काठमाडौं-वसन्तपुर सेतो दरबारअगाडिको संस्कृत विश्वविद्यालय पछाडिका श्याम मानन्धरको घर वरिपरिका अन्य घरसँग आपसमा जोडिएका छन्। तीन तले उनको घरमा परिवार बढेपछि मानन्धरले एक तला थपेका थिए । वैशाख १२ को भूकम्पपछि अहिले घर खाली छ । डल्लुस्थित दाइको घरमा उनी परिवारसहित शरण लिइरहेका छन्।
मानन्धरको घर रहेको गल्ली सुनसान छ । भूकम्पले सबैका घर कमजोर बनाउँदा के हुने हो भन्ने डरले गल्लीका सबै विस्थापित भइसके । कहिलेकाहीँ टोलबासी छलफल गर्न खोज्दा पनि मान्छे जुटाउनै गाह्रो हुन थालेको छ । 'मेरो घर भत्काएर बनाउन थाले अर्काको भत्केला भन्ने डर छ,' उनले भने, 'यस्तो अवस्थामा सरोकारवालाले एउटा राम्रो योजना ल्याइदिए ठूलो राहत हुने थियो ।'
गुजिल्टिएका घरमध्ये एउटालाई बनाउन थाले अन्यलाई समेत समस्या पर्ने भएकाले काठमाडौंको भित्री चोकका कैयौं घरधनीहरु नवनिर्माणमा लाग्ने कि जीर्णोद्धार गर्ने भन्ने दोधारमा छन् ।
यस्तै दोधार नरदेवीको दायाँ–बायाँ, अगाडि–पछाडि अग्लाअग्ला पक्की घरधनीलाई पनि देखिन्छ । भूकम्पले हल्लाएर थिल्थिलो बनाएको वीरेन्द्र महर्जनको घरलाई दुइटा टेकाले सहारा दिइएको छ । यहीँ वीरेन्द्रको परिवारले घामपानी छल्दैछ ।
दिनहुँजसो जाने अनुकम्पन हेक्का नगरी यही जीर्ण घरमा बस्न बाध्य छ वीरेन्द्रको परिवार । महाभूकम्पको ११ महिना बितिसक्दा पनि उपयुक्त विकल्पको अभावमा घर कसरी बनाउने भन्ने पीरले वीरेन्द्रलाई छाडेको छैन । उनको घर विसं १९९० सालअघि नै बनेको थियो । छिमेकीले पहिले नै पक्की घर बनाए । उनले यो वर्ष र त्यो वर्ष कुर्दाकुर्दै वैशाख १२ मा भूकम्पले चर्काइदियो ।
'छेउछाउकाले पक्की बनाइसकेकाले खासै डर त छैन,' उनले सुनाए, 'तर मैले बनाउँछु भनेर सोच्दासोच्दै भूकम्पपछि त जरुरी नै भयो ।' तर कहिले बनाउने ? कसरी बनाउने ? उचित मार्गनिर्देशको अभावमा उनी भौँतारिइरहेका छन् ।
'सरकारले सहुलियत ऋण दिने भनेको छ, त्यही खोजेर बास बनाउने जोहो गर्नुपर्ला,' उनले भने, 'तर अहिलेको महँगीले सहुलियत ऋणले पनि नपुग्न सक्छ ।' सरकारले आफ्नोजस्तो सय वर्षे पुराना घर कसरी बनाउने भनी सिकाइदिए सजिलो हुने उनी बताउँछन् । उनीजस्तै भित्री सहरका हजारौं बासिन्दा पनि आफ्नो घर कसरी बनाउने होला भनेर अलमलिइरहेका देखिन्छन् ।
भित्री सहरको सांस्कृतिक रहनसहनलाई पुनर्निर्माणले असर गर्न सक्ने वीरेन्द्र बताउँछन् । सरकारले मौलिकता रहने गरी नयाँ आवास योजना बनाउन नसकेको उनको गुनासो छ । सरकारले भूकम्पअघि पनि भित्री सहरको पुनर्निर्माणका लागि भनेर स्थानीयसँग बुझ्ने प्रयास नगरेको होइन तर स्थानीयलाई कुरा बुझाउन नसक्दा योजना अधुरै रह्यो ।
'एक÷डेढ वर्षअघि पनि सरकारी टोली भित्री सहरको पुनर्संरचनाका लागि भनेर आएको थियो,' मानन्धरले भने, 'यथेष्ट योजना र विश्वासको कमी हुँदा हामीले आफ्नो घर भत्काउन कसरी दिने ? मठमन्दिर, गुठीलगायत संरचना हाम्रो पहिचानका आधार हुन् तर यिनको संरक्षणको ग्यारेन्टी नभई हाम्रो सम्पत्ति हस्तान्तरण गर्न मिल्दैन ।' त्यसैले स्थानीयले नमुना हेरेपछि मात्र सरकारी योजनामा आकर्षित हुने मानन्धरले बताए ।
भित्री बस्तीमा पनि कतिपयले आफ्नै प्रयासमा घर बनाउन लागिसके । झोछेँ गल्ली नजिकैका रेगेन्द्र शाहीले कतैबाट केही प्रयास नभएपछि घर बनाउने प्रयासमा लागेको बताए । 'सरोकारवाला निकायले कुनै चासो दिएनन्,' उनले गुनासो पोखे, 'त्यसैले छिमेकी साथीहरूको सल्लाह लिएर बनाउने निधो गरेँ ।'
अहिले उनी नजिकैको मजबुत घरमा भाडा तिरेर बसिरहेका छन् तर परिवारलाई बाहिर राखेर पुरानो घर भत्काएका छन् । 'घर निकै पुरानो हो । बनेको मिति थाहा छैन,' उनले भने, '१८ इन्चको माटोको गारो थियो । अब पक्की बनाउने सोचमा छु ।'
काठमाडौंमा मात्र होइन, भक्तपुर र ललितपुरमा पनि यस्ता कैयौं पुराना बस्ती पुनर्निर्माणको व्यग्र प्रतीक्षामा छन् । काठमाडौंको न्युरोड, वसन्तपुर, नरदेवी, थानकोट, सीतापाइला, कीर्तिपुर, साँखुलगायत ललितपुरको साँखु, बुङमती, चापागाउँ, पाटनढोका, हरिसिद्धि, लुभुलगायत भक्तपुर दरबार क्षेत्र वरिपरिका ऐतिहासिक बस्ती पुनर्निर्माणको प्रतीक्षामा छन् ।
भूकम्पले उपत्यकामा १ लाख ३० हजारभन्दा बढी घर पूर्ण रुपमा र करिब ८० हजार घर आंशिक क्षति गरेको गृह मन्त्रालयको तथ्यांक छ । भूकम्पले काठमाडौं उपत्यकामा मात्रै करिब १८ सय जनाको ज्यान लिएको थियो । त्यसमा पनि भित्री सहरमा अत्यधिक क्षति पुगेको थियो ।
काठमाडौंका केही स्थानीय पुरानो क्षेत्रमा विशेष पुनर्निर्माणको व्यवस्था गर्न महाभूकम्पपछि पनि विभिन्न निकाय पुगेका थिए । काठमाडौं महानगरपालिकाको वडा नं १२ देखि ३० वडाभित्रका भित्री सहरका पुराना घर अधिकांश रुपमा पूर्ण क्षति भएको र भूकम्पपछि भत्किने अवस्थामा रहेको भन्दै स्थानीय सरोकारवाला निकायमा पुगे ।
कलात्मक सहर जोगाइराख्ने जिम्मेवारी स्थानीय र सरोकारवाला निकायको भएकाले यथाशक्य चाँडो नगरको संरचनालाई एकीकृत रुपमा बस्ती विकास गरी पर्यटक आवागमनलाई सहजीकरण गर्न भन्दै उनीहरू महानगर गुहार्न पुगेको किलाको गल्लीस्थित डम्बोचोकका मचाराजा महर्जनले बताए ।
पुनर्निर्माण गर्दा एकापसमा जोडिएका घर भत्काउनसमेत कठिन भएको भन्दै संयुक्त रुपमा भत्काएर एकीकृत बस्तीको रुपमा विकास गर्न ध्यानाकर्षण गराएको महर्जनले बताए । मौलिकतामा असर नपर्ने गरी एकीकृत बस्ती विकास गर्न आवश्यक अध्ययन तथा पुनर्निर्माण कार्य अगाडि बढाउन उनीहरूले अनुरोध गरेका थिए ।
उनीहरूको अनुरोध पनि महानगरले नसुनेको होइन । भूकम्पपछिको सहरी विकासमा संयुक्त आवास कार्यक्रमका लागि ३ करोड रुपैयाँ महानगरले चालु आर्थिक वर्षका लागि विनियोजित गरिसकेको छ । महानगरका वडा नं. १८ का वैद्यचोक, बुद्धचोक र किलागलचोकबाट सुरु गर्ने महानगरले योजना बनाएको छ ।
'नमुनागत रुपमा बस्ती पुनर्निर्माण गर्ने भनेर अहिले किलागलमा ५९ वटा घर बनाउने प्रक्रिया अघि बढाइएको छ,' महर्जनले भने, 'तर कहिले सुरु हुन्छ, टुंगो छैन ।'
उनका अनुसार ५९ घरमध्ये अहिले पनि ६ वटामा स्थानीय बसिरहेका छन् । छिटो पुनर्निर्माणको काम नभए उनीहरु पनि जोखिममा पर्न सक्ने महर्जनले बताए । महानगर प्रमुख रुद्रसिंह तामाङले योजना डिजाइन अन्तिम चरणमा रहेको जानकारी दिए । सरकारले यस्ता कार्यक्रमलाई साथ दिए अन्य क्षेत्रमा पनि विकास गरिने उनले बताए ।
'हामी पाइलटका रुपमा एक ठाउँमा सुरु गर्छांै,' उनले नागरिकसँग भने, 'सरकारसँग सहकार्य गरेर अन्य क्षेत्रमा पनि जान सकिन्छ ।'
राष्ट्रिय भूकम्प प्रविधि समाज (एनसेट) का कार्यक्रम प्रबन्धक सूर्यभक्त साङगाछेले महाभूकम्मपछि 'ऐतिहासिक भित्री सहरको पुनर्निर्माण र बस्ती विकास' का लागि अवधारणा ल्याएका थिए । भित्री सहरमा घना बस्ती, अत्यधिक कमजोर संरचना, घरलाई नै रेट्रोफिटिङ गरेर भूकम्पप्रतिरोधी बनाउन मिल्ने कम सम्भावना, आपतकालीन सेवाका लागि पहुँचको समस्या, अहिलेको भवन मर्मत एवं पुनर्निर्माण र प्राकृतिक विपत्तिले ऐतिहासिक सम्पदालाई अत्यधिक जोखिम बनाएको र अहिलेको पुनर्निर्माण एवं स्थानान्तरणका कारण स्थानीय वास्तुकला हराउने डर रहेको उनले अवधारणापत्रमा उल्लेख गरेका छन् ।
वैशाख १२ जस्तो ठूलो भूकम्प गए अब पनि भित्री सहरमा ठूलै मानवीय तथा भौतिक क्षति र आर्थिक समस्या हुन सक्ने उनले आँकलन गरेका छन् । यसको गहना बुझेर नै सहरी पुनर्संरचनाअन्तर्गत सम्पदा संरक्षण तथा व्यवस्थापन, आपतकालीन व्यवस्थापन, सहरी पुनर्वास र विपत जोखिम न्यूनीकरणका लागि सहरी विकास मन्त्रालयले अध्ययन गरेको थियो । सरकारले पुनःसंरचनाको योजना एनसेटसँगको सहकार्यमा ल्याएको थियो ।
योजनाअनुसार प्राविधिक रुपमा महानगरका १४ वटा वडा पुनर्निर्माणका लागि तयार रहेको देखाएको थियो । पुराना भवनलाई भत्काएर बाहिरी शैली पुरानै र भित्री शैलीमा केही परिवर्तन गर्न सकिने योजना छ । भुइँ तल्लामा पसल भाडामा लगाउन सकिने र पहिलो तल्लामा व्यावसायिक प्रयोजनका लागि उपयुक्त रहने गरी निर्माणको तयारी थियो ।
भूकम्पपछि यो योजना ओझेलमा परेको मन्त्रालयका प्रवक्ता पदमकुमार मैनालीले बताए । एकीकृत बस्ती विकासभन्दा यो योजना फरक रहेको उनले बताए । 'हामीले योजना बनाइरहेका थियौं,' उनले भने, 'तर भूकम्प जाँदा योजना कार्यान्वयन ढिला भएको छ।'