सम्बन्धविच्छेदको मुद्दामा नयाँ ‘रेकर्ड‘
०५ भदौ २०७९
•
२ मिनेट पाठ
सम्बन्धविच्छेदको मुद्दामा नयाँ ‘रेकर्ड‘
चालू आर्थिक वर्षको सुरुवाती महिनामै ताप्लेजुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दाले ‘रेकर्ड’ कायम गरेको छ।  




चालू आर्थिक वर्ष २०७९।०८० को पहिलो सुरुवाती महिना साउनभरीमा नयाँ लगतमा दर्ता भएका मुद्दामध्ये करिब ५४ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन्। जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार चालू आवको साउन महिनामा ४५ थान मुद्दा दर्ता भएका छन्। ती मध्ये २४ थान मुद्दा सम्बन्धबिच्छेदको रहेको अदालतले जनाएको छ।  

अघिल्लो आवबाट चालू आवमा १ सय १० थान मुद्दा जिम्मेवारी सरि आएका छन्। अघिल्लो आवबाट सरकारवादी ९ थान मुद्दा जिम्मेवारी सरी आएकोमा ४ थान जबरजस्ती करणी सम्बन्धी रहेका थिए। चालू आवको साउन महिना भित्रमा ८ थान सरकारीवादी मुद्दा दर्ता हुन आएकोमा ४ थान जबरजस्ती करणी सम्बन्धी रहेको अदालतले जानकारी दिएको छ।सम्बन्ध बिच्छेदलाई पारिवारिक बिग्रहको रुपमा लिने गरिन्छ। सम्वन्धबिच्छेद श्रीमान–श्रीमती बीचको वैवाहिक नाता सम्बन्धबाट दायित्वरहित तबरले अलग हुने कानुनी आधार हो। यसलाई प्राचीन  समयमा पारपाचुके वा छोडपत्र भनिन्थ्यो। अहिले परिस्कृत रुपमा सम्बन्धविच्छेद भन्ने गरिन्छ। अंग्रेजीको ‘डिभोर्स’ भन्ने शब्द अहिले नेपाली पनि यहि शब्द बढी प्रचलनमा रहेको पाईन्छ।  

मुलुकी देवानी संहिता २०७४ को दफा ९४ मा पतिले र दफा ९५ मा पत्नीले सम्बन्धविच्छेद गर्न सक्ने कानुनी प्रावधान उल्लेख गरिएको छ। कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्धविच्छेद गर्न सक्ने कानुनी प्रावधान रहेको छ। यस्तै कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा र पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा सम्बन्धविच्छेद गर्न पाउँछिन्। 

यस्तै पतिले अर्को विवाह गरेमा,पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पनि सम्बन्धविच्छेदको प्रकृया बढ्ने कानुनी आधार सृजना हुन्छ।
अर्को समाचार
ताप्लेजुङ अदालतबाट फैसला भएकोमध्ये साढे तीन करोड बढी बिगो , जरिमाना असुल हुन बाँकी
०२ फागुन २०७९
•
१ मिनेट पाठ
ताप्लेजुङ अदालतबाट फैसला भएकोमध्ये साढे तीन करोड बढी बिगो , जरिमाना असुल हुन बाँकी
ताप्लेजुङ जिल्ला अदालतबाट फैसला भएकोमध्ये साढे ३ करोड बढी जरिवाना र सरकारी बिगो असुल हुन बाँकी देखिएको छ। जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार अदालतबाट फैसला भएको मध्ये जरिवाना र बिगो गरी कूल ३ करोड ५६ लाख २४ हजार ३ रुपैयाँ असुल हुन बाँकी रहेको छ। यो गत पुस मसान्त सम्मको तथ्याङ्क हो।




कूल ३ करोड ८८ लाख २५ हजार ४ सय १५ रुपैयाँ जरिवाना र बिगो असुल हुनुपर्ने गरी अदालतबाट फैसला भएकोमा चालू आवको पुस मसान्त सम्म ३२ लाख १ हजार ४ सय १२ रुपैयाँ मात्र असुल भएको छ।

अदालतका अनुसार २०६५ साउन देखि २०७५ असार सम्मको बिगो र जरिवाना गरी १ करोड ८१ लाख ४२ हजार ८ सय २६ रुपैयाँ असुल गर्न रहेको थियो। यसै गरी २०७५ साउन देखि २०७९ असार सम्मको बिगो र जरिवाना थप भए ३ करोड ८८ लाख २५ हजार २५ हजार ४ सय १५ रुपैंया पुग्यो। अदालतले २०६५ साउन देखि २०७५ असार सम्मको बिगो र जरिवानामध्ये १ लाख ३१ हजार २५ रुपैयाँ तथा २०७५ साउन देखि २०७९ असार सम्मको ९ लाख ९५ हजार ८ सय ३६ रुपैयाँ ५५ पैसा असुल ग¥यो। 

चालू आर्थिक बर्ष २०७९।०८० को लगतबाट २० लाख ७४ हजार ५ सय ५० रुपैयाँ असुल भएको अदालतले जनाएको छ। अदालतले चालू आवमा कायम भएको बिगो र जरिमानामध्ये १ लाख ७ हजार रुपैंया असुल हुन बाँकी रहेको छ। यो सहित अब २०६५ साउन देखि २०७५ असार सम्मको १ करोड ८० लाख ११ हजार ८ सय १ रुपैयाँ र १ करोड ७५ लाख ५ हजार २ सय २ रुपैयाँ ५० पैसा बिगो र जरिमाना असुल हुन बाँकी देखिएको छ। 
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १० सेकेन्ड अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस