विराटनगरमा शनिबार निकालिएको राधाकृष्ण रथयात्राका क्रममा भएको भीडभाडको फाइदा उठाउँदै विभिन्न चोरी र शंकास्पदा गतिविधिमा संलग्नलाई पक्राउ गरिएको छ। रथयात्राका क्रममा चोरी र शंकास्पद गतिविधि गरेको आरोपमा मोरङ प्रहरी ५९ जनालाई पक्राउ गरेको छ।
रथयात्राका क्रममा भएको भीडभाडको मौका छोप्दै चोरी, झैझगडा, हुलहुज्जत, मादक पदार्थ सेवन, अवाञ्छित र शंकास्पद गतिविधि गर्नेहरुलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरु सबै पुरुष हुन्। पक्राउ परेकाहरु १८ देखि ३० वर्ष उमेर समूहका छन्।
रथयात्रामा सहभागी भएकाहरुले सुनको सिक्री, मोबाइल चोरी भएको प्रहरीमा उजुरी दर्ता गराएका छन्। पक्राउ परेकामध्ये केहीको साथबाट सुनका सिक्री र मोबाइलसमेत फेला परेको एसपी कोइरालाले बताए। सामान चोरी हुनेको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ। रथयात्रामा कुनै पनि घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको बताउँदै, एपसी कोइरालाले भने, ‘व्यापक रुपमा सुरक्षार्की परिचान गरिएको र त्यहीँ क्रममा गरगहना चोरी र शंकास्पद गतिविधि गर्नेहरुलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएका छौं।’
५२ र ५३ औं संस्करण कोरोना महामारीका कारण स्थगति भएको थियो। यस पटकको ५४ औं संस्करणको रथयात्रा हेर्नका लागि नेपाल र भारतका भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो।