एकै व्यवसायीविरुद्ध ठगीका १९ उजुरी
१८ फागुन २०७२
•
८ मिनेट पाठ
एकै व्यवसायीविरुद्ध ठगीका १९ उजुरी
काठमाडौं-वैदेशिक रोजगारीको आवरणमा आपराधिक गतिविधि गरेको आरोपमा प्रहरीले छापा मारेर पक्रेका रोजगार व्यवसायीविरुद्ध २५ उजुरी परेका छन्। प्रहरीले ठगी अभियोगमा अनुसन्धानका लागि हिरासतमा राखेका व्यवसायीमध्ये भेरी कर्णाली म्यानपावरकी सञ्चालिकाविरुद्ध मात्र १९ उजुरी परेका छन्।

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी र मानव बेचबिखनमा संलग्न रहेको सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले ७ वटा म्यानपावर कम्पनीमा छापा मारेर १२ सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।

वैदेशिक रोजगारीमा पठाउन फ्रि भिसा, फ्रि टिकट र अधिकतम १० हजार मात्र लिन पाउने सरकारी निर्णय बेवास्ता गर्दै अवैध रुपमा रकम असुल्ने र तोकिएको काममा नलगाई श्रम शोषण र मानव बेचबिखनसमेत गर्ने गरेको उजुरीका आधारमा महाशाखाले फागुन १२ गते भेरी कर्णाली इन्टरनेसनल प्रालिकी कल्पना राउत, द रिभर ओभरसिज प्रालिका रघुनाथ पुरी, कावेली ह्युमन ओभरसिजका नवराज चौलागाई, मोविरा ओभरसिजका अनिल राई, गोरखा नेपाल प्लेसमेन्टका दिनेश श्रेष्ठ र नेपाल रिक्रुटिङ सर्भिसेजकी शोभा श्रेष्ठ, इनोभेटिभ ह्युमन रिसोर्स प्रालिका युवराज राई र कञ्चन गुरुङलाई पक्रेको थियो ।

प्रहरीले उनीहरुलाई काठमाडौं र ललितपुर परिसर राखेर अनुसन्धान अगाडि बढाइरहेको छ भने लाइफ लाइन ओभरसिजका यामबहादुर बुढाथोकी, सान इन्टरनेसनलका महमद मुस्ताक, अल सेक्युर म्यानपावरका दिपकुमार श्रेष्ठ र शिखर इन्टरनेसनलका अनुराज प्रधानलाई विभाग पठाएको छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालका अनुसार अनुसन्धानका लागि हिरासतमा रहेका सञ्चालकमध्ये भेरी कर्णालीकी राउतविरुद्ध मात्रै १९ वटा ठगीका उजुरी आएका छन् । चाबहिलमा कार्यालय रहेको सो प्रालिविरुद्ध आएका सबै उजुरी ठगीका छन् । महाशाखाका अनुसार राउतविरुद्ध दक्षिण अफ्रिका, मकाउ, इजरायलसँगै सरकारले रोक्का गरेको इराकमा रोजगारीमा पठाउने भन्दै पैसा लिए पनि नपठाएको, एउटा कामका लागि भनेर अर्कै काममा पठाएको लगायत उजुरी छन् ।

'उनीविरुद्ध आएका उजुरीअनुसार एक करोड ठगी भएको देखिन्छ,' एसएसपी खनालले भने, 'मौखिक उजुरी आउने क्रम जारी रहेकाले अझै उजुरी संख्या बढ्न सक्छ ।'

महाशाखाले उपलब्ध गराएको उजुरीको विवरणअनुसार द रिभर ओभरसिजका सञ्चालक पुरीविरुद्ध २ वटा ठगी र एउटा मानव बेखबिखनको उजुरी परेको छ । इनोभेटिभका सञ्चालक राई, सान इन्टरनेसनलका मुस्तक र शिखर इन्टनरनेसनलका प्रधानविरुद्ध वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गरेको उजुरी दर्ता भएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा सबैमाथि ठगीको अभियोगमा अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइरहे पनि उनीहरुविरुद्ध मानव बेखबिखनका समेत उजुरी आएका छन् । महाशाखा प्रमुख खनालले प्रारम्भमा फेला परेको प्रमाणका आधारमा ठगी अभियोगमा अनुसन्धान सुरु भए पनि उनीहरुमाथि मानव बेचबिखनको समेत अभियोग लाग्ने दाबी गरे ।

'मानव बेखबिखन प्रकृतिका केही उजुरी आएका छन्,' खनालले भने, 'अनुसन्धानमा उजुरीअनुसारको प्रमाण फेला परे ठगीसँगै मानव बेचबिखनको समेत अभियोग लाग्छ नै ।'

फोनबाटै उजुरी

वैदेशिक रोजगार व्यवसायीलाई प्रहरीको पक्राउपछि व्यवसायीहरु कार्यालय नै बन्द गर्ने भन्दै आन्दोलनमा छन् । प्रहरी कार्यालयमा भने रोजगारको आवरणमा आफू ठगिएको र बेचिएको भन्दै आउने फोनको संख्या बढ्दो छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेकाले महाशाखाका प्रहरी अधिकारीको व्यक्तिगत नम्बर र हटलाइनमा फोन गरेर म्यानपावर कम्पनीविरुद्ध मौखिम उजुरी दिइरहेका छन् । महाशाखाको तथ्यांकअनुसार पाँच दिनको बीचमा विभिन्न देशबाट ७ वटा उजुरी आएका छन् । यसरी आएका उजुरीमा ३ वटा प्रहरीको अनुसन्धानको दायरामै रहेका म्यानपावरका सञ्चालकविरुद्ध छन् भने अन्य ४ वटा अन्य म्यानपावर कम्पनीविरुद्ध छन् ।

महाशाखा अधिकारीका अनुसार अधिकांशले आफूलाई एउटा सहज कामको लोभ देखाएर जोखिमपूर्ण काममा लगाएको, म्यानपावरले ठगी गरेको, अलपत्र परेको र काम गरेको कम्पनीबाट पारिश्रमिक नै नपाएको भन्दै प्रहरीसँग सहयोग माग्ने गरेका छन् ।

यस्ता उजुरीकर्तासँग उनीहरुलाई वैदेशिक रोजगारीमा पठाउने कम्पनीको नाम, ठेगाना र सञ्चालक वा सम्पर्क व्यक्तिको विवरण लिएर प्रहरीले प्रारम्भिक अनुसन्धान गरी उजुरी विश्वसनीय देखिए कारबाही प्रक्रिया अगाडि बढाउने गरेको महाशाखा प्रमुख खनालले जानकारी दिए ।

कुर्दिस्तान पठाउने एजेन्ट पक्राउ

दुबई र कुवेतमा आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपाली युवतीलाई दिल्ली हुँदै कुर्दिस्तान पठाउने एजेन्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले युवतीसँग रकम लिई एजेन्टमार्फत भारतको दिल्ली पठाउन सक्रिय रहेको अभियोगमा दानबहादुर खत्रीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

साउन ४ गते दिल्ली हुँदै श्रीलंका हिँडेका ५ नेपाली युवती दिल्ली विमानस्थलमा पक्राउ परेपछि दिल्लीका विभिन्न होटलमा राखिएका यस्तै २७ नेपाली युवती फेला परेका थिए । अनुसन्धानपछि नेपाल फिर्ता ल्याइएका उनीहरुको बयानबाट नेपाली युवतीलाई कुर्दिस्तान पुर्याउन सक्रिय समूहबारे खुलेपछि सुजिल राई र सानु लामा पक्राउ परे पनि खत्री भने फेला परेका थिएनन् । ब्युरोका अनुसार उनलाई कालोपुलमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन र ओसारपसार अभियोगमा म्याद थप गरी अनुसन्धान थालिएको छ । यसअगाडि पक्राउ परेका राई र लामा अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस