भूकम्पपछि पनि साइड वाकर्स फाइदामा
०५ फागुन २०७२
•
८ मिनेट पाठ
भूकम्पपछि पनि साइड वाकर्स फाइदामा
काठमाडौं- भूकम्पको शक्तिशाली धक्कासँगै धरहरा तहसनहस भए पनि त्यसको संरक्षणको जिम्मेवारी पाएको निजी कम्पनी साइड वाकर्स ट्रेडर्स प्रालि आर्थिक फाइदामै रह्यो। भग्नावशेष संरक्षणका लागि जस्तापाताले धरहरा मूलक्षेत्र घेरा लगाए पनि भूकम्पपछिका १० महिनापछि पनि खुला स्थानको व्यापारिक प्रयोग रोकिएन।सरकार धरहरा पुनः ठड्याउने आर्थिक स्रोत खोज्नमै व्यस्त रह्यो, उता निजी कम्पनी साइड वाकर्सले यो अवधिमा त्यही स्थान प्रयोग गरेर ६० लाखभन्दा बढी कमायो।

मूल परिसरबाहिर रहेको भवनमा रहेका पसल र मूल परिसरमा रहेको होटल अहिले पनि निर्बाध चलिरहेका छन्। सरकार जनतासँग पैसा उठाएर धरहरालाई पुरानै अवस्थामा ठड्याउने योजनाको रेखा कोर्न व्यस्त हुँदा निजी कम्पनी भने त्यसैको आडमा मासिक लाखौं आम्दानी गरिरहेको छ।

भूकम्पपछि तहसनहस भएको पुरातात्विक क्षेत्रको पुनर्निर्माण गर्ने भने पनि महानगरपालिकाले धरहराको जिम्मेवारी पाएको साइड वाकर्ससँग भूकम्पपछि एउटा पनि औपचारिक बैठक गरेन। महानगरपालिका मौन बसिरह्यो, साइड वाकर्सले पुरातात्विक सम्पदा क्षेत्रलाई व्यापारिक हबका रुपमा निर्बाध प्रयोग गरिरह्यो।

धरहरा क्षेत्रको उत्तरतिर रहेको भवनमा सञ्चालित करिब एक दर्जन पसल र परिसरको होटल अहिले पनि निर्बाध चलिरहेका छन्, जसबाट साइड वाकर्सले यो बीचमा ६० लाख आम्दानी गरिसकेको छ।

२०६१ वैशाख ३१ देखि सम्झौता अवधिभर (२० वर्ष) धरहराको रङरोगन, सुरक्षा र कुनै कारणवश भत्किए सोको पुनर्निर्माण जिम्मा कम्पनीको हुने,' बुँदामा टेकेर भूकम्प गएको १३ औं दिनमा साइड वाकर्सले सम्झौता अनुसार आफूले धरहरा पुनर्निर्माण गर्ने दाबी गर्दै महानगरपालिकामा पुनर्निर्माण अनुमतिका लागि निवेदन दर्ता गराएको थियो।

स्रोतका अनुसार महानगरपालिकाले साइड वाकर्ससँग भूकम्पको क्षतिको विवरण यथाशीघ्र पठाउन पत्र पठाएको थियो। साइड वाकर्सले महानगरको पत्रको जवाफै दिएन भने महानगरका अधिकारीले ऊसँगको सम्झौता पुनरावलोकन प्रक्रियासमेत अगाडि बढाएनन्। साइड वाकर्ससँग क्षतिको विवरण माग्नुसाटो उसले पुरातत्व विभागसँग धरहराको ड्रइङ र डिजाइन माग्न केन्द्रित हुँदै मंसिर २३ मा पत्र पठायो।

'साइड वाकर्सले अहिलेसम्म भूकम्पपछिको सुन्धारा–धरहरा क्षेत्रको क्षतिको विवरण पठाएको छैन,' महानगर स्रोतले भन्यो।

सम्झौताअनुसार '२० वर्ष अवधिभर कुनै कारणवश भत्किए वा चर्किए सोको पुनर्निर्माणको जिम्मा साइड वाकर्सकै हो। तर, सरकार सम्झौताअनुसार धरहराको पुनर्निर्माण गराउनु साटो जनतासँग पैसा उठाएर धरहरा बनाउने प्रचारमुखी योजनामा केन्द्रित भयो।

विस्तृत अध्ययन र योजना बनाउनु साटो भूकम्पपछि क्षति भएका संरचना निर्माणका लागि गठित पुनर्निर्माण प्राधिकरणका अधिकारी समेत बिनायोजना आएको सरकारी घोषणालाई नै हौस्याउन केन्द्रित देखिए।

पुनर्निर्माण प्राधिकरणका कामु सचिव मधुसुधन अधिकारीले महानगर–साइड वाकर्सबीच भएको सम्झौतामा सम्झौता अवधिभर धरहरा भत्किए साइड वाकर्सले बनाउनुपर्ने सर्त नै नरहेको दाबी गरे।

'एउटा निजी क्षेत्रले धरहरा पुनर्निर्माण गर्छ?' सम्झौताको बुँदा नम्बर ५ मा रहेको प्रावधानबारे जानकारी दिँदा बुधबार उनले नागरिकसँग झोक्किँदै भने, 'घर भत्कियो भने घरभाडा बस्नेले घर बनाउँदाको मूल्य तिर्नुपर्छ र?'

महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ धरहरा पुनर्निर्माण कसको जिम्मेवारी भन्ने विषयमा प्रवेशै गर्न चाहेनन्। पुरातत्वले डिजाइन दिए धरहरा बनाउन महानगर सक्षम रहेको दाबी गर्दै उनले देखिएका समस्या समाधान गरेर अगाडि बढाउनुपर्ने बताए।

सम्झौता तोड्ने तयारी

महानगर–साइड वाकर्सबीच सम्झौता नै नहेरी प्रधानमन्त्री केपी ओलीले मंगलबार जनताको पैसाले धरहरा पुनर्निर्माण गर्ने घोषणा गरेका थिए। सम्झौताअनुसार धरहरा पुनर्निर्माणको दायित्व साइड वाकर्सको भएको विषयमा नागरिकले बुधबार समाचार सम्प्रेषण गरेपछि बुधबार पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका सचिव प्रेमकुमार राईले महानगरका अधिकारीसँग कानुनी पाटोबारे चासो राखेका थिए।

स्रोतका अनुसार बुधबार दुवै जनाले महानगरका कार्यकारी प्रमुख तामाङलाई फोन गरेर सो विषयमा जानकारी लिएका थिए। टेलिफोन छलफलमा साइड वाकर्ससँगको सम्झौता तोडेर प्रधानमन्त्रीको योजनाअनुसार धरहरा पुनर्निर्माण गर्ने सहमति बनेको स्रोतको दाबी छ।

'उहाँहरुले फोन गर्नुभएको थियो,' तामाङले छलफल पुष्टि गर्दै भने, 'साइड वाकर्ससँगको समस्या समाधान गरेर पुनर्निर्माणमा जानुपर्ने सल्लाह भयो।'

महानगर र साइड वाकर्सबीच सम्झौतामा साइड वाकर्सले सम्झौताअनुसार काम नगरे सम्झौता तोड्न सक्ने अधिकार महानगरमा छ। महानगर–साइड वाकर्सबीच २०६८ माघ २२ को पुनरावलोकन सम्झौताको बुँदा ९ अनुसार 'सम्झौताअनुसार दायित्व परिपालन नगरे प्रथम पक्ष (महानगरपालिका)ले एकतर्फी रुपमा सम्झौता भंग गरी सुन्धारा क्षेत्र आफैंले जिम्मेवारी लिन सक्ने' उल्लेख छ।

सुन्धारा धरहरा क्षेत्र नै जिम्मा पाए पनि ११ वर्षसम्म उसले धरहराको व्यापारीकरणबाहेक अन्य कुनै बुँदा कार्यान्वयन नगर्दा समेत महानगर अधिकारी मौन नै रहे। पुरातात्विक क्षेत्रको पूर्ण व्यापारीकरण हुँदासमेत महानगरले हस्तक्षेप त के, सम्झौताअनुसार आफूले पाउनुपर्ने रकमसमेत समयमै उठाउन सकेन। भूकम्पपछिको १० महिना अवस्था पनि उस्तै रह्यो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस