्मेन्द्र कुमार मिश्रको अगुवाईमा महराजगंज र शिवराज नगरपालिकाका गरी ८ वटा मेडीकल स्टोरमा अनुमन गरिएको थियो। अनुगमनका क्रममा शिवराज नगरपालिकाको थुन्हिया चोकमा बिकास बिश्वास नामक बंगाली डाक्टरले संचालन गरको मेडिकल स्टोरमा ईजाजत बिना संचालन गरेको भेटियो। बिश्वासले आफू भारतको कलकत्ताको भएको र कक्षा १० सम्म पढेको बताएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए। ‘बिश्वासको औषधि पसल औषधि व्यवस्था बिभागमा दर्ता नभएको, कुनै बिल नभएको, प्रतिबन्धित भारतीय औषधि समेत भेटाएको थियौं’ उनले भने। 

सो पसलमा गर्भपतनको औषधि समेत भेटिएको प्रजिअ मिश्रले बताए। सो पसललाई सिल गरी प्रशासन कार्यालयमा हाँजिर हुन निर्देशन दिएको उनले बताए। महराजगंज नगरपालिकामा रहेको अपना स्वाथ्य क्लिनिकका संचालक भने अनुगमन टोलीलाइए देखेर भागेका थिए। सो क्लिनिकमा टिटिको भ्याक्सिन बाहिर अलपत्र अवस्थामा राखिएको थियो। यस्तै शिवराज नगरपालिका वडा नम्बर ३ स्थित राहुल श्रीवास्तवले नाम समेत नभएको क्लिनिक संचालन गरेर बसेका थिए। यस्तै शिवराज नगरपालिका ८ खैरेन्द्रपुरमा जितु श्रीवास्तवले नाम नभएको स्वास्थय क्लिनिक संचालन गरेका थिए। अनुगमन टोलीलाई देखेपछि उनी त्यहाँबाट गायब भएका थिए। 

टोलीले महाराजगंजको सिफा फार्मेसी, महाराजगंज प्याथोलोजी, रन्जु फार्मेसी लागयतको अनुगमन गरेका थियो। ‘धेरै औषधि पसल अवैधरुपमा संचालन गरेका पायौं’ प्रजिअ मिश्रले भने मापदन्ड विपरित संचालित क्लिनिकहरुलाई सिल गरी प्रशासनमा आउन निर्देशन दिएको छौं,' उनले अनुगमनलाई निरन्तरात दिने बताए। अनुगमन टोलीमा प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्हरी उपरिक्षक सुर्य बहादुर सेन ओली, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख योगेन्द्र केसी, स्वास्थ्य कार्यालयका प्रतिनिधि लगायतका रहेका थिए। 
अर्को समाचार
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
२ मिनेट अघि
•
१ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत फोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुनर्जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।




फोक्सिन्टारमा बेलिब्रीज पुनर्जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।

गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीज पुनर्जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।

नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीज पुनर्जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।

इन्जिनियर गोलेका अनुसार बेलिब्रीज पुनर्जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्‍याउने देखिएको कार्यालयले जनाएको छ।

उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थित झोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।

उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फ खोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।

डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।

पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारको बेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।

त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।

तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
यो पनि पढौँ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस