रौतहटको चन्द्रपुरमा एक जना युवकको कुटाइबाट गम्भीर घाइते भएका बृद्धको आइतबार मृत्यु भएको छ। गत शनिबार सामान्य विवादमा चन्द्रपुरका एक युवकले स्थानीय ७७ वर्षीय बृद्धलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनकाे आइताबर बिहान मृत्यु भएको छ।
गत शनिबार चन्द्रपुर नगरपालिका ५ का अजय चौधरीले कुलोको पानीको विषयलाई लिएर स्थानीय ७७ वर्षीय बृद्ध रामगोपाल घिमिरेलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका घिमिरेलाई स्थानीय अस्पतालमा उपचारपछि काठमाडौँ केएमसि अस्पतालमा थप उपचार गरिएको थियो। केएमसिबाट डिस्चार्ज भए पनि बृद्ध घिमिरेलाई अप्ठ्यारो भएपछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएकोमा त्यही आइतबार मृत्यु भएको आफन्तले जनाएका छन्।
बृद्धलाई कुटपिट गर्ने अजय चौधरी फरार रहेका छन्। फरार चौधरीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। चौधरीका परिवारका केहीलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान हुनुका साथै फरार चौधरीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी सन्तुलाल जैस्वारले जानकारी गराएका छन्।