कालिकोट–नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज कालिकोटमा चालकदलका दुई सदस्यको निधन भएको छ। निधन हुनेमा पाइलट दिनेश न्याैपाने र को-पाइलट सन्तोष राना रहेका नेपालगञ्ज विमानस्थल श्रोतले जानकारी दिएको छ। जहाजमा सवार अन्य ९ जना घाइते छन्। जहाजमा जम्मा ११ यात्रु सवार थिए। जहाज १२ः३० बजे नेपालगञ्जबाट उडेको थियो।घटनास्थल कालिकोट सदरमुकामदेखि ४ घण्टा पैदल दुरीमा पर्छ। नजिकैको बादमघाट प्रहरी चाैकीबाट असइ दानबहादुर शाहीको नेतृत्वमा गएको प्रहरी टोलीले उद्दारकार्य गरिरहेको छ। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमा थप उद्दारकर्ता र चिकित्सक टोली घटनास्थल तर्फ लागेको कालिकोटका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। जहाजमा सवार ९ यात्रु घाइते भएका छन्। घाइते हुनेमा मेघराज गिरी, गणेष भट्टचन, सोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्द प्रसाद भण्डारी, लक्ष्मी खड्का, धनन्जन खत्री, जगदम्वा खत्री र नाम नखुलेको २ बर्षको बालक रहेका छन्। उद्दारको लागि बाराबाट नेपाली सेनाको र मुगुबाट एक हेलिकप्टर घटनास्थलतर्फ उडेको बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकास लेखकले बताए।
अर्को समाचार
जहाज दुर्घटनाः पाइलट र को-पाइलटको निधन, ९ यात्रु घाइते
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि पढौँ
ट्रेन्डिङ