घुसकाण्डमा तानिँदै प्रहरी
११ फागुन २०७२
•
७ मिनेट पाठ
घुसकाण्डमा तानिँदै प्रहरी
काठमाडौं-सुरक्षा साटो कमाउधन्दामा लागेको आरोपमा त्रिभुवन विमानस्थल सुरक्षा गार्डका एसपी विकास खनाल अनुसन्धान दायरामा तानिए । आर्थिक चलखेलमा सक्रिय भएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले माघ २१ मा हेडक्वार्टर तानेर उनीमाथि अनुसन्धान अघि बढाइरहेको छ।




जिल्ला प्रहरी कार्यालय, बर्दियाको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी नायब निरीक्षक नरबहादुर विक सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेपछि त्यहाँका एसपी गोविन्द परियारसमेत हेडक्वार्टर तानिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकलाई १ लाख ५० हजारसहित पक्राउ गरी अनुसन्धान गर्दा परियारसमेत जोडिएपछि प्रधान कार्यालयले उनलाई तत्काल हेडक्वार्टर तानेर आफूले समेत अनुसन्धान अगाडि बढाएको हो ।

प्रहरी प्रवक्ता माधव जोशीका अनुसार संगठनको नीतिविपरीत गएको देखिएपछि एसपी खनाल र परियारलाई हेडक्वार्टरमा तानेर अनुसन्धान सुरु गरिएको हो । 'यी दुवै विषय अहिले अनुसन्धानकै चरणमा छन्,' उनले भने ।

प्रहरी कर्मचारीले पाउने भ्रमणभत्ता घोटालामा जिल्ला प्रहरी कार्यालय, काभ्रेका लेखापाल तानिएपछि अहिले हेडक्वार्टर उक्त घोटालामा एसपी पूजा सिंहको संलग्नताबारे समेत अनुसन्धान गरिरहेको छ । विमानस्थलप्रमुख हुँदा यात्रुबाट आइफोन घुस खाएको अभियोगमा अनुसन्धानमा तानिएका डिआइजी गोपालप्रसाद भण्डारी निलम्बनमा छन् ।

प्रहरीबाट हुने आर्थिक अनियमितताले संगठनै बदनाम भएपछि प्रहरी प्रधान कार्यालयले आर्थिक अनियमितताविरुद्ध शून्य सहनशीलताको नीति ल्याएको चार वर्ष नाघिसक्यो । तर, यो अवधिमा उक्त नीतिको प्रभावकारिता नै शून्यझैं हुन पुगेको माथिका घटनाले देखाउँछन् । सहजै उपलब्ध हुने सेवाका लागि सेवाग्राहीबाट पैसा असुल्ने र आर्थिक चलखेलका आधारमा अपराधमा संलग्नलाई उन्मुक्ति दिने प्रवृत्ति अन्त्य तथा आर्थिक अनुशासन पालनामा कडाइ गर्न प्रहरीले 'जिरो टोलरेन्स' नीति ल्याएको थियो ।

प्रवक्ता जोशी केही प्रहरी अधिकारी आर्थिक अनियमितताका घटनामा जोडिए पनि अनियमितताविरुद्ध शून्य सहनशीलता नीतिपछि अवस्था सुधारात्मक रहेको दाबी गर्छन् । घटनामा संलग्नमाथिको कारबाहीसमेत सोही सुधारको पाटो रहेको उल्लेख गर्दै उनले भने, 'एकाध घटना देखिए पनि आर्थिक अनियमिततामा प्रहरी संलग्न हुने घटना कम भएका छन्, कहीँकतै कमजोरी देखिए कारबाही प्रक्रियामा ल्याएका छौं ।'

अख्तियारको तारोमा प्रहरी

जोशीले सुधारात्मक रहेको दाबी गरे पनि माघ एक सातामा मात्रै आपराधिक अभियोगमा पक्राउ परेकालाई सजायबाट मुक्त गराइदिने भन्दै रकम माग्ने पाँच प्रहरी घुससहित पक्राउ परे । सार्वजनिक अपराध ऐनको आरोपमा हिरासतमा रहेकालाई छुटाइदिने भन्दै १ लाख ५० हजार घुस लिँदालिँदै माघ २६ मा विक पक्राउ परे ।

सोधपुछका लागि हिरासतमा लिइएका व्यक्तिलाई मुक्त गर्न आठ हजार घुस लिएको आरोपमा माघ २१ मा इलाका प्रहरी कार्यालय खैरेनीका प्रहरी निरीक्षक अम्बिकाप्रसाद गुप्ता अख्तियार टोलीको फन्दामा परे भने पेट्रोल पम्प विवाद मिलाइदिने भन्दै ४ लाख ५० हजार घुस लिँदालिँदै महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी दयानिधि ज्ञवाली, प्रहरी निरीक्षक रमेशबहादुर सिंह, प्रहरी नायब निरीक्षक लालमणि पाण्डे माघ २१ मा अख्तियारको हिरासतमा पुगे।

यस्ता घटनाले आर्थिक अनियमितता नियन्त्रणमा संगठनले अगाडि बढाएको सुधारको काम र प्राप्त उपलब्धि छायामा पर्ने बताउँदै डिआइजी जोशीले यी घटनालाई दुर्भाग्यपूर्ण बताउँदै अख्तियारको कारबाही भने सकारात्मक रहेको बताए । संगठनले निगरानी र अनुगमन गर्दासमेत कहीँकतै कमजोरी भएको हुनसक्ने उल्लेख गर्दै उनले भने, 'अख्तियारले पछिल्लो समय प्रहरी कर्मचारी केन्द्रित जुन अप्रेसन चलाएको छ, त्यसले हामीलाई थप सचेत गराएको छ।'

१० महिनामा हजार कारबाहीमा

प्रहरी प्रधान कार्यालयको १० महिनाको तथ्यांकअनुसार यो बीचमा एसएसपीदेखि प्रहरी जवानसम्म एक हजार ५९ प्रहरी कारबाहीमा परेका छन् । यसरी कारबाहीमा पर्नेमा तल्लो तहका प्रहरी कर्मचारी संख्या उल्लेख्य छ । प्रधान कार्यालयको तथ्यांकअनुसार वैशाखदेखि माघसम्ममा १ एसएसपी, १ एसपी, ६ जना डिएसपी, ७ प्रहरी निरीक्षक, ५३ सई, ६६ असई, २ सय ४४ हवल्दार र ६ सय ६२ प्रहरी जवानमाथि कारबाही भएको छ ।

११ प्रकृतिका विषयमा भएको कारबाहीमा २ डिएसपी, २ सई र १ असईसहित १४ जनाको जागिर नै गएको छ भने २१ जना अझै निलम्बनमै छन् । ६ सय ९ जनालाई सचेत गराइएको छ, १ सय ७४ लाई नोकरीबाट हटाइएको छ भने ६० जनाको ग्रेड घटेको छ । यसैगरी, ५८ जनाको सुरु स्केल घटुवा भएको छ, ५६ जनाको पदोन्नति रोक्का भएको छ भने ४४ जनाको ग्रेड रोक्का भएको छ । ६ जनाको दर्जा घटुवा भएको छ, ५ जनाको चालचलनमा प्रतिकूल राय राखिएको छ भने ४ जनालाई सचेत गराइएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस