जिरोबाट उठेका विजय तीनवटा उद्योगका मालिक
०७ भदौ २०७९
•
५ मिनेट पाठ
जिरोबाट उठेका विजय तीनवटा उद्योगका मालिक
करिब ३३ वर्षअघि सुकुम्बासीका रुपमा टीकापुर भित्रिएका विजय न्यौपाने अचेल तीनवटा उद्योगका मालिक छन्।उनले विगत केही समयदेखी बिना फुड प्रोडक्ट रबि.एम.फुड प्रोडक्टस् प्रालि र विधि ब्लक उद्योग सञ्चालन गर्दै आएका छन्।  




टीकापुर नगरपालिका–१ वनगाउँस्थित बिना फुड प्रोडक्टले चामल उत्पादन गर्छ। उनको आधुनिक मिलले प्रति घण्टा १० क्विन्टल चामल उत्पादन गर्छ। टीकापुर नगरपालिका–३ शंकरपुरमा हालै सञ्चालनमा आएको बि. एम. फुड प्रोडक्टस् प्रालिले चिउरा उत्पादन गर्छ। उनको चिउरा उद्योग सुदूरपश्चिममै सबैभन्दा ठूलो हो। उनले नासो ब्राण्डको चिउरा उत्पादन गर्छन्। उनका उत्पादनहरु सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका आधा दर्जन बढी जिल्लामा बिक्री हुन्छन्।

उनका तीनवटा उद्योगले वार्षिक करिव २२ करोडको हाराहारीमा कारोबार गर्छन्। उनले ती उद्योगमा २३ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। सिजनको बेला काम गर्नेको संख्या यो भन्दा धेरै छ। जिरोबाट व्यवसाय सुरु गरेका न्यौपाने आज टीकापुरको एक सफल उद्योगीका रुपमा स्थापित भएका छन्। उनको आगामी योजना सोयाबिन, चक्की आटा र तेल उत्पादन गर्ने उद्योग स्थापना गर्नेछ। ‘माहौल सुधार भयो भने चाँडै यी उद्योगहरु स्थापना गर्छु’ उनले भने, ‘आशा छसधै यस्तै अवस्था रहने छैन।’

आज एक सम्पन्न उद्योगीका रुपमा स्थापित भएका न्यौपानेको विगत भने निकै दर्दनाक छ। उनले जीवनमा भोगेका दुःख कुनै चलचित्रको कथा भन्दा कम पीडादायी छैनन्। २०४१ साल भदौ महिनामा सिन्धुलीको कमलामाई नगरपालिका-१ स्थित मरिन खोलामा ठूलो बाढी आयो। त्यो बाढीले न्यौपाने परिवारको सर्वश्व बगायो। खोला किनारको सानो घर बाहेक केही बचेन।  

मुकुन्दप्रसाद न्यौपाने ३ छोरा, १ छोरी र श्रीमतीसहित मरिन खोलाको किनार छोडेर हिँडे। उनी परिवारसहित भैरहवा पुगे। त्यहाँको बिस्कुट उद्योगमा काम पाए। पाँच वर्ष भैरहवामा बिताए। उनलाई त्यहाँको कमाईले परिवारको पेट पाल्न धौ-धौ भयो।  

उनी परिवार बोकेर कैलालीको साविक बलिया गाविस चौरी पुगे। त्यहाँ उनकी दिदीबहिनीको घर थियो। एक वर्ष त्यही बिताए। धेरै दिन दिदीबहिनीको घरमा बस्ने वातावरण रहेन। उनी परिवार बोकेर टीकापुर पुगे। टीकापुरमा उनले तत्कालीन टीकापुर विकास समितिको चार विगाह जमिन ठेक्कामा लिए। दुई वर्षसम्म खेतीपाती गरे। ठेक्कामा लगेको जग्गा छोड्नु पर्यो।

आधुनिक चिउरा उद्योग
२०४८ तिर उनका जेठो छोरा काठमाडाैं र माईलो छोरा नेपालगञ्ज हिँडे। उनको सहारा बने तिनै कान्छो छोरा विजय। भैँसी पालेर दूध बेच्न थाले। उनको घरमा २ भैँसी, १ गाई र एक हल राँगा थियो। विजय बिहान टीकापुरको होटलमा दूध पुर्याउथे अनि पढ्न जान्थे। उनले प्लसटु सम्म मात्रै अध्ययन गर्न पाए। उनको लक्ष्य केही न केही व्यवशाय गरेर परिवारको आर्थिक अवस्थालाई माथि उकास्नु थियो।  

विजयले बिहानै दूध बेच्न जाँदाको एउटा घटना सुनाए। घरमा घडी थिएन। एक दिन २ बजे नै उठे। बुबाले भैँसी दुहुनु भयो। उनी दूध बोकेर वनगाउँबाट झण्डै २ किलोमिटर टाढा रहेको टीकापुर बजार  पुगे। तर होटल खुलेकै थिएन। उनी बिहान ५ बजेसम्म होटलको बाहिर कुरेर बसे।  

त्यो दिनको दुःख देखेर उनका बुबाले २५० रुपैयाँमा सेकेण्ड ह्याण्ड साइकल किनेर दिए। उनी त्यो दिन निकै खुसी भएका थिए। आज उनी ४५ लाखको गाडीमा हिड्छन्। तर उनी त्यो सेकेण्ड ह्याण्ड साइकलमा चढेको जस्तो मजा अहिलेको गाडीले नदिने बताउँछन्। ‘त्यो साइकल मेरो जीवनको पहिलो खुसी थियो’ उनले भने, ‘त्यो खुसी अहिलेको गाडीले दिन सकेको छैन।’

त्यो समय उनको परिवारका लागि निकै कष्ठकर थिए। उनले आफ्नो परिवारले भोगेको एउटा अर्को दुःखद घटना सुनाए। उनको घर वरपर थारु बस्ती छ। एकदिन छिमेकी थारुले माछा मारेर ल्याए। ती थारुले केही माछा उनको परिवारलाई दिए। घरमा माछा पकाउनका लागि नून, तेल, मसला केही थिएन। उनको परिवारले ती माछा तातो पानीमा उमालेर खानुपर्यो। ‘त्यो माछाको झोल कहिल्यै बिर्सिदैन’ उनले भने, ‘त्यसको स्वाद अहिले पनि जिब्रोमा आएको महसुस हुन्छ।’

उनले घुम्ती पसल थापे। हाते काँटाले सडकको किनारमा बसेर खाद्यान्न खरिद गर्न थाले। थोरै रकम जम्मा गरेर उनले आफन्तबाट किस्तामा एक कठ्ठा जमिन किने। उनको परिवार एक कठ्ठा जग्गाको मालिक बन्यो। केही समयमा त्यो जग्गा बेचे। केही पैसा थपेर वनगाउँमा ७ कठ्ठा जग्गा किने।

उनको परिवार खरको छाप्रोमा बस्थ्यो। बस्नका लागि गतिलो घर थिएन। २०५६ सालमा हेबिटेट नामक संस्थाले विपन्न परिवारका लागि किस्तामा घर निर्माण गर्न थाल्यो। उनले सोही संस्था मार्फत ईट्टाको भित्ता र सिमेन्टको टायलले छाएको घर बनाए। उनीसँग अहिले तीनवटा पक्की घर छन। उनका अनुसार त्यो हेबिटेट संस्थाले किस्तामा बनाई दिएको घरमा सुतेको जस्तो आनन्द अहिलेका घरमा आउँदैन।

यही बिचमा उनले २०५७ सालतिर एक वर्ष राज इट्टा भट्टामा काम गरे। त्यो क्रममा उनले ब्यापार कसरी गर्ने भन्ने बारेमा धेरै कुरा सिक्ने अवसर पाएको बताए। उनी सो इट्टा भट्टाका सञ्चालक राजकुमार हमाललाई आफ्नो आदर्श मान्छन्।

उनले २०६२ सालमा सात कठ्ठा जग्गामा सानो टुकटुके मिल हाले। मिलले राम्रो व्यवसाय गर्न थाल्यो। उनले २०६५ साल तिर ठूलो मात्रामा खाद्यान्न खरिद बिक्री गर्न थाले। त्यो टुकटुके मिलले नधान्ने भयो। उनले ठूलो आधुनिक मिल स्थापना गरे। उनी आँफै चामल उत्पादन गर्न थाले।

उनले २०७२ सालमा टीकापुर नगरपालिका–३ शंकरपुरमा ब्लक उद्योग स्थापना गरे। उनको ब्लक उद्योगराम्रै चल्यो। उनले सोही ठाउँमा गत वर्ष मात्र चिउरा उद्योग स्थापना गरेका छन्। उनको नासो ब्राण्डको चिउराले बिस्तारै बजार ओगट्दै गएको छ।

गोदाममा उत्पादित चिउरा। 
धेरैजसोको मुखबाट टीकापुरमा व्यवसाय गर्ने वातावरण नै छैन भन्ने गुनासो मात्रै सुनिन्छ। तर विजय त्यसो भन्नेहरुका लागि गतिलो जवाफ हुन्। उनी मेहनत गर्नेहरुका लागि सबैतिरसम्भावना देख्छन। ‘सम्भावना आफै पोल्टामा आउँदैन’ उनले भने,‘सम्भावना के मा खोजेको हो भन्ने कुरा महत्वपूर्ण हो।’

उनलाई असफलताको कुनै डर छैन। उनी जीवनमा जस्तोसुकै परिस्थितिको सामना गर्ने सामथ्र्य आफूमा रहेको बताउँछन। उनले जीवनमा अनेकौ दुःख भोगेका कारण दुःखको अनुभूति नै नहुने बताए। ‘मैले जीवनमा धेरै दुःख भोगेको छुँ’ उनले भने, ‘जरैबाट उठेको भएर होला कुनै कुराको डर नहुने रहेछ।’

उनी बुबाको भरोसाले नै आफू सफल भएको बताउँछन्। उनले हरेक समस्यामा बुबा भरोसा बनेर उभिएका कारण हिम्मत आउने बताए। उनका बुबा ७९ वर्ष पुगे। उनले बुबा सधैँ भरोसा बने पनि आर्थिक चेत भने आमामा रहेको बताउँछन्। उनले आमाले नै आफ्ना लागि आँफै केही गर्नुपर्छ भनेर सधैं सुनाउने गरेको बताए।

ब्लक उद्योगको उत्पादन। तस्विर: योगेश
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५३ सेकेन्ड अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ सेकेन्ड अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस