काठमाडाैं-करिव पाैने १ बजे जहाज दुर्घटना भएको हो। हामी अहिले घटनास्थलमै छाैं, यहाँ अहिलेसम्म हेलिकप्टर र नेपाली सेना अाएको छैन। स्थानीय प्रहरी चाैकीबाट असइ नेतृत्वमा अाएको चारजनाको प्रहरी टोली उद्दारमा खटिएको छ। उनीहरू अाफै थाकेर अाएका थिए के गरून बिचरा।हामी स्थानीयले जे सक्थ्याैं घाइतेको उद्दार र उपचारकालागि सक्दो मद्दत गर्याैं, तर माथिबाट समयमै उद्दार गर्न कोही अाएन।
यहाँको माैषम पनि ठिक छ। हेलिकप्टर ल्याण्ड गर्नका लागि पनि मिल्दो चाैर छ। समयमै जिल्ला र माथि केन्द्रमा खबर पनि भएको हो। तर घटना भएको तीन घण्टासम्म हेलिकप्टर पनि अाएन, सरकारी टोली, स्वास्थ्यकर्मी टोली, नेपाली सेना कोही पनि अाएन।
हामी घटनास्थल पुग्दा घाइतेहरू छटपटाएका थिए। एकजना पाइलटको निधन भैसकेको थियो। अर्का पाइलटलाइ बाहिर निकालेर उपचार गर्न मात्रै लाग्दा उनी पनि बाचेनन्। सायद समयमै उनको उपचार हुन सकेको भए उनी बाँच्ने थिए। एकजना लक्ष्मण खड्का नामका यात्रु निकै गम्भीर थिए उनलाइ प्राथमिक उपचार गरेपछि बोकेरै थप उपचारका लागि लगिएको छ।
जहाज दुर्घटना भएको ठाउँ समथर छ। जहाज जमिनमा घस्रेका कारण अगाडीको भाग पूरै ध्वस्त छ। तर अागो भने लागेको छैन। जहाजको एउटा पखेटा पूरै क्षतबिक्षत छ, अर्को पनि भाँचिएको छ। जहाजको बीच र पछिल्लो भाग केही सकुशल रहेकाकारण अन्य यात्रु बच्न सफल भएका हुन्। (स्थानीय कृष्णबहादुर शाहीसँग नागरिकन्युजकालागि टेकनारायण भट्टराईले गरेको टेलिफोन कुराकानी)