काठमाडौं- स्थानीयबाट एक व्यक्तिको लास रहेको सूचना आएपछि प्रहरी हुत्तिँदै टोखा स्टारटाउन नजिकै निर्माणाधीन पुलमा पुग्यो। घाँटी, टाउको, निधार, हात र छातीमा धारिलो हतियार प्रहारबाट मारिएका अधबैंसेको शव पल्टिरहेको थियो। स्थानीयको जानकारीका आधारमा मृतकको सनाखत भयो, माइला महर्जन।माघ २१ गते प्रहरीले घटनास्थलको मुचुल्का गर्दै शव पोस्टमार्टममा पठायो। धारिलो हतियार प्रहारबाट महर्जनको मृत्यु भएको पोस्टमार्टम रिपोर्ट अनि घटनास्थलको अवस्थाले समेत हत्या देखाएपछि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान स्थानीय प्रहरीबाट आफूमा सार्यो्।
अनुसन्धानमा घटनाको अघिल्लो दिन साढे ६ बजेतिर महर्जन घरबाट बाहिर निस्किएको खुल्यो। मृत्युअगाडि अन्तिम सम्पर्क २० वर्षीया छोरी संगीता पाण्डेको महर्जनसँग भएको खुल्यो। बाबुको मृत्युको शोकमा रहेकी संगीतासँग प्रहरीले प्रारम्भिक सोधपुछ मात्रै गर्योर। घटनाको प्रकृतिले व्यक्तिगत रिसइवीका कारण हत्या भएको निष्कर्ष निकाल्दै प्रहरी उनको मनमुटाव रहेकाको खोजीमा खटिए पनि संगीतामाथिको शंका हटेको थिएन।
परिवारको विमति हुँदाहुँदै संगीताले २ वर्षअगाडि नुवाकोटका सन्तोष पाण्डेसँग भागेर विवाह गरे पनि माइतीसँगको सम्बन्ध राम्रै थियो। अन्तरजातीय विवाह गरेकोमा माइती केही समय रिसाए पनि उनलाई स्वीकार गरिसकेको थियो भने उनी टोखाकै धमलाटारमा बस्दै आएकी थिइन्।
ब्युटिसियन पढेकी संगीता आफ्नै ब्युटिपार्लर खोल्न चाहन्थिन्। तर, श्रीमानको आर्थिक अवस्था राम्रो नहुँदा उनी माइतीकै आसमा थिइन्। बुबा माइलाले पनि उनलाई जग्गा बेचेर पैसा दिने बताइसकेका थिए।
'आफ्नो विवाहमा कुनै खर्च नभएको भन्दै उनले ब्युटिपार्लर खोल्न बाबुसँग ४ लाख रुपैयाँ मागेकी रहिछन्,' महाशाखाका एसपी सहकुल थापाले भने, 'बाबुले अहिले आफूसँग नभएकाले जग्गा बेचेपछि दिन्छु भनेका रहेछन्।'
अनुसन्धानमा पटकपटक माग्दासमेत पैसा नपाएपछि संगीताले आमाको नामको लालपुर्जा चोरेर लगेको र पछि परिवारले चाल पाएपछि फिर्ता गरेको खुल्यो। पैसा माग्ने क्रममै एक पटक माइलाले पैसा दिन अस्वीकार गर्दै 'बिहे गरेकी छोरीलाई दिन्नँ, छोरालाई चाहिन्छ' भन्नेसम्म खुल्यो।
अनुसन्धानमा बाबुले पैसा नदिएपछि मनमुटाव भएको तथ्य खुले पनि हत्याजस्तो जघन्य अपराधै गर्नुपर्ने कुनै कारण नखुल्दा प्रहरी अन्य पाटोलाई समेत उत्तिकै प्राथमिकता दिएर अनुसन्धानमा खटियो।
तर, घटनाको २१ दिनपछि प्रहरीले माइलाको हत्या घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्रँदा उनै संगीताको नाम सबैभन्दा पहिलो सूचीमा 'घटना योजनाकार'का रुपमा थियो।
'अन्तिमपटक संवाद छोरीसँगै भएको देखिएकाले घटनाको उनको कुनै न कुनै संलग्नता हुनसक्ने आशंका थियो। तर, योजनाकार उनै होलिन् भन्ने अनुमान थिएन,' अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, 'उनलाई दोस्रो पटक नियन्त्रणमा लिएर सोधपुछ गर्दा सबै सहजै स्वीकार गर्दा हामी पनि छक्क पर्यौं ।'
महाशाखाका एसपी थापाका अनुसार माइतीको सम्पत्ति हडप्न उनले एक समूहलाई १० लाखमा बाबुसँगै आमा र दाइ हत्याको सुपारी (ठेक्का) दिएकी थिइन्। पहिलो घटनामै हत्याको ठेक्का लिनेहरु डराए। संगीता अर्को समूहको खोजीमै रहँदा प्रहरीको फन्दामा पर्दा बाबुको ज्यान गए पनि आमा र दाइ जोगिए।
पुसमा ब्युटिपार्लर खोल्न पैसा नपाउँदा रन्थनिएकी संगीताको भेट विक्रम तामाङसँग भयो। भागेर विवाह गरेको भन्दै आफूलाई माइतीले केही नदिएपछि रिसाएकी संगीताले उनै तामाङसँग माइतीको सम्पत्ति हत्याउने आइडिया मागिन्। सम्पत्तिका हकदार बाबु, आमा र दाजु मात्रै रहेको खुलेपछि उनै महर्जनले तीनै जनाको हत्याको योजना सुझाएका थिए ५० लाखको सर्तमा।
अनुसन्धान अधिकारीका अनुसार तामाङले आफ्ना साथीहरु रहेको र सहजै तीनै जनाको हत्या गर्ने प्रस्ताव गरेपछि संगीताले स्वीकार गरे पनि रकममा भने सहमति हुन सकेन। पटकपटकको छलफलपछि तीन जनाको हत्याका लागि १० लाखमा दुवैबीच सहमति भएको एसपी थापाले जानकारी दिए।
योजनाअनुसार विक्रमले माघ १७ मा माइला हत्याका लागि बानियाटारमा रहेको मनकामना मन्दिरनजिकै बोलाएर आफूसँगै सूर्य राना मगर, धनकुमार तामाङ, हरि तामाङ र सन्तोष थापा मगरलाई लिएर गए। माइला अर्का एक साथी लिएर आएकाले उनीहरुले आँट गरेनन् र हत्या गर्ने हो भने बाबुलाई आफैं बोलाउनुपर्ने सर्त राखे संगीतासँग।
अनुसन्धान अधिकारीका सर्तअनुसार संगीताले माघ २० गते बेलुका साढे ६ बजे घर गएर घर भाडामा लिने व्यक्तिसँग भेट्ने भन्दै माइलालाई टोखाको स्टारटाउन नजिकैको सुनसान स्थानमा ल्याइन्। पुनर्निर्माणको अवस्थामा रहेको सो स्थानमा स्थानीयको आउजाउ नहुने हुँदा सुनसान थियो। विक्रम सहयोगीसहित पुलमा हमर, खुकुरी र चक्कु लिएर माइलाको पखाईमा थिए।
छोरी र ज्वाइँसँगै रहेका उनी पुलनजिकै पुगेलगत्तै उनको आँखामा कसैले बालुवा फ्याँक्यो। यसरी बालुवा फ्याँक्ने उनै संगीता थिइन्। अनुसन्धान अधिकारीका अनुसार आँखा मिच्दै गरेका माइलालाई विक्रमसँगै रहेका सूर्य र धनकुमारले हमर, खुकुरी र चक्कुले अन्धाधुन्ध हान्न थाले।
माइला कराएपछि विक्रम लगायतकाहरु घटनास्थलबाट भागे। उनीहरु भागेपछि पनि माइला चलमलाइरहेको देखेपछि संगीता आफैंले हमर लिएर बाबुलाई प्रहार गरिरहिन्।
'केटाहरु डराएर भागेपछि संगीता आफैंले माइलालाई हमरले हानेको प्रारम्भिक बयानमा खुलेको छ,' एसपी थापाले भने, 'संगीताले आफ्नै बाबुलाई हानेको देखेर ज्वाइँले तिमी त नहान भन्दा पनि उनले मानिनन्, हानिरहिन्।'
थापाका अनुसार महाशाखाले बुधबार संगीतासहित ६ जनालाई थप अनुसन्धान र मुद्दा प्रक्रियाका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ।