काठमाडौं-बेलायती जीवशास्त्री इपी जीले २०१८ सालमा चितवनका गैंडाबारे एउटा रिपोर्ट तयार पारे। उनले रिपोर्टमा लेखेका थिए, 'राणाकालको अन्त्यमा चितवनमा ८ सयदेखि १ हजारसम्म गैंडा थिए।'
रिपोर्टमा कुनै वैज्ञानिक आधार भने थिएन । संरक्षणकर्मीका अनुसार त्यो अनुमानकै भरमा ल्याइएको रिपोर्ट थियो ।
विडम्बना ! ५४ वर्षअघिको त्यही रिपोर्टका आधारमा अहिलेसम्म गैंडा संरक्षण र व्यवस्थापनाका काम भइरहेका छन् ।
निकुञ्ज या आरक्षको क्षमता नहेरी पुरानो अभिलेखकै आधारमा गैंडा सारिँदा कि त हराउने, कि मर्ने गरेका छन् । गैंडा सार्ने अभियान भने जारी छ ।
५४ वर्षअघिको त्यो अवैज्ञानिक रिपोर्टलाई अहिले पनि गैंडा व्यवस्थापन र संरक्षणको आधार (बेसलाइन) बनाइन्छ । अझ त्यसअघिका दस्तावेजलाई समेत आधार मान्ने संरक्षण क्षेत्रको प्रवृत्ति छ ।
सरकार र संरक्षण क्षेत्रमा सक्रिय संघसंस्थाले चितवन र बर्दिया निकुञ्जमा संरक्षण र व्यवस्थापन गर्न सकिने गैंडाको संख्या अहिलेसम्म यकिन गर्न सकेका छैनन् ।
सामान्यतया कुनै पनि निकुञ्ज वा आरक्षमा कुन वन्यजन्तु कति राख्न वा संरक्षण गर्न सकिन्छ भन्ने पत्ता लगाउन निकुञ्जको 'क्यारिङ क्यापासिटी' (भारवहन क्षमता) बारे अध्ययन गर्नुपर्छ । गैंडाजस्तो दुर्लभ वन्यजन्तु र त्यसको बासस्थानबारे अहिलेसम्म यस्तो अध्ययन हुन सकेको छैन ।
'अहिलेसम्म त्यस्तो अध्ययन भएको छैन । हामीले ऐतिहासिक तथ्यांक र अनुभवलाई प्रमुख आधार मानेर संरक्षण र व्यवस्थापनका काम गरिरहेका छौं,' राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराईले नागरिकसँग भने, 'क्यारिङ क्यापासिटीको अध्ययन हुन नसकेको तितो सत्य हो ।'
यस अध्ययनअन्तर्गत गैंडाको बासस्थानसँग जोडिएका सबै पक्ष (घा"सेमैदान, पानी र त्यसका प्रकार, त्यसलाई हिँडडुल गर्न आवश्यक क्षेत्रफललगायत), जैविक पक्ष, पारिस्थितिकीय प्रणाली, प्रजनन र प्राकृतिक मृत्युको ट्रेन्डलगायत समग्र अध्ययन गरिन्छ ।
उपमहानिर्देशक भट्टराई अध्ययन अपरिहार्य भए पनि साधनस्रोत अभावले हुन नसकेको तर्क गर्छन् । 'यो अध्ययन अलि जटिल र महँगो छ, त्यसैले पनि गर्न नसकिएको हो,' उनले भने ।
यो अध्ययनबिना वन मन्त्रालयले २०४२ सालदेखि २०५९ सालबीच ११ पटक गरी ८७ वटा गैंडा चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफा"टा वन्यजन्तु आरक्षमा स्थानान्तरण गरेको छ । तर यी कुनै पनि स्थानान्तरण सफल भएका छैनन् । ८७ गैंडामध्ये बर्दियामा ८३ र शुक्लाफाँटामा चारवटा लगिएको थियो । अहिले शुक्लाफा"टामा ८ र बर्दियामा २९ वटा गैंडा मात्र छन् ।
विगतका स्थानान्तरण कार्यक्रम असफल भएको तथ्यांकबाटै पुष्टि भएपछि चितवन मध्यवर्ती क्षेत्रका स्थानीयले मंगलबारदेखि गर्न लागिएको १२ औं स्थानान्तरण कार्यक्रमको विरोध गरेका छन् ।
'गैंडाजस्तो दुर्लभ वन्यजन्तु संरक्षण र व्यवस्थापनका लागि समेत वैज्ञानिक अध्ययन हुँदैन जसलाई मन लाग्यो त्यसले जहिले मन लाग्यो त्यसैले स्थानान्तरण गरेका छन् । यसमा हामी खुसी छैनौं,' चितवन मध्यवर्ती क्षेत्र परिषदका अध्यक्ष मधुकर मल्लले भने । उनले यसअघि लगिएका गैंडा मारिएको तीतो यथार्थ हु"दाहँुदै फेरि पनि स्थानान्तरण गर्न लागिएको भन्दै यसको विरोध गरे । उनी मात्र होइन, चितवनका सरोकारवाला पनि स्थानान्तरणको विपक्षमा छन् ।
'पहिले लगिएका अधिकांश गैंडा मारिए, बेपत्ता भए । अहिले लगिएका पनि बाँच्छन् भन्ने के ग्यारेन्टी ?' मल्लले प्रश्न गरे, 'पहिले चितवनमा गैंडाको क्यारिङ क्यापासिटी कहिले हो त्यसको अध्ययन गर्नुप¥यो ।'
उनले स्थानान्तरणको काम हचुवाका भरमा भइरहेको बताए । 'हामीलगायत चितवनका कुनै पनि सरोकारवालास"ग छलफल भएको छैन,' मल्लले भने, 'तिनको संरक्षणमा हामी पनि त्यत्तिकै हकदार छौं ।'
मंगलबार चितवनका तीनवटा गैंडा बर्दिया स्थानान्तरण गरिँदैछ । दुइवटा गैंडा २१ गते लैजाने कार्यक्रम छ । दुईदेखि तीन वर्षभित्र २५ वटा गैंडा बर्दिया र ५ वटा शुक्लाफाँटा लैजाने कार्यक्रम वन मन्त्रालयको ०७१ पुस २९ को निर्णयकै पहिलो चरण हो ।
गैंडामै विद्यावारिधि गरेका शान्तराज ज्ञवाली राणाशासनको अन्त्यसँगै बेलायती जीवशास्त्री इपी जीको अध्ययन नै अहिलेसम्मको बेसलाइन भएको बताउ"छन् ।
'त्यो वैज्ञानिक सर्भे होइन, अब भने चितवनको क्यारिङ क्यापासिटी अध्ययन अपरिहार्य भएको छ,' उनले भने, 'चितवनमा गैंडाको संख्या बढ्दो छ, ६ सय नाघिसकेकाले अधिकतम कतिसम्म राख्न सकिन्छ भन्ने पत्ता लगाउनु जरुरी छ ।'
उनले चितवन र गैंडाको सम्भावित बासस्थान अध्ययन जरुरी भइसकेको बताए । 'सामान्यतया बासस्थान घट्दै गयो वा मासिँदै गयो र संख्या बढ्दै गयो भने क्यारिङ क्यापासिटीको अध्ययन आवश्यक पर्छ,' ज्ञवालीले भने, 'चितवनको हकमा अध्ययन गर्ने बेला भइसकेको छ । बर्दियामा गैंडाको संख्याअनुसार क्षेत्रफल प्रशस्त भएकाले जरुरी छैन ।'
उनका अनुसार एउटै संरक्षण क्षेत्रमा ठूलो संख्यामा दुर्लभ वन्यजन्तु राख्दा उच्च जोखिम हुन्छ । कुनै पनि रोग वा अन्य प्रकोप फैलिए ती वन्यजन्तु मासिन सक्छन् । त्यसैले अन्य क्षेत्रमा स्थानान्तरण गरेर तिनलाई संरक्षण गर्नुपर्छ ।
'गैंडाजस्तो दुर्लभ वन्यजन्तुलाई सधैँ एउटै क्षेत्रमा एउटै संख्यामा राखिरहनु प्राकृतिक रुपमा राम्रो मानिँदैन । तिनको प्रजनन दर पनि राम्रो हँुदैन । त्यसैले फरक–फरक बासस्थानमा फरक–फरक संख्यामा राख्नुपर्छ,' उनले भने ।
यद्यपि विगतका स्थानान्तरण कार्यक्रम भने पूर्ण असफल देखिन्छन् । विशेष गरी बर्दिया लगिएका अधिकांश गैंडा मारिए वा मरे । ८३ वटा गैंडामध्ये बर्दिया निकुञ्जको बबई नदी तटीय क्षेत्रमा ७० वटा गैंडा छाडिए । ०४७ देखि ०५९ सालको बीचमा नौपटकमा गरेर यी गैंडा चितवनबाट लगेर छाडिएका थिए । अहिले त्यस क्षेत्रमा एउटा पनि गैंडा बा"की छैनन् । यसअघि दुईपटक गरी १३ वटा गैंडा छाडिएको कर्णाली नदी तटीय क्षेत्रमा अहिले २९ वटा मात्र बाँकी छन् ।
'त्यतिबेला सुरक्षा कमजोरी भयो,' बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त वार्डेन रमेश थापाले भने । उनले माओवादी द्वन्द्वले सुरक्षा पोस्टहरु एकीकृत हुँदा धेरै गैंडा मारिएको बताए । 'तर अहिले त्यस्तो अवस्था छैन, हामीले गैंडाको बासस्थानदेखि त्यसको सुरक्षा तयारी पूर्ण रुपले गरेका छौ,' थापाले भने ।
उनका अनुसार बबई नदी तटीय क्षेत्रमा ६ किलोमिटर सडक निर्माण भएको छ । १२ वटा सुरक्षा पोस्ट थपिएका छन् । यीमध्ये चारवटा डाँडामा र आठवटा बबई उपत्यकामा छन् । १० वटा गैंडाको कृत्रिम आहाल बनाइएको छ । ६ सय हेक्टर घा"सेमैदान व्यवस्थापन गरिएको छ ।
सुरक्षा चुनौतीको आँकलन र अनुमान नगरी माओवादी द्वन्द्वकालमै (०४७ देखि ०६९) सालको बीचमा नौपटक गरी ७० वटा गैंडा बबई नदी तटीय क्षेत्रमा छाडिएका थिए जहा" अहिले एउटा पनि गैंडा छैन ।
'त्यतिबेला बबई उपत्यकामा एउटा पनि सुरक्षा पोस्ट थिएन । एक किलोमिटर वनपथ पनि थिएन,' थापा भन्छन, 'गैंडा छाड्ने काम मात्र भयो, तिनको गतिविधि हेर्ने, अनुगमन गर्ने काम पनि भएन ।' पछिल्लोपटक बर्दिया लैजाने भनिएका २५ वटै गैंडा पनि बबई नदी तटीय क्षेत्रमै छाड्ने तयारी छ ।
थापाका अनुसार त्यतिबेला सुरक्षा कमजोरी मात्र होइन, गैंडाबारे अध्ययन पनि थिएन । 'घाँस र पानी भएपछि गैंडालाई पुग्छ भन्ने थियो, कस्तो पानी चाहिन्छ भन्ने थिएन तर गैंडालाई जंगली माखो (डास) बाट बच्न हिले पानी चाहिन्छ भन्ने हेक्का त्यतिबेला थिएन,' उनले भने, 'अहिले हामीसँग धेरै अनुभव छ ।'
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक फणिन्द्र खरेल भने विश्व संरक्षण संघको मापदण्डलाई आधार मानेर गरिएको अध्ययनपछि गैंडा स्थानान्तरण गर्न लागिएको बताउँछन् । 'चितवनको भन्दा पनि गैंडा लगेर छाड्न थालिएको बर्दिया निकुञ्जको बबई नदी तटीय क्षेत्रको अध्ययन गरेका छौं,' उनले भने, 'क्यारिङ क्यापासिटीको अध्ययन पनि आवश्यक छ । त्यो एकपटक गर्यो भने त्यसका आधारमा निर्णय गर्न सजिलो पर्छ ।'
खरेलका अनुसार स्थानान्तरण गरिने पाँचवटै गैंडामा रेडियोकलर जडान गरिन्छ । तिनको गतिविधिको अध्ययन गरिन्छ । 'अहिले हामी पूर्ण तयारीमा छौं, ढुक्क हुनुस् गैंडा सुरक्षित हुन्छन्,' उनले भने ।
गैंडा स्थानान्तरण कार्यक्रम अमेरिकी सहयोग नियोगको हरियो वन कार्यक्रम र विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा हुँदैछ । वन प्रशासनको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष र वन्यजन्तु कोषले प्राविधिक सहयोग गरिरहेका छन् । एउटा गैंडा स्थानान्तरणमा झन्डै २० लाख रुपैयाँ खर्च हुने गरेको छ । यसपटक पाँचवटा गैंडाका लागि ७० देखि ८० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।