धरहरा पुनर्निर्माणः नाफा कमाउनेलाई उन्मुक्ति
०४ फागुन २०७२
•
१८ मिनेट पाठ
धरहरा पुनर्निर्माणः नाफा कमाउनेलाई उन्मुक्ति
काठमाडौं–नाफा कमाउने उद्देश्यले निजी कम्पनीलाई २० वर्षका लागि ठेक्का दिइएको पुरातात्विक सम्पदा धरहरा सरकारले जनताको पैसाले पुनर्निर्माण गर्ने घोषणा गरेको छ। वैशाख १२ को भूकम्पमा ढलेको धरहरा पुनर्निर्माणको कानुनी दायित्व २०६१ बाट त्यसको सञ्चालन, संरक्षरण, मर्मतसम्भार एवं पुनर्निर्माणको जिम्मा लिएको निजी कम्पनी साइडवाकर्स ट्रेडर्स प्रालिकै हो।काठमाडौं महानगरपालिकासँग भएको उक्त करार सम्झौता हेर्दै नहेरी सरकारले मंगलबार धरहराको भग्नावशेष परिसरमा कार्यक्रम गर्दै जनता र सरकारको सहकार्यमा पुनर्निर्माण योजना अघि सारेको हो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भत्किएको धरहरा सर्वसाधारणको पैसाले बनाउने घोषणा मात्र गरेनन्, त्यसमा आफ्नो एक महिनाको तलब दान दिनेसमेत उद्घोष गरे ।

हचुवाको भरमा भाषण गर्दै हिँडेको आरोप खेपिरहेका उनले धरहरा पुनर्निर्माणको संकल्प कार्यक्रममा तयारीबिनै गएको पुष्टि गरे । ओली यत्तिमै अडिएनन्, उनको अध्यक्षतामा मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सबै ४० सदस्यबाट एक महिनाको तलब धरहरा पुनर्निर्माणमा लगाउने निर्णय लियो । बैठकले यसमा साथ दिन कर्मचारी र सर्वसाधारणलाई अनुरोध गर्ने निर्णयसमेत ग¥यो ।

'हामी सबैले एक–एक महिनाको तलब धरहरा बनाउन दिन्छौं,' मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री शेरधन राईले भने । कानुनतः धरहराको स्वामित्व सरकारसँग छैन, २० वर्षका लागि स्वामित्व लिएर पुरातात्विक  क्षेत्रको व्यापारीकरणमा सक्रिय साइडवाकर्स प्रालि धरहराको वास्तविक जिम्मेदार हो । महानगरपालिका र साइडवाकर्सबीच धरहरा प्रयोगसम्बन्धी सम्झौता खारेज भएको छैन ।

उक्त सम्झौताअनुसार अझै ९ वर्ष धरहरा र सुन्धारा क्षेत्र निजी कम्पनी साइडवाकर्सकै जिम्मामा छ । धरहरा भत्किएसँगै भग्नावशेष क्षेत्र जस्तापाताले बारिए पनि त्यसका वरिपरि बनेका व्यापारिक भवनको प्रयोग अहिले पनि उसैले गरिरहेको छ । २०६१ वैशाख ३१ मा महानगरपालिका र साइडवाकर्सबीच भएको सम्झौतामा 'सम्झौता अवधिमा धरहरा भत्किए, बिग्रिए पुनर्निर्माणको सबै जिम्मेवारी सोही कम्पनीको हुने' उल्लेख छ ।

'धरहरामाथिबाट सर्वसाधारणलाई सशुल्क दृश्यावलोकन गराउने अधिकारसँगै सम्झौता अवधिभर धरहराको सुरक्षा, रंगरोगन तथा कुनै कारणवश भत्किए वा चर्किएमा सोको पुनर्निर्माणको जिम्मा दोस्रो पक्ष (साइड वाकर्स) को हुनेछ,' सम्झौताको बुँदा नम्बर ५ मा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले साइडवाकर्सको नामै नलिई जनतासँग पैसा उठाएर धरहरालाई नेपालीकै पैसाले पुरानै अवस्थामा फर्काउने घोषणा गरे । 'मेरो एक महिनाको तलब राखेर भोलि नै खाता खोलिदिनुस्,' प्रधानमन्त्री ओलीले कार्यक्रममा सहभागी मन्त्री र सरोकारवाला निकायलाई निर्देशन दिँदै भने, 'म बनाउँछु धरहरा भन्दै पैसा संकलन गरौं, सबै काममा विदेशीको सहयोगको भर नपरौं ।' स्थानीय तथा धरहरा क्षेत्रको व्यापारीकरणको विपक्षमा पटक–पटक आन्दोलन नेतृत्व गरेका वसन्तपुरका गणपतिलाल श्रेष्ठले प्रधानमन्त्रीको भाषणलाई 'हावादारी' भने ।

'११ वर्षसम्म पुरातात्विक क्षेक्रलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्ने कम्पनीलाई सम्झौताअनुसार पुनर्निर्माण गराउनुको साटो जनताबाट पैसा उठाएर बनाउने सरकारी योजना शंकास्पद छ,' श्रेष्ठले भने, 'यो योजनामा स्थानीयको सहभागिता र समर्थन रहँदैन ।' महानगरस्रोतका अनुसार प्रधानमन्त्री ओलीले कार्यक्रममा धरहरा पुनर्निर्माणको योजना सार्वजनिक गर्नुअगाडि सरोकारवाला निकाय महानगरका जिम्मेवार अधिकारीसँग समेत छलफलै गरेका थिएनन् । महानगरका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत कार्यक्रम गर्ने जानकारी गराएपछि महानगरपालिकाले कार्यक्रमको चाँजोपाँजो मिलाएको थियो ।

भूकम्पमा धरहरा भत्किएलगत्तै त्यसको पुनर्निर्माण कसले गर्ने भन्ने सामान्य छलफल बाहेक प्रक्रिया अगाडि बढेको थिएन । निजी कम्पनीसँग आफ्नो कार्यालयले गरेको सम्झौताबारे जानकार भए पनि महानगरका अधिकारी मौन बसे । धरहरा भत्कँदा करिब ५० जनाको ज्यान गए पनि मृतकका परिवारलाई साइडवाकर्सले सम्झौताअनुसार बिमा रकम नदिएको बारे समेत महानगरका अधिकारी मौन बसे ।

प्रधानमन्त्रीले मंगलबार एकाएक ल्याएको धरहरा पुनर्निर्माण योजनाबारे महानगरका प्रमुख रुद्रसिंह तामाङसँग जिज्ञासा राख्दा उनले धरहराको सम्झौताबारे प्रधानमन्त्रीसँग छलफल हुन नपाएको जानकारी दिँदै अब सरकारले भनेअनुसार पुनर्निर्माण हुने बताए । उनका अनुसार धरहरा पुनर्निर्माण डिजाइनका लागि पुरातात्विक विभागमा पत्र लेखे पनि त्यसको उत्तर आएको छैन । महानगर र साइडवाकर्सबीच भएको सम्झौताबारे पुरातŒव भने जानकार रहेको उनले बताए ।

प्रधानमन्त्रीको योजनामा पुनर्निर्माण प्राधिकरणका अधिकारीसमेत सहमत देखिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री ओलीको भाषणलाई समर्थन गर्दै धरहरा जनताको पैसाबाट बनाउने उल्लेख गरे पनि त्यसबारे विस्तृत अध्ययन भने नभएको स्विकारे । 'धरहरा जनताको पैसाबाट बनाउने भन्ने तय भएको छ,' ज्ञवालीले भने, 'यसको विस्तृत अध्ययन भने भएको छैन ।'

धरहरा सम्झौतामा सुरुदेखि विवाद

काठमाडौं महानगरपालिकाको मेयर भएलगत्तै केशव स्थापितले धरहराको व्यापारीकरणको योजना ल्याएका थिए । सार्वजनिक निजी साझेदारी नीतिलाई अगाडि सार्दै उनले 'विरुप भएको धरहरा क्षेत्रलाई पर्यटकीय बनाउने' प्रस्ताव अगाडि बढाएपछि सरकारले २०५५ कात्तिक १ गते ५० वर्षको स्वामित्वसहित धरहरा महानगरलाई जिम्मा दियो ।

महानगरले जिम्मेवारी पाएलगत्तै उसले साइडवाकर्सलाई 'सुन्धारा–धरहरा क्षेत्रको पुनर्निर्माण र व्यापारिक उपयोगको अधिकार दिएको खुलासा भएपछि स्थापित विवादमा आए । यो विवाद मुद्दाका रुपमा सर्वोच्च अदालत पुगेपछि स्थापितले सरकारले स्वामित्व दिने निर्णय गर्नुअगाडि नै धरहराको जिम्मेवारी निजी कम्पनीलाई दिएको ठहर गर्दै सो सम्झौता खारेज गरेपछि उनको प्रयास तुहियो ।

ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्थापित मनोनीत मेयरका रुपमा पुनः महानगरको प्रमुख बनेपछि उनले पुनः तुहिएको योजना अगाडि बढाए । धरहरा खुलाएर व्यापारिक दोहन गर्ने योजनामा सिद्धबहादुर गुरुङ अगाडि देखिए । उनलाई संगठित अपराधमा कहलिएका दीपक मनाङेलगायतको साथ थियो । मनाङे आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको मुद्दामा तानिएपछि साइडवाकर्समा उनको २० प्रतिशत सेयर रहेको खुलेको थियो ।

गुरुङ र स्थापितबीच सहजकर्ताका रुपमा सञ्जिव तुलाधर सक्रिय थिए जो साइडवाकर्सका प्रबन्ध निर्देशक थिए । स्थापित मेयर भएपछि उनले धरहरा निजी क्षेत्रलाई दिनसक्ने भन्दै स्थानीय विरोधमा उत्रिएका थिए । पुरातात्विक क्षेत्रको पुनर्निर्माण भए पनि व्यापारीकरण हुन नहुने भन्दै स्थानीय विपक्षमा उभिए पनि उनी रोकिएनन् ।

स्थापितले सुरुमा आफू निकट एक इभेन्ट कम्पनीमार्फत धरहरा एक दिन खुलाए अनि त्यसैका आधारमा काठमाडौंको दृश्य हेर्न धरहरा सुरक्षित रहेको भन्दै उनले २०६१ वैशाख ३१ मा सुन्धारा क्षेत्र साइडवाकर्सलाई सुम्पिएका थिए ।

धरहराको दोहन, सुन्धारा बेहाल

२ सय ५० फिट अग्लो धरहरा १९९० को भूकम्पले ढलेपछि तत्कालीन सरकारले २ सय ३ फिट अग्लो धरहरा निर्माण गरेको थियो । २०६१ मा महानगर र साइडवाकर्सबीच भएको सम्झौताको ४ नम्बर बुँदामा ५ रोपनी २ आना क्षेत्रफल रहेको सुन्धारा–धरहरा क्षेत्र सर्वसाधारणको प्रयोगका लागि नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको सालिकसहितको पार्क तथा व्यवस्थित उद्यान, स्मारिका पसल, फलफूल पसल, सञ्चार क्षेत्र तथा सर्वसाधारणले प्रयोग गर्न सक्ने सार्वजनिक शौचालयसहितको चमेनागृह दोस्रो पक्ष( साइडवाकर्स) ले खोल्न र चलाउने पाउने उल्लेख छ ।

सम्झौताको ५ औं बुँदाले धरहरामा सर्वसाधारणलाई सशुल्क चढाउने अधिकार साइड वाकर्सले पाएलगत्तै उसले उद्यान निर्माण र धरहरा रंगरोगन गरी सञ्चालनमा तत्काल ल्यायो । चमेनागृह र शौचालय बनाउने बुँदामा टेकेर उत्तरतिर भवन बन्यो जसको प्रयोग केवल व्यापारिक योजनामा भयो ।

सम्झौताअनुसार सुन्धारा क्षेत्रको पुनर्निर्माण, सुन्धाराबाट पानी ल्याई सो क्षेत्रको विकासको जिम्मेवारीसमेत साइडवाकर्सकै हो । तर, उसले यो ११ वर्षको बीचमा केवल धरहरा क्षेत्रको मात्रै दोहन गरिरह्यो । सुन्धारा क्षेत्र उस्तै बिरुपै रह्यो ।

वाकर्सले सम्झौता पालना नगरे पनि महानगरपालिकाका अधिकारी मौन रहे । पुराताŒिवक क्षेत्रको पूर्ण व्यापारीकरण हुँदासमेत महानगरले हस्तक्षेप त के सम्झौताअनुसार आफूले पाउनुपर्ने रकमसमेत समयमै उठाउन सकेनन् । धरहरा भत्किइसक्यो तर अझै महानगरले साइडवाकर्सबाट करिब ४० लाख पाएकै छैन ।

महानगरका अधिकारी मौन रहे पनि स्थानीय पुराताŒिवक सम्पदाको चरम व्यापारीकरणको विपक्षमा उभिई रहे । महानगरले विवादित साइडवाकर्सलाई पहिलो सम्झौता पालना गराउनुको साटो २०६९ चैत ५ मा पुरक सम्झौता गर्दैै थप अधिकार दिएपछि स्थानीय आन्दोलित भए । महानगरले उसलाई हनुमानढोका दरबार क्षेत्र घुम्न आएका पर्यटकलाई धरहरा घुमेको समेत शुल्क उठाउने अधिकार दिएपछि धरहरा, वसन्तपुर र न्युरोडका स्थानीय १० महिनासम्म आन्दोलित भए । स्थानीयको आन्दोलनसँगै यो मुद्दा सर्वोच्च पुगेपछि अदालतले पुरक सम्झौता खारेज गरिदियो ।

सम्झौता उल्लंघन

साइडवाकर्स ट्रेडर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौताविपरीत काम गरिरहेको छ । कतिपय सम्झौताअनुसारको काम भने गरेको देखिँदैन । महानगरपालिकाका कर्मचारीसँगको मिलेमतोमा कारबाहीबाट पनि जोगिएको साइडवाकर्सले पर्यटक सेवा तथा सुविधासम्बन्धी संरचना बनाउनुपर्ने भए पनि त्यसलाई मिचेर जथाभावी संरचना बनाएको छ ।

कित्ता नम्बर १०४ को पाँच रोपनी दुई आना तीन पैसा जग्गामध्ये टक्सार विभाग जाने बाटोदेखि खिचापोखरीतर्फ १४५.३ इन्च लम्बाइ र २८.३ इन्च चौडाइ क्षेत्रफल रहेको जग्गामा एउटा रेस्टुरेन्ट, पर्यटक सञ्चार केन्द्र, दुईवटा शौचालय र दुईवटा सोभेनियर पसल खोल्नुपर्ने मूल सम्झौतामा छ । तर, त्यसविपरीत त्यहाँ आधा दर्जनभन्दा बढी कपडा तथा जुत्तापसललाई साइडवाकर्सले भाडामा लगाएको छ । सुन्धारातर्फ दुईवटा शौचालय, पर्यटक सञ्चार केन्द्र, रेस्टुरेन्टको भान्सा, काउन्टर र त्यसपछि मात्र बस्ने ठाउँ बनाउनुपर्ने सम्झौतामा छ ।

नक्सामा उल्लेख गरिएको ठाउँसँग नमिल्ने गरी एउटा रेस्टुरेन्ट सञ्चालन गर्नुबाहेक साइडवाकर्सले पर्यटकको सेवा र सुविधाका लागि कुनै संरचना बनाएको छैन । नक्साविपरीत साइडवाकर्सले धरहरा छिर्ने गेटअगाडि मम पसल खोलेर अहिलेसम्म चलाइरहेको छ । भीमसेन थापाको सालिक स्थापना गर्ने, सुन्धारामा पानी झार्नेलगायत काम साइडवाकर्सले थालेकै छैन । तेस्रो पाटीलाई कुनै जिम्मेवारी दिन नपाइने सम्झौता हुँदाहुँदै साइडवाकर्सले धरहरा चढ्ने टिकट धरहरा हाउस प्रालिका नाममा बेचेको थियो ।

सर्त, बन्देज तथा दायित्वको यथार्थ परिपालन नगरे एक महिनाको समयसीमा दिएर सम्झौता भंग गर्न सक्ने वा सुधार गर्न आग्रह गर्नुपर्ने लेखिए पनि महानगरपालिकाले केही गर्न सकेको छैन ।

यतिका सम्झौताविपरीत काम हँुदाहुँदै महानगरपालिकाले साइडवाकर्सलाई हनुमानढोका दरबार क्षेत्र घुम्न आउने विदेशी पर्यटकलाई धरहरा क्षेत्रको पनि बाध्यात्मक शुल्क उठाउने पुरक सम्झौता २०६९ चैत ५ गते गर्यो । हनुमानढोका आउने विदेशी पर्यटकसँग बाध्यात्मक धरहरा क्षेत्रको पनि शुल्क उठाउने काठमाडौं महानगरपालिका र साइडवाकर्स ट्रेडर्स प्रालिको पुरक सम्झौता सर्वोच्च अदालतले करार ऐनलगायत विभिन्न ऐनविपरीत भन्दै ०७० पुस १६५ गते खारेज गरेको थियो ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस